तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अस्पतालमा गाँसिएको आत्मियता

 बाला राई

कथा/ ‘यबोसेयो (हेल्लो) ! दाङसिन अदि ? पाल्ली भेङवने ओसेयो (तपाई कता ? छिटो अस्पताल आउनुस्)’ मेरो सामुन्ने रहेको बेडबाट आएको चर्को आवाजले झल्यास्स बिउँझें । सिरानीनिरै राखेको मोबाइल तानेर हेरें बिहानको छ बजिसकेको रहेछ । म बसेको वार्डतिर आँखा डुलाएँ कोही सुतिरहेका थिए कोही बिउझेर पनि आफ्नै बेडमा लडिरहेका थिए । दुई दिन अघि मात्र मेरो सामुन्ने रहेको बेडमा एउटी महिला आएकी थिइन् । अघिल्लो दिन उनलाई भेट्न आउने

अनाम फूल

 मिलनकान्छा किराती

कविता / अभावको भूकम्पले चर्किएर पनि धर्तीको बार्दलीमा उभिरहने सप्तरङ्गी रहर घोल्दै धमिलो सपनाहरुमाथि निख्लाम कौमार्य छरेर तन्नेरी घाम टिप्न खोज्ने यो बतासको बुईं चढेर आउने उन्मुक्त÷मीठो वासना कस्को होला ! मेरो मतलव, कुन फूलको होला ! आँशुको तलाउमा तैरिएको कमल विवशता र परिस्थितिको बीच पहरामा लहरिएको सुनगाभा आगन छेउमा जुठेन–पानीले सिञ्चिएको बाबरी हरेक साल माइतीको गला नछोएको घरमुनिको सयपत्री फुल्दा–नफुल्दै हुरी–असिनाले चुटेर हाँगाबाट झर्दै गरेको आरुबखडाको फूल ! थाहा

जब नेपाली साइलीको मिसकल आउछ

 कृष्ण कुमार राई

(कविता) काम गाह्रै भए पनि! ज्यान सुकि गए पनि!! कोरियन लाहुरेहरुको शरीरमा बल आउँछ! जब नेपाली साइलीहरुको मिस कल आउँछ !! सोल्ती साह्रै चिन्ता नमानुङ हौ भबिस्यको हासी खुशी घुम डुल गर्ने नि पल आउँछ!!! यस्तै भन्ने गर्छु अचेल नेपालबाट सोल्तिले ल्याङ ल्याङ हानिरन्छ भन्छ तिम्रो कमाइले फिल्म हल आउँछ !!!! म पनि के कम भन्दिन्छु कोरियामा पैसै पैसाको भेल बहल आउँछ !!!!! बास्ताबिकतालाई लुकाएर! आफ्नो ज्यानलाइ दुखाएर!! भन्नेलाई सजिलो

मेरो फूलबारीमा त भमरा नै छैन

 मिलनकान्छा किराती

गजल मेरो फूलबारीमा त भमरा नै छैन कुनै फूलको थुङ्गा र जरा नै छैन ।। देखेँ तिम्रो सहरको सयतले घर देखेँ मेरो सहरको नौतले धरहरा नै छैन ।। भो नदेखाउ मन सफा गर्ने मेशिनहरु आफ्नो त हिलो सोहोर्ने चपरा नै छैन ।। अन्तिम मृत्यु कुर्दैछ घाम गोधुलीमा यो आँसु कसैको कठै बिचरा नै छैन ।। लैजाउ धितोमा राखेर यो वैराग गाउँ भाग्य फुल्ने कुनै कुना–कन्दरा नै छैन ।।

आमा

 यामदास घायल 'सन्तलाल'

कबिता आमा ! बसन्तको आगामन सङ्गै सुकेका हाँगाहरुमा पालुवा पलाए होलान् सुकेका बुट्यानहरुमा जीवन पलाए होलान् मरेका ती बोटहरुमा पनि जिबनका कुनै प्रतिबिम्ब उम्रे होलान् झरेर कुहिएका पातहरुमा कुनै जिबनको सुरुवात भए होलान् तर पनि, कहिल्यै पलाएन होला है आमा ? हाम्रो घरको अध्यारोमा म परदेसिएर भाँचेका खुसिका हाँगामा पालुवाहरु मनका भित्तामा खुसिका अबयबहरु तिम्रो मुहारको जुन अझै पनि बिछोड्का कालो बादलुभित्र रन्थनी रहेको होला है? तिम्रा नयनका बर्षाहरु अझै

कसम होला कोरियाले जिउन सिकायो

 कृष्ण कुमार राई

मुक्तक कसम होला कोरियाले जिउन सिकायो सोजु अनि माखल्ली नि पिउन सिकायो! बिग्रेका थ्यो साइनोहरु अभाव आइपर्दा फाटेको त्यो समन्ध नि  सिउन सिकायो!! दु:ख लाग्छ गल्दा अलि अलि कोरियामा उभेर काम कोहि ढली ढली कोरियामा! अरुकै अटन मै काम गर्नु पर्छ नि हौ वर काम कसैको मात्र छली छ्ली कोरियामा!! फान्जाङ्निम अनि नेपाली गोर्खे को काम काम बिग्रे कम्पनिमा आउँछ गोर्खेको नाम! आफ्नो गल्ती नभए नि भाषा नजाने पछि गोर्खे भन्छ

सिफारिस

 भीम सुब्बा तामाङ्ग  "बाबु साईला"

लघु कथा , “मिलीजुली खांऊ ”  देशीको डलरमा चल्ने हाम्रो संस्थाको नांऊ थियो यो।पहिला आफुलाई बनांऊ,अनि अरुको बारे सोचौंूयस्तै हाम्रो नारा थियो। एकदिन डोनरले भुकम्पपीडितको नाममा ठुलै राहत रकम संकलन गरेर पठायो।हाम्रो हालीमुहाली बोर्डको बैठक बस्यो। तत्काल राहत बांड्ने योजना बन्यो। बरिष्ठताको आधारमा सबैभन्दा पहिले प्रभावित क्षेत्रको सिफारिस गर्ने मौका मैले पांए। फलानो गाबिसको बाबुसाईला सबैभन्दा ठुलो भुकम्पपीडित, तेही भूकम्प आउछ भन्ने थाह पाएर २ दशक अगाडि गांऊ छाडेको बिचराले।सबैभन्दा

भ्यालेन्टाइन डे को सबै प्रेमिकालाई शुभकामना !

 किरण बि.सी

  प्रिय तिन शब्द ,तिमि संग मेरो धेरै गुनासो छ।म अचेल तिमि देखि धेरै डाराऊछु ,काप्छु बोल्न त के छुन समेत आट गर्नसक्दैन।म शारिरिक रुपमा तन्दुरुस्त छु मानसिक रुपमा क्षतबिक्षत भईसके।मलाई दिनमा सुत्नु छ ,रातमा जाग्नु छ ,सुतेपछि ऊठ्नु छ ,ऊठेपछि रुनु छ ,मेरो प्रेमकहानि वा राम कहानि मैले पटक पटक शब्दमा ऊतार्न कोसिस गरे अनि पटक पटक च्यातेर फाले।,, म अक्सर समय स्वदेशमै बस्न चाहाने मान्छे तर मलाई अचेल

कति हो कति पीडा छ कोरियामा

 कृष्ण कुमार राई

आइतबार बिदा छ कोरियामा यस्तै यस्तै सुबिधा छ कोरियामा साथ साथै तन मनमा धेरै पिडा छ कोरियामा कति हो कति दुबिधा छ कोरियामा गरौं कि नगरौं काम अति सारो छ मेसिन भन्दा नि साहुको हतारो छ आजकाल कामको साह्रै  चटारो छ पैसा चाहिएको छ पैसा नभएर दु:ख पाईएको छ ठुल ठुला सपना बोकि आइएको छ कोरियामा सारै दुख पाइएको छ निम जस्तै तितो गाली अति नमिठो फान्जाङ भन्ने निम सारै कडा

घाम झुल्किने आशमा

 कृष्ण कुमार राई

कविता: फेरि हराएको साइनोहरु खोजिन्छ एक पल्ट फुट्पातमा हुँदा बिर्सिएका धुलाका कणहरु काम लाग्छ ओसिलो ठाउँ हरुमा घाम लाग्छ अपहेलित साइनोमा सम्बन्धको डोरिहरु गरिबी दरिद्रताले चुडिएका ठाँउहरु जोडिन्छ्न बिस्तारै प्रगतिको पथमा उक्लिदै गएको ब्याक्तिको आफन्त पर्ने धेरै देखिन्छ हिजो गरिबिले थिचिएर अभावमा बाच्दा देखिएन सब चिज लुप्त थिए उस्को आफ्नो मान्छेले चिनाउन लाज मान्थे तर आज उस्कै आफन्त धेरै देख्दा बर्खा कै मौसममा जन्मिएको रैछ भनेर अनुमान लाइदैछ नौलो मान्छेको

बिदाको सपना

 यामदास घायल 'सन्तलाल'

कथा प्रत्यक दुईहप्ताको कामपछि तेस्रोहप्ता आरामको लागि समय दिने मेरो कम्पनिले यो पटक पनि नियम अनुसार नै मलाई छुट्टि दिएको थियो। आकासले पनि आफ्ना नाङ्गा शरीर भरी दिनभरी सुर्यलाई नचाएर लागेको थकानलाई मेटाउनका लागि सुस्ताएको थियो मसङ्गै रातको छहारीमा। जसरी म सुस्ताईरहेको थिएँ आफ्ना दिनभरीको पसिनाले भिजेको र कामको दुखाईले थिचेको मेरो शरीरलाई लम्पसार फालेर। मोबाईलले एक्कासी जोड्जोड्ले चिच्याएर बिहान भएको सङ्केत दियो। मलाई भने मोबाईल चिच्याएकोमा रिस उठ्यो र

उसैको याद दिलाउने यो जुन कहाँको ?

 यामदास घायल 'सन्तलाल'

गजल मुटुभित्र मन रुवाउने धुन कहाँको ? उसैको याद दिलाउने यो जुन कहाँको ? आफ्नै आमा नङ्ग्याएर देश भोकै मार्ने नेतारुपी देश खोक्र्याउने घुन कहाँको ? गाइमुत गोरस ठान्ने झुठो समाजमा पानीलाई विष बनाउने खुन कहाँको ? बिधुवा र गरिब नारी बोक्सी बनाउने यो समाजको नियम र कानुन कहाँको ? तबमात्र यो समाजमा इज्जत रहने रे त्यो सम्पती हिरा मोति सुन कहाँको ?  

बरफको सन्तान भएर

 कृष्ण कुमार राई

कविता जाडोको बाउ जाडोको माउ सबै कोरियामा थुप्रीन्छ मङ्सिर पुस माघ महिनाहरु बरफ भएर दिनरात गुजारिन्छ! युवाहरु  काममा जोशले खट्न बाध्य हुन्छ्न बरफको सन्तान भएर यै मौसममा कोरियन सोजु मेग्जु पिएर जाडो हटाउन खोजिन्छ! साथी पनि पिउने नै रोजिन्छ!! स्वस्थ्यको लागि खराव भए पनि दवाइको लागि चढाइन्छ मुख हुँदै पेटमा एक रति जाडो पक्कै हटाउछ ! एक रति गफ पक्कै बढाउछ !! कोरियाको सोजु मेग्जुको कमाल ले  कहिले कहिँ त

माघे सक्रान्ती

 बिशाल कार्की

कविता थाहा छ  सक्रान्ती चाड र पर्व बुझ्दैन कसैले प्रदेशको मर्म कामैले पेल्छ  यो मेरो कर्म सोच्दछु काम यो मेरो धर्म पुसमा पाकेको त्यो मिठो तरुण सन्चै छ छोरा ,घरमा चिन्ता नगरुण त्यो कालो तिलको के गुलियो लड्डु जति चिन्ता होस खादिन  के खड्डु आगोमा पोलेको त्यो हिउदे आलु केही बर्ष पर्ख लिन आउछु कालू कुट्दै छौ होला सेल पकाउने पिठो दिदैन साहुले घर जान छिटो पाकयो होला आमा, हाडीमा 

दोहोरी

 खिम बहादुर बुढाथोकी

कविता : देख्दैछु, नेताजीहरू सदनमा गोटीजीहरू सामाजिक सञ्जालमा दोहोरी खेल्दैछन्। हेर्दै छु तमासा, कहिले सदन तातेको कहिले सडक बलेको। के हुँदै छ, अहँ, कसैलाई पनि थाहा छैन। तर पनि, के देखेर हो कुन्नि कुकुरहरू भुक्दैछन्। कहिले काँही त भुक्ने कुकुरहरूलाई प्वाक्क ढुङ्गाले हानेर जिस्काउन मन लाग्छ। तर सोच्छु, ढुङ्गाले हानेर बसियो भने त भुक्ने कुकुर र ढुङ्गाले हान्ने कुकुरमा के नै फरक हुने भयो र! अनि चुपचाप आफ्नो बाटो हिड्छु।

कोरियामा कविता वाचन र काव्य पुरस्कार

 जीवन खत्री

सौल, हिउँको चिसो गम्सा बेरेर बसिरहेको राजधानी सौललाई आईतबार चार युवाकविले आफ्ना कविता सुनाएर न्यायो प्रदान गरे। अन्तर्राष्ट्रिय साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको ‘काव्य सुधा’ नामक कविता वाचनमा कविहरू जीवन खत्री, प्रमोद सारङ्ग, बोनम प्रताप र यल्जी विवसले आफ्ना उत्कृष्ट पाँच पाँच कविता सुनाए। अनेसासका उपाध्यक्ष बलदेव भट्टराईको उद्घोषणबाट शुरु भएको कविता वाचनमा कार्यक्रममा संयोजक सरोज सर्वहाराले कार्यक्रमबारे प्रकाश पार्दै अतिथि र कविहरुलाई स्वागत गरेका थिए। काव्यसुधाको पहिलो

रेष्ट समय

 यामदास घायल 'सन्तलाल'

कथा   धेरै समय पछि, लगभग पाँच बर्षको अन्तराल पछि म आफ्नो गाउँ फर्किएँ। सुन्दरताले चकमन्न मेरो गाउँ। जहाँको सुन्दरताको धरातालमा टेकेर मैले मेरा आधा जिन्दगी काटेको थिएँ। तिनै माटोमा मैले सबै मेरा बाल्यकालका दिनहरु रोपेको थिएँ। त्यो भाष्मे पाखा, दाउबारी, डुण्डुप भिर, रातोमाटे डाँडा सबैका माटोहरुमा घस्रदै, चिप्लिदै र मुछिदै बिताएका थिएँ मैले मेरा बाल्यदिनहरु। त्यहाँका माटोहरुमा कति पसिनालाई रोपेर जिबिका चलाएका थिए मेरा पुर्खाहरुले। तिनै सुन्दर मेरा जन्मभुमिमा

युद्धको सपना

 मिलनकान्छा किराती

कथा रेडियो सेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो । लाइटले पुरै जङ्गल उज्यालो  भयो  । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीं थिए । वरीपरी बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितर–वितर भए । कोही देखिएनन् । सबै ज्यान

गजल ,

 कृष्ण कुमार राई

पुरानालाई छाडी नयाँ साल आउने अरे बूढो हुने खुशिमा मीठो गित गाउने अरे च्यातिने भो पुरानो नयाँ पात्रो चाहियो नयाँ पात्रो किन्नलाई बजारै पो धाउने अरे उमेर च्यातिदैछ पुरानो पत्रीका सरि तर नयाँ सालमा उमंग र उत्साह छाउने अरे भन्दै थियो साथीले नयाँ साल नयाँ सोच यै सालमा कसैसंग माया प्रीती लाउने अरे खशिहरु रितिए छन पुरानैले दुखाई दिदा दुखे पनि नयाँ सालमा नयाँ सोच पाउने अरे आहाले ३ हर्दिया

नयाँ बर्ष

 गोकुल थोकर

कथा ‘नयाँ बर्ष सुरु भो । अघिल्लो नयाँ बर्षमा खाएका कति कसम पुरा भएन । फेरी नयाँ बर्षमा केही नयाँ कसम तयार छन् । यसपालीको कसम पनि कति पुरा होला ? अहिले नै भन्न मुस्किल छ । खाएका कसम सबै कहाँ पुरा हुन्छन् र ? तैपनि नयाँ बर्षको पहिलो दिन नै के उदास हुनु ?’ ऊ अलि आशाबादी देखियो । हल्का टाउको दुखि रहेको झै लाग्यो । त्यति साह्रै त

२५ डिसेम्बर

 यामदास घायल 'सन्तलाल'

कबिता बुढि रुख, युगौँदेखी उभिएर त्यो आगानमा, आफ्नै अगाडिको बूढो भबनको, कुचिएको मुहार हेरेर, बसन्तहरु काटिरहि, काट्न त कटिन् कयौँ बसन्तहरु, कहिले सानी बच्ची भएर काटिन्, कहिले किशोरी भएर काटिन्, कहिले तरुनी भएर काटिन्, काटिन् कयौँ रुपहरु, कयौँ बसन्तहरुमा कयौँरुप, तर, हिजो मात्र, त्यो बजारको चर्च ढले पछि, बजारका मान्छेहरु, चढेर उकालाहरु, सजाईन् ती बुढी रुख र बूढो भबनलाई, बुढी रुखको, चाउरीएका ती बोक्राहरु फालिए, सुकेका कपालहरु काटिए, झिमिकझिमिक झिम्किने

कोरियाको चिसोमा एउटा न्यानो साँझ

 जीवन खत्री

घडीमा साँझको छ बजेर तीन मिनेट ४१ सेकेन्ड जाँदा मैलै बुफ्याङ सहरको जमिनमुनिबाट गुड्ने ट्रेन स्टेसनमा आफूलाई पुर्‍याएँ। र, हतारहतार ट्रेन कुर्ने पहेँलो लाइनमा उभ्याएँ। बुफ्याङ दक्षिण कोरियाको व्यस्त सहर इन्छनलाई एउटा ठूलै बजार भन्दा हुन्छ। अहिलेलाई यत्ति बुझौँ। र, यो पनि बुझौँ कि मलाई यहाँबाट ट्रेन चढेर सउलनजिकै रहेको अर्को चर्चित सहर दोङ्देमुन पुग्नुछ। दोङ्देमुनमा तपाईं जुन कुनैबेला हिँड्नुस्, तपाईंको ६ जनासँग कुम जुध्दा तीन जना नेपाली पर्छन्। त्यति

सम्झना बन्छ

 कृष्ण कुमार राई

गजल यादहरु गरेर सम्झना बन्छ यहाँ कोइ मरेर सम्झना बन्छ फक्रीनु फुल्नु झर्नुमा दोष कस्को फुलहरु झरेर  सम्झना बन्छ भुली नसक्नु हुन्छ केही क्षण कठै खोलाहरु तरेर सम्झना बन्छ एकै ठाउँ रहन्न चल्छ घडीको सुइहरु ठाउँहरु सरेर सम्झना बन्छ दिन रहन्न त रात कसरी रहन्छ यहाँ रातहरु परेर सम्झना बन्छ फूल फूल्नुको त्यति याद नहोला कतै बास्नाहरु छरेर सम्झना बन्छ सुरमा गएर मिठास  गित अनि धुनको स्वरहरु खरेर सम्झना बन्छ

बगिराछ आँखाबाट, हुँदै पानी पानी

 यामदास घायल 'सन्तलाल'

गजल बेच्न मिल्ने भए बेच्थेँ, मनको पिर कहानी। सधै रुन पाउने को छ, म झैँ भाग्यमानी? ईन्द्रेणी झैं झरीसङ्ग, सधै रुझ्नु पर्ने के ल्याएछु घामपानीको, मैले जिन्दगानी। गुलाफको तरेलीमा, थमाएथेँ जिबन टिपिन् गुलाफ सजाई राखिन्, सुकाई जानीजानी। माया भन्नु फूल रैछ, र त टिपि सुकाई फुलबिनाको के काम भो र, मनको फुलदानी। नयन भरी सजाएको, मेरो जिन्दगी त्यो बगिराछ आँखाबाट, हुँदै पानी पानी।

भर्खरै...

फेसबुक

महिला / बालबालिका

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि क्रमश

Manju Gurung / September 5, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा केसीटियुद्वारा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्येक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने क्रमश

Manju Gurung / February 14, 2017

कोरियाको ६६ तल्लाको अपार्टमा आग्लागी , ४ जनाको मृत्यु

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियाको दोइ०थान सिटी स्थित दोइ०थान मेथापोलिस अपार्टमा शनिबार विहान ११ क्रमश

Manju Gurung / February 4, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal