Advertisement
SKIP THIS

भुकम्पमा परी ओएनएफ कोरियाका सदस्य छिरिङको मृत्यु


फोनिज कोरिया संवाददाता सोल-बैशाख १२ गते दिउसो गएको महाभुकम्पमा परि ओएनएफ कोरिया थेगु क्षेत्रीय कमिटिका सदस्य छिरिङ स्याङबा तामाङको दुखद निधन भएको छ ।

मृतक तामङका आफन्तले दिएको जानकारी अनुसार ६ महिना अगाडी परिवारसङगै बस्ने गरि कोरियाबाट नेपाल गएका छिरिङ स्याङ्बा तामाङ भुकम्प आएको पहिलो दिन बैशाख १२ गते बिहानै ६ बजे आफ्नो भाइसंग रसुवाको मुलुङ हाइड्रो पावरमा कामको लागि गएका थिए ।

प्रकृतिको निर्दयी महाभुकम्पमा परि दैबले दुबै दाजु भाइले हाइड्रो पावरको कार्यस्थलमै ज्यान गुमाएका छन ।ओएनएफ कोरियाका अध्यक्ष गोबिन्द गाउँलेका अनुसार छिरिङ स्याङबाका एक मात्र नाबालक छोरा र एक श्रीमती छन भने उन्का भाइको चार सन्तान रहेका छन। छिरिङका भाइ रसुवाको मुलुङ हाइड्रो पावरमा सवारी चालकको काम गर्दै आएका थिए भने छिरिङ लामा चाही कोरियन भाषामा दक्ष भएको हुनाले दोभाषेको रुपमा कार्यरत थिए ।

छिरिङ दाजुभाइ त्यो दिन घरमै बसेको भए असामयिक निधन हुने थिएन । तर उनिहरु जागिरे भएको कारण दुबैजना सधै झै नियमित डिउटीमा निस्किएको बताइएको छ ।ओएनएफ थेगुका नेत्र दुलालका अनुसार छिरिङ सङठनका एक हनोहार सिपाही भएका र उन्को असल मिजास र सरल पनका कारण कोरिया प्रबासमा पनि सबैका प्रिय थिए ।

ओएनएफले भुकम्प आएको यस महिनाभर शोक मनाउने जनाएको छ । उस्ले आफ्ना कुनै पनि सार्बजनिक भेला र सचिबालय बाहेक केन्द्रका नियमित मिटिङहरु नगर्ने कुरा यस अघि नै बताइ सकेको छ ।

फोनिजकोरियासंग कुरा गर्दै ओएनएफ अध्यक्ष गाउँलेले आफ्ना सदस्य छिरिङ र अन्य सदस्यका आफन्तहरु यो महाभुकम्पमा गुमाउनु पर्दा
आफु स्तब्ध भएको जनाएका छन ।

साथै उनले मृतक छिरिङ प्रती स्रद्दान्जली ब्यक्त गर्दै छिरिङका आफन्त जनलार्इ यो शोकको घडिमा धैर्य धारण गर्ने शक्ती मिलोस भन्दै समबेदना प्रकट गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ओन्याङ ओन्छनमा तेश्रो ‘छुङ्नाम सिनियर जुनियर पूल प्रतियोगिता’ आयोजना हुने
  • पहिलो सांगितिक कार्यक्रमका लागि कुमा सागर एण्ड द ख्वप: व्याण्ड कोरिया अवतरण
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...