तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आर्थिक क्रान्तिको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्छ: भूपू उपप्रम प्रकाशमान सिंह

 नरेन्द्र गुरुङ

हङकङ , नेपाली राजनैतिक इतिहासको चर्चा गर्दै भूपू उपप्रधान मन्त्री  तथा नेपाली काँग्रेसका भूपू महामन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रभावशाली नेता प्रकाशमान सिंहले नेपाल देशमा अब हुने आर्थिक क्रान्त्रिको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्ने ठोकुवा गर्नु भयो । देशमा रहेका अन्य राजनैतिक पार्टी खासगरि कम्युनिष्ट पार्टीहरूले देशको सबल नेतृत्व वहन गर्न असमर्थ रहेकोले नेपाली काँग्रेस मात्र देशलाई राजनैतिकरुपमा हाँक्न सबल रहेको बताए । वर्तमान संसदका सदस्य पनि रहेका सिंह

जनसम्पर्क समिति हङकङको २१ औं वार्षिकोत्सव तथा स्थापना दिवस कार्यक्रम सम्पन्न

 नरेन्द्र गुरुङ

हङकङ, नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रिय सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा जनसम्पर्क समितिले २१ औं वार्षिकोत्सव तथा विश्व जनसम्पर्क स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ। सिंह नेकांका पूर्व महामन्त्री तथा उपप्रधानमन्त्री हुनुहुन्थ्यो।। विशिष्ठ अतिथि सभासद मोहन कुमार राई र सिर्जना सिंह रहेको कार्यक्रममा हङकङ स्थित नेपाली बाणिज्य दुत कमल प्रसाद भट्टराई र सांस्कृतिक विभाग सदस्य तथा गायक मनोज कुमार गुरुङ पनि अतिथिका लहरमा रहेका थिए। कलाकार मनोज गण्डकी आईडल

आदिवासी जनजाती प्रतिष्ठान खारेज नगर्न प्रधानमन्त्रीको निर्देशन

 प्रकाश राई

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज नहुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठान खारेजका विषयमा कुनै जानकारी नभएको र कतै त्यस्तो भएको रहेछ भने तत्काल त्यसो नगर्न निर्देशन दिने बताउनुभयो । सरकारले प्रतिष्ठान खारेज गर्न लागेको र त्यसका लागि प्रक्रिया अघि बढाएको भन्ने समाचार सार्वजनिक भएपछि आदिवासी जनजातिहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीले भने प्रतिष्ठान खारेज गर्ने भन्ने विषयमा

भाग्यले बाँचेकाहरु’ लाई ८० हजार रुपैँयासहित ‘बोधिसत्व सिल्भर अवार्ड’

 

पटना (भारत),  नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज सर्भाइभर्स एण्ड मिराकल्स) ले फेरि अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । भारतको बिहार राज्यको पटनामा सम्पन्न बोधिसत्व अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भाग्यले बाँचेकाहरु’ लाई ८० हजार रुपैँयासहित ‘बोधिसत्व सिल्भर अवार्ड’ (Bodhisattva International Film Festival) मा ‘भाग्यले बाँचेकाहरु’ले अन्तर्राष्ट्रिय डकुमेन्ट्री बिधामा ‘बोधिसत्व सिल्भर अवार्ड’ Bodhisattva Silver Award  जितेको हो । बिहीबार राति पटनामा आयोजित अवार्ड समारोहमा ‘भाग्यले बाँचेकाहरु’का जुरी अध्यक्ष गोविन्द निहालनीले निर्देशक

सामुदायिक भवन निर्माणका लागि हङकङ बाट रु आठ लाख पाच हजार संकलन

 नरेन्द्र गुरुङ

हङकङ , स्याङ्जा राङ्भाङ गाबिस वडा न .३ भैसे गौडा समुदायिक भवन निर्माणको लागि  हङकङ बाट  नेरु आठ लाख पाच हजार च्यारिटी डिनर कार्यक्रमबाट  संकलन गेरेको छ।  आइतबार साझ भुपु क्लब जोर्डनमा तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङ्जालि कान्छा)को संयोजकत्वमा मन गुरुङ र हरि तमुको सयुक्त पहलमा च्यारिटी डिनरको आयोजना गरिएको थियो । विभिन्न हङकङका समाजिक संध सस्था समाजसेवीहरुको व्यापक उपस्थिति रहेको थियो । सहयोग रकम उठने क्रम  जारि

भर्जिनिया उल्फ र आशुका फुलकि लेखिका जया राई हङकङमा सम्मान

 नरेन्द्र गुरुङ

हङकङ , वेलायत निवासी साहित्यकार डायस्पोराबाट कलम चलाउदै आउनु भएकी जया राईको नवीनतम कृति ”भर्जिनिया उल्फ रआँशुका फूल”  (नियात्रा संग्रह) को परिचर्चा तथा अन्तर्क्रिया कार्यक्रम जोर्डनस्थित भूपू क्लवमा सम्पन्न भएको छ । आयोजक संस्था साब्लाबुङ प्रकाशनका प्रमुख तथा नेपाली लेखक संघका वैदेसिक उपध्याक्ष राजकुमार राईको अध्यक्षातामा भएको कार्यक्रममा सोहि संस्थाका सहसम्पादक डिवि.पालुङ्वाले संचालन गरेका थिए भने स्वागत मन्तव्य जेबि किरातले गरेका थिए । कार्यक्रममा साहित्यकार,पत्रकार तथा विभिन्न संघ/संस्थाका वौद्धिक व्यक्तित्वहरुको उपस्थिति

प्रदेश नम्बर एक गुरुङ समाज हङकङको अधिवेशन सप्पन्न

 नरेन्द्र गुरुङ

हङकङ, गत आइतबारको दिन नया पेजको कार्यालय जोर्डन स्थित पुर्वान्चलका १४ वटा जिल्लाका तमुहरुको छाता संगठन  प्रदेश नम्बर एक गुरुङ समाज हङकङको प्रथम एतिहासिक अधिवेशनले हेम प्रताप गुरुङको अध्यक्षतामा सात सदस्यीय पदाधिकारी र १४ सदस्य सहितको २१ सदस्यीय कार्य समित चयन गर्यो । प्रदेश नम्बर एकमा रहेका चौध जिल्ला ताप्लेजुङ् ,इलाम ,पाचथर , तेह्रथुम ,झापा,भोजपुर, सुनसरी ,मोरंग,संखुवासभा,धनकुटा, खोटाङ ,ओखलढुंगा ,शोलुखुम्बु र उदयपुरका तमु समाजहरु पदेन सदस्य हुने गरि समाजको निर्माण गरिएको छ

कोरियन बुहारी भन्छिनः मेहनत गर्ने हो भने नेपालमा नहुने केही छैन्’

 नितु घले

काठमाडौः कपाल स्ट्रेटिगं यानिकी (सिधा बनाउँदा) बल र बुद्धि लागएर तान्नुपर्छ, हात दुख्छ, पोल्छ नदेखिने खालको मेहेनत चाहिन्छ यसमा । उनको यही दुख बुझेपछी मैले काममा सहयोग गर्न थाले । सायद यो माया हो । यसरी गफिरहेका थिए गोबिन्द राइ पिपुल्सा प्लाजाको पाँचौ तल्लामा स्थित आफनै पार्लरमा । पार्लरको अर्को छेउमा गाढा निलो कपाल मिलाउँदै मुस्कुराइरहेकी थिइन् श्रीमती ली योगं सोक । अठार वर्षको उमेरमा कोरीया पुगेका राइले ली योगं

आदिवासी सुन्दरीहरुको खोजि

 प्रकाश राई

  काठमाडौं, आदिवासी सुन्दरी छनोट प्रक्रिया पुनः सुरु भएको छ । प्यासिफिक इभेन्ट मेनेजमेन्टले गत वर्षबाट सुरु गरेको ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का लागि आवेदन खुला गरिएको छ । प्रतियोगिताको यस दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको आयोजक संस्था प्यासिफिक इभेन्टले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो । अहिले धमाधम आवेदन फर्म लिइरहेको पनि जनाइएको छ । आदिवासी जनजाताती युवतीहरुलाई लक्षित यो प्रतियोगिता अन्य प्रतियोगिताहरु भन्दा केही फरक रहेको

तमु महिलाहरुको महान पर्व माङी हङकङमा मनाए

 नरेन्द्र गुरुङ

हङकङ, माङि ( माघी औसि)तमु महिलाहरुले मनाउने महान पर्व हो जो अहिले बिस्तारै लोप हुदैछ । जुन दिन सात कन्या उत्पती भएको किवदन्ती छ । सो दिन तमु चेलीबेटीहरुले मिठो मसिनो बनाएर आफ्नो माइतिहरुलाइ खुवाउने गर्छ । माइतिहरुको राम्रोको लागि प्रार्थना गर्छ । सबै माइती चेली बसेर मीठो मसिनो खाएर रमाइलो नाच गान गरि मनाउने गर्छ । तमु समाज हंगकंगले प्रत्येक बर्ष माघ महिनाको औसिको दिन मनाउने गर्दछ । शनिबार हङकङको जोर्डन

अल्ट्रा धाविका मीरा राई नेसनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’ घोषित

 प्रकाश राई

काठमाडौ, १४ माघ ।  अल्ट्रा धाविका नेपालकी मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको जनाईएको हो ।  विश्वभरका साहसी खेलसँग आवद्ध अवार्डका लागि १० जना मनोनयनमा परेका थिए भने अनलाइन भोटिङका आधारमा मीरा विजयी भएकी हुन् । भोजपुरकी मीराले केहि बर्ष पहिलेदेखी अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् । उनीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफल्ता

हङकङमा”यो बर्षको अन्तिम तमु ल्होसार”सम्पन्न

 नरेन्द्र गुरुङ

हङकङ, प्रदेश नम्बर एक गुरुङ समाज हङकङले मन्किहिलमा तमु गुरुङहरुको यो सालको ल्होसार/ ल्होछार कार्यक्रम मनाए । हङकङमा रहन्दै आएको नेपालिहरु मध्ये एक तिहाई जनसंख्या ओगटेको गुरुङ जातिहरु विभिन्न सस्थाहरुमा बिभाजन भएर दिसेम्बर अन्तिमबाट शुरुआत भएको ल्होसार प्रत्येक छुट्टीहरुमा मनाउने क्रममा सम्भवत यो ल्होसार कार्यक्रम अन्तिम हुनु पर्दछ । प्रदेश नम्बर एक भन्नाले अहिले नेपालको संविधानमा उल्लेखित अनुसार पुर्वका तीन अञ्चल मेची,कोशी र सगरमाथामा पर्ने १४ जिला बाट हङकङ आइ

हङकङमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइयो

 नरेन्द्र गुरुङ

  हङकङ , हङकङ प्रबासी नेपाली एकता समाज हङकङले जनवरी १५ तारिख आइतबार पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन उठेका मागप्रति उदासीनता देखाए पनि राष्ट्रिय जीवन र समाजका विभिन्न समूह तथा व्यक्तिहरूले नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको दुई सय ९५औं जन्मजयन्तीका अवसरमा उनीप्रति कृतज्ञता र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । हङकङ प्रबासी नेपाली एकता समाज हंगकंगले कंगन रेस्टुरेंट जोर्डनमा

जापानमा एक बेवारिसे नेपालीको उद्धार गरियो

 शान्त पहरी

जापान, जापानको कानगावा केनको चुरुमीबाट बेवारिसे अवस्थामा पुलिस चौकी पुराएका एक नेपालीलाई ओएनएफ जापानको टोलीद्वारा उद्धार गरिएको छ । चितवन पिप्ले घर भई ४ वर्षदेखी जापानमा रहेका ३९ वर्षीय रामचन्द्र सिल्वाललाई बुधवार उद्धार गरिएको छ । बस्ने ठाउँ नभएपछि हिउँद यामको चिसोमा कठन्ग्रीदै पार्कमा बेवारिसे अवस्था बसेका सिल्वाललाई पुलिसले हस्पिटल लगि स्लाइनपानी लगाएर चुरुमी प्रहरी चौकीमा राखिएको थियो । प्रवासी नेपाली मंच ओएनएफका अध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्ष बाबुराम भण्डारी, उप

जापानमा एक नेपाली विद्यार्थिले आत्माहत्या गरे

 

जापान अध्ययनका लागि जापान आएका एक नेपाली युवाले सोमवार झुण्डिएर आत्महत्या गरेका छन् । काठमाण्डौ पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा वस्ने ३२ वर्षिय जोन लामाले हाल वस्दै आएको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन। सोमवार साँझ जापान समय ६ बजे झुण्डिएको अवस्थामा फेला परेका लामालाई तत्काल अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। घटना लगत्तै अस्पताल पुगेका एनआरएनए जापानका उपाध्यक्ष टासी लामाका अनुसार जापान प्रहरीले उनको झुण्डिएकै

हङकङमा राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ बर्षको शुभकामना आदानप्रदान

 नरेन्द्र गुरुङ

हङकङ, नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसको जननेता वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा हङकङ स्थित नेपाली महाबाणिज्यदूत श्री कमलप्रसाद भट्टराईज्यूको प्रमुख आथित्यमा राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न भएको छ । नेपाली काँग्रेसको बैदेशिक सम्पर्क संस्थाकोरुपमा हङकङमा स्थापना गरिएको नेजस हङकङले उक्त अवसरमा हङकङमा रहेका नेपालका राजनैतिक दलहरूका सम्पर्क संस्था नेकपा (माओवादी केन्द्र) हङकङ, प्रवासी नेपाली एकता समाज हङकङ (राप्रपा), समाबेसी नेपाली

अमेरिकामा कार दुर्घटनामा परी चार नेपालीको मृत्यु

 

विजय थापा वाशिंगटन डीसी अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको भिषण कार दुर्घटना परि गत शुक्रबार नोवेम्बर ४ तारिख घटनास्थल मै चार जना नेपालीको दुखद निधन भएको खबर छ l उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् l पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु

विदेशीले गाए नेपाली गीत

 ङिमा पाख्रिन्

न्युयोर्क, अमेरिका तीन जना अमेरिकनहरुले नेपाली गीत गाएर न्युयोर्क ज्याक्सन हाईटमा उपस्थित नेपाली समुदायलाई चकित मात्रै पारेनन् , वाहवाही लिए अनि तालीको गटगटाहट पनि गुन्जाए । उनीहरु हुन, अालन, पाउल र जेम्स । नेपाली ढाका टोपीमा ठाँटिएर सिमसिमे पानीमा, रेसम फिरिरी जस्ता प्रख्यात गीत उनीहरुले सुनाए । बाँसुरी, सारङ्गी र गीटार बजाउँदै गीत सुनाउँदा उपस्थित धेरै नेपालीले स्वारमा स्वार मिलाएर उनीहरुलाई साथ दिएका थिए । न्युयोर्क स्थित सामाजिक संस्था सिन्धु

गेसोले बेलायती सरकारको नयाँ नीतिविरुद्ध ज्ञापनपत्र बुझाए

 

फोनिज कोरिया संवाददाता बेलायत गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायती सरकारले एक महिना भन्दा बढी बेलायत बाहिर बसे सरकारी सुविधा रोक्ने सरकारी नीति लागु नगर्न माग गर्दै प्रधानमन्त्री कार्यलयमा शनिबार ज्ञापनपत्र बुझाएका छन् । यो नीतिले बृद्ध गोरखा सैनिकहरुलाई असर पार्ने भन्दै नीति लागु नर्गन आग्रह गरेका हुन् । गेसोका बरिष्ठ उपसभापति कृष्णकुमार राईले भूतपूर्व गोरखा सैनिकका परिवार सहितको बाक्लो सपस्थीतिमा शनिबार बेलायती प्रधानमन्त्री कार्यलय रहेको ड्राउनिगं स्ट्रीटमा पुगेर बुझाएका

साउदीको आर्थिक संकटबाट नेपाली कामदार प्रभावित

 

फोनिज कोरिया संवाददाता साउदी अरब   हाल साउदी अरबमा बढ्दो आर्थिक संकटबाट यहाँ कार्यरत नेपाली कामदारहरु पनि प्रभावित भएको नेपाली राजदूताबास साउदी अरबले जनाएको छ । कतिले रोजगारी नै गुमाएका छन् भने धेरैले लामो समयदेखि तलब पाउन नसकेको गुनासो दूताबासमा आउने गरेको बताइएको छ । हालै बन्द भएको एक कम्पनीमा कार्यरत सिर्जलाल राउतले भने आठ महिनादेखि तलब नपाएको र खाना पनि दिन छाडेको छ , हामी नेपाल फर्कन चाहन्छौ ।

मलेसियामा नेपाली युवतिको सडक दुर्घटनामा परी मृत्यु

 

  फोनिज कोरिया संवाददाता मलेसिया मलेसियामा काम गर्न युवति संगीता राईको शनिबार सडक दुर्घटनामा परी मृत्यु भएको मेरिन लिम्बूले जनाएको छ । उनी विहान काममा जाने बेला सडकमा बाटो काट्नेक्रममा गाडीको  ठक्करबाट घटना स्थलमै मृत्यु भएको हो । इलाम जिल्ला साकफारा ५ निवासी संगीता ३ महिना अघि मात्र मलेसिया आएका थिए । मेलेसियामा प्राय सडक दुर्घटनामा नेपालीहरु पर्ने भएकाले सतर्क रहन उनको सुझाव छ ।

बेलायतमा रानालाई समाजसेवी सम्मान

 फोनिज कोरिया सम्बाददाता

फोनिज कोरिया सम्बाददाता बेलायत आप्mनो समुदायको हितको लागि सामाजिक कार्य गरेवापत चक्रबहादुर रानालाई भेट्रन अफ दि यिएर अवार्ड प्रदान गरिएको छ । राना गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसिएसनका कोषाध्यक्ष हुन् । उनले आर्मड फोर्सेस डे २०१६ का अवसरमा गत २५ जुनका दिन आयोजित एक समारोहबीच सो अवार्ड ग्रहण गरेका थिए । गुल्मी लिम्घा १ स्थायी निवासी ७३ वर्षीय रानाले झण्डै २० वर्ष ब्रिटिश आर्मीमा

साउदीबाट पक्षघातपूर्ण शरिर लिएर नेपाल फर्के समबहादुर

 

हुम सुनारी मगर साउदी अरब विदेशमा गएर पैसा कमाई परिवारको राम्रो पालन पोषन गर्ने सपना बुनेर साउदी अरब पुगेका समबहादुर मगर अन्तत शरिरको एक भाग नचल्ने पक्षघात भएर घर फर्कनु परयो । सउदी पुगेको एक महिनामा नै उनी अस्पतालको शैयामा पुगे सबैको सहयोगमा शरीरको एक भाग नचले पनि उनी जिवित नै घर फर्के ।   साउदी रियाद स्थित साउदी जर्मन अस्पतालमा ३ महिना १० दिन उपचार गरेपछि उनी सोमबार काठमाण्डौ

अफगानिस्तान बम विस्फोटमा १४ जना नेपालीको मृत्यु पाँच घाइते

 

अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको बम विस्फोटमा परी १४ जना नेपालीको मृत्यु भएको पाकिस्तान स्थित नेपाली राजदूतबासले जनाएको छ । विद्रोही तालिबान समूहले  गरेको आत्माघाती बम विस्फोटमा परी  ५ नेपाली र ४ अफगानिस्तान घाइते भएका छन् । तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५स्४० बजे आत्मघाती हमला गरेका थिए ।सुरक्षा गार्डको आवस नजिकै घात लगाएर बसेका आत‌ंकवादीले गार्ड चढेको गाडी आवसको गेटबाट बाहिरिए लगत्तै बिस्फोटन गराएका

भर्खरै...

फेसबुक

महिला / बालबालिका

कोरियामा १०७ औ अन्ताराष्ट्रिय नारी दिवस मनाइने

विश्वका नारीहरुका हक हित र अधिकार प्राप्तिका लागि मनाउदै आएको अन्तराष्ट्रिय नारी दिवस कोरियामा पनि भव्यताका क्रमश

Manju Gurung / March 6, 2017

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा सुतेकै आवस्थामा नेपाली कामदारको निधन, निधन हुनेको संख्या बढ्न थालेपछि नेपाली कामदार चिन्तित

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिब्रुङ गाविस वाड नम्बर १ घर भएका क्रमश

Manju Gurung / April 28, 2017

कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा

सोल, कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा भएको छ । नेपाल बौद्ध परिवार दक्षिण क्रमश

Manju Gurung / April 26, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal