तपाईं अहिले खेल सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दोस्रो बुढासुब्बा गोल्ड कपमा मनाङ फुटबल क्लव उत्कृष्ट

 

फोनिज कोरिया सम्वाददाता धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले गत आइतबार आयोजना गरेको दोस्रो बुढासुब्बा गोल्ड कपमा मनाङ फुटबल क्लव विजयी भएको छ । कोरियामा भएको फाइनल खेलमा गत वर्षको विजेता मगर फुटबल क्लवलाई शु्न्यको विरुद्ध तीन गोल गरी विजय प्राप्त गरेको थियो । पहिलो हाफ मनाङ फुटबल क्लवका सुर्य गुरुङले दुई गोल र दोस्रो हाफमा मनाङ फुटबल क्लवका होम घलेले एक गोल गर्न सफल भएका थिए । प्रतियोगितामा मगर

कोरियामा फुटबल प्रतियोगिता २०१७ आयोजना बाँडफाँड कार्यक्रम

 

नेपाल फुटबल महासँघ दक्षिण कोरियाले फुटबल प्रतियोगिता २०१७ का लागि महासंघमा आवद्ध कोरियाका फुटबल क्लबहरुलाई फुटबल प्रतियोगिता आयोजना गर्न आलोपालो प्रणालीबाट कार्यक्रम बाँडफाड गरेको छ । विश्व भर लाेकप्रिय रहेको फुटबल खेललाई पहिल्याउदै ” प्रवासी भुमीमा हामी नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवश्यकता “भन्ने मुल नाराका साथ  गर्मी याम ( बसन्त ऋतु ) आगमनसँगै नेपाली फुटबल प्रतियोगिताहरुको माहाैल तातिदै जाने क्रममा हरेक वर्ष  कोरियामा आयोजना गरिदै आएको  नेपाली फुटबल प्रतियोगितालाई भब्य

कोरियामा नेपाली क्रिकेट क्लव ‘नेपाल राइनो’को स्थापना, श्रेष्ठको नेतृत्वमा २३ सदस्यिय टोलीको घोषणा

 

कोरियामा रहेका नेपालीहरुले क्रिकेट क्लवको स्थापना गरेका छन । नेपाल राइनो नामक दक्षिण कोरियामा स्थाबित कल्बका कप्तान राज श्रेष्ठको नेतृत्वमा २३ सदस्यिय टोलीको समेत घोषणा गरेका छन् । कोरियामा रहेका नेपालीहरुआफु व्यस्त रहँदारहँदै पनी नेपालको प्रचार खेल माध्यमबाट गराउनको लागि  तातिएका हुन । क्रिकेट खेल क्षमतामा वृद्धी गर्न भन्दै सन २०१५ मा क्लवको स्थापना भएको हो। विगत ३ बर्ष बाट लगातार कोरियन लिग (KCA chairmans cup )खेलिरहेको कल्बको खेलाडी सुबास

क्रिकेट प्रशिक्षक बस्नेतलाई दोलखाली समाज दक्षिण कोरियाको सम्मान

 फोनिज कोरिया संवाददाता

दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट प्रशिक्षक राजु बस्नेतलाई दोलखालीहरुको साझ सँस्था दोलखाली समाज दक्षिण कोरियाले सम्मान गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिकामा प्रशिक्षक बस्नेत जन्मनु भएको हो । दोलखाली र सम्पुर्ण नेपालीको गौरबका रुपमा कोरियाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक भएर आउनु भएकोले सम्मान तथा शुभकामना कार्यक्रम गरिएको समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले बताएका छन् । कार्यक्रममा प्रशिक्षक राजु बस्नेत, समाजका संरक्षक लालकाजि बस्नेत, राज थापा,रामचन्द्र पाण्डे,अमृत दहाल अतिथि रहनु भएको थियो ।

कोरियामा बुढासुब्बा गोल्ड कपको टाइसीट सार्वजनिक

 

फोनिज कोरिया संवादाता सोल धरान फुटबल क्लबले यही आइतबार आयोजना गर्न लागेको दोस्रो बुढासुब्बा गोल्डकपको टाइसिट सार्वजनिक गरिएको छ । प्रतियोगितामा १६ टिम भिड्ने छन् । नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहयोगमा खेलतालिका सार्वजनिक गरिएको हो विहान ७ बजेदेखि शुरु हुने खेलमा धरान र कियाचु एफसी भिड्ने छन भने किम्पो र नमुना पोछन , हिमालय र मगर संघ , सुदुर पश्चिम र ख्याइ०जु , पूर्व पश्चिम र एभरेष्ट , लमजुइ०

स्व.डा. हर्क गुरुङ स्मृति कपको उपाधी स्याङ्जालाई

 धन गुरुङ

सोल, तमु धीँ दक्षिण कोरियाद्धारा आयोजित स्व.डा. हर्क गुरुङ स्मृति कप प्रथम भलिबल प्रतियोगिताको उपाधि स्याङ्जा परिवार दक्षिण कोरियाले उचाल्न सफल भएको छ । कोरियामा वर्षकै पहिलो उपाधी रक्षा गर्न फाइनल भिडन्तमा स्याङ्जाले युनिक भिजन ग्रुपलाई २-० को सोझो सेटमै पराजित गर्न सफल भएको थियो । ‘खेलकुद, अनुशासन, विकास र गतिशीलता । प्रवासमा हाम्रो सहकार्य र एकता ‘भन्ने नाराका साथ तमु धीँले महान् भूगोलविद स्वर्गीय डाक्टर हर्क गुरुङको स्मृतिमा प्रतियोगिता

स्व.डा.हर्क गुरुङ स्मृति कप प्रथम भलिबल प्रतियोगिताको तयारी पुरा

 श्री गुरुङ

सोल, प्ये,छ्या,,ल्हु,अर्थात तमु शास्त्र,सस्कार तथा ,सस्कृती को जगेर्नाकको साथ साथ कोरियामा रहेका नेपालिहरको हर दुख सुख मा कृयाशिल तमु धीँ दक्षिण कोरियाले आपसी एकता,भाइचारा तथा सद्भाव अभिवृद्धि को उद्देश्य राखी”खेलकुद,अनुशासन,विकास र गतिशीलता!प्रवासमा हाम्री सहकार्य र एकता ” भन्नी नाराका साथ प्रथम पटक आयोजना गर्न लागेको स्व.डा. हर्क गुरुङ स्मृति कप प्रथम भलिबल प्रतियोगिता २०१७ को सम्पुर्ण तयारी पूरा भएको जनाएको छ। यहि अप्रिल २मा सौल सिन्सलदोङ्स्थीत नेपाल हाउसमा सार्वजनिक खेलतालिका

स्व.डा.हर्क गुरुङ स्मृति कप प्रथम भलिबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

 धन गुरुङ

सोल, कोरियामा क्रियाशिल जातीय संस्था तमु धीँले प्रथमपटक आयोजना गर्न लागेको स्व.डा. हर्क गुरुङ स्मृति कप प्रथम भलिबल प्रतियोगिता २०१७ को खेलतालिका आइतबार  दोङ्देमुनको नेपाल हाउसमा सार्वजनिक गरेको छ । सन् २०१७ बाट संस्थागत गठित भएको नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर स्वर्गीय डाक्टर हर्क गुरुङ स्मृति प्रथम भलिबल प्रतियोगिता सञ्चालन हुने संघको सचिव लेसन गुरुङले जानकारी गराए । कुल १६ टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक तमु धीँ र तनहुँ

कोरियामा हुने भलिबल प्रतियोगिताहरुमा नेपाल कोरिया भलिबल संघको सहयोग रहने

 धन गुरुङ

सोल, सन् २०१७ बाट संस्थागत भएको नेपाल कोरिया भलिबल संघले कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुमा विभिन्न सहयोगहरु प्रदान गर्ने भएको छ । संघका अध्यक्ष भजिन्द्र क्षेत्रीका अनुसार संघले खेल सञ्चालनको लागि आवश्यक सामग्रीहरु बल, नेट , एन्टेनाहरु उपलब्ध गराउने भएको हो । त्यसैगरी प्रतियोगिता दौरानको क्रममा खेलाडीहरुलाई अत्यावश्यक प्राथमिक उपचारको सामग्रीहरु पनि उपलब्ध गराउने बताए । कोरियामा रहेका नेपालीहरुको लोकप्रिय खेल भलिबल गर्मी मौसमको सुरुवातीसंगै भलिबलसम्बन्धी विभिन्न प्रतियोगिता हुने गर्दछ

अप्रिल ९ मा तमुधिको भलिबल प्रतियोगिता हुने

 फोनिज कोरिया सम्वाददाता

 शारीरिक तन्दुरुस्तता,व्यक्तित्व विकास तथा भाइचारा अभिवृद्धिको उद्देश्य राखी तमुधी दक्षिण कोरियाले पहिलो पल्ट आयोजना गर्न गैरहेको “स्व.डा. हर्क गुरुङ स्मृति कप प्रथम भलिबल प्रतियोगिता 2017” आगामी अप्रिल ९ तारिख आइतबार हुने भएको छ। यस अघि मे ७ मा आयोजना हुने भनिए पनि प्राविधिक कारणले एक महिना अगावै आयोजना गर्न लागिएको हो। कोरियामा नेपालिहरु बीच आयोजना हुन गैरहेको यस प्रतियोगिता यस सिजन कै पहिलो प्रतियोगिता हो। नेपाल कोरिया भलिबल संघले पारित

ठुलो धनराशि पुरस्कार राखिएको प्रथम डेउ कप फुटबल प्रतियोगिता हुने

 अशोक पोख्रेल

बुसान, दक्षिण कोरीयामा नै सबै भन्दा ठुलो धन राशी, पैंतीस लाख वन प्रथम पुरस्कार राखीएको फुटबल प्रतियोगिता हुने भएको छ । कोरियाको गजेदो क्षेत्रमा परिचित डेउ नेपाली एकता समाजले लुम्बिनी रेष्टुरेन्ट एण्ड बारको मुख्य प्रायोजनमा यो प्रतियोगिता गर्न लागेको हो । करीब १००० जना नेपालीहरु कार्यरत रहेको “डेउ सिप विल्डिङ एण्ड मेरिन ईन्जिनियरिङ कम्पनी” यती धेरै नेपालीहरु रहेको कोरिया कै ठुला कम्पनीहरु मध्ये एउटा हो भने यहाँ कार्यरत नेपालीहरुको साझा

कोरियामा भलिबल संघ गठन, सन् २०१७ लाई कार्यक्रम बाँडफाँड

 धन गुरुङ

 सोल, लोकप्रिय खेल भलिबललाई कोरियामा व्यवस्थित रुपमा सञ्चालन गराउने हेतुले नेपाल कोरिया भलिबल संघ गणतन्त्र कोरियाको गठन भएको छ । कोरियाको राजधानी सोलमा  सम्पन्न भेलाले भलिबलसंग आबद्ध रहेका विभिन्न ब्यक्ति र संस्थाहरुको अग्रसरतामा भजिन्द्र क्षेत्रीलाई संयोजक चयन गर्दै एक समिती गठन गरिएको हो । विकास, अनुशासन र गतिशीलता भन्ने मुल नारालाई आधारशिला बनाएर गठित समितिको सहसंयोजकमा आलोक बाँनिया, सचिवमा लेसन गुरुङ र कोषाध्यक्षमा अमर छन्त्याल रहेका छन । अन्य सदस्यहरुमा

कोरियामा “भलिवल प्रतियोगिता” हुने

 लिलु डुम्रे

दक्षिण कोरियामा यस बर्षको लागि जाडो मौसमको अन्त्यसँगै खेलकुदका लागि अनुकल समय शुरू भएको छ। गर्मी मौसमको क्रमसँगै खेलकुद क्षेत्रको मनोरञ्जनपूर्ण खेल भलिवल प्रतियोगिताको सीजन शुरु भएको छ। यस बर्ष आयोजना गरिने भलिबल खेलका प्रतियोगिताको आवश्यक पूर्व-तयारी गर्नुपर्ने भएकोले भलिवल संघ दक्षिण कोरियाले बैठक आयोजना गर्ने भएको छ। यस बर्ष प्रतियोगिता सञ्चालन गर्न इच्छुक संघ-संस्थाहरु तथा खेलप्रेमीहरुलाई उपस्थित भई “भलिवल प्रतियोगिता” कार्यक्रम बाँडफाड सम्बन्धी जानकारी लिनुहुन आग्रह गरिएको छ। साथै

स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान

 फोनिज कोरिया संवाददाता

हङकङ, खुकुरी मार्सल आर्टलाई विश्व भरी चिनाउने उदेश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्सल आर्ट प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने खेलाडीलाई हालै हङकङमा सम्मान गरिएको छ । बिरताको प्रतीक खुकुरीलाई मार्सल आर्टबाट चिनाउन हङकङमा भएको अन्तरास्ट्रिय मार्सल आर्ट प्रतियोगितामा बिप्लप श्रेष्ठ, पिउस महर्जन र विकेश राज श्रेष्ठले स्वर्ण पदक जितेका थिए । उनिहरुको अफिसियल रूपमा चिफ कोच डा. रण बोगटी, प्रशिक्षक केशव बोगटी र सदस्यमा बेद निधि  मुड्भरी हुनुहुन्थ्यो । विजयी खेलाडीहरुको

कोरियामा भक्तपुर समाजद्धारा आयोजित पुल प्रतियोगितामा रेशम पहिलो बने

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली सामाजिक संस्थाबाट भक्तपुर समाजले गत आइतबार पहिलो पटक आयोजना गरेको  पुल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै रेशम शाहीले प्रथम स्थान हासिल गरेका छन् । उत्कृष्ट खेलाडीको उपाधी संगै ५ लाख वन राशीको पुरस्कार समेत हात पारेका छन् । त्यस्तै प्रतियोगितामा भिडेका ३४ जनामध्ये देव क.सीले द्वितीयत स्थान हासिल गरेका छन्। केसीले तीन लाख वनको पुरस्कार राशी पनि थापेका थिए । प्रतियोगितामा विशेष सहयोग गर्नुहुने

कोरियामा दास्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

 

फोनिज कोरिया सम्बाददाता सउल, दक्षिण कोरिया स्थित नेपाली ब्याडमिन्टन खेल प्रेमीहरूको साझा संस्था नेपाल ब्याडमिन्टन संघ, दक्षिण कोरियाद्वारा यहि नोभेम्बर २७ का दिन आयोजित दास्रो ब्याडमिन्टन प्रतियोगिता भब्य रूपमा सम्पन्न भएको छ । राजधानी सउलको दोङदेमुन स्थित सङदोङ हाइ स्कुलको कभर्ड हल भित्र आयोजित उक्त प्रतियोगितामा ए ग्रेड सिंगल, डबल र बी ग्रेड सिंगल, डबल गरी कुल ४ इभेन्टमा खेलाइएको थियो । सबै इभेन्ट गरी लगभग ५० जनाले भाग लिएको

कोरियामा नेपाल ब्याटमिन्टन संघ गठन, अध्यक्षमा विपिन गुरुइ०

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका नेपाली समुदायको बृद्धीसंगै खेलकुदको गतिविधी पनि बढ्दो छ । कोरियामा खेलकुदका विभिन्न क्षेत्रका राष्ट्रिय खेलाडीको संख्या बढ्न थालेपछि गत आइतबार नेपाल ब्याटमिन्टन संघ दक्षिण कोरियाको गठन भएको छ । सउलका व्यवसायी विपिन गुरुइ०को अध्यक्षमा गठित नेपाल ब्याटमिन्ट संघ दक्षिण कोरियाले गत आइतबार नेपाल हाउसमा चियापान कार्यक्रम गरी संगठनको परिचय गराएका छन् । नव गठित १७ सदसिय कार्यसमितिमा पाँच जना व्यवासायीहरु सल्लाहकार रहेका छन्

किम्हे माइग्रेन्ट फूटबल च्याम्पियनशिपको ट्रफी पाँचथर एफसीले चुमे

 

फोनिज कोरिया संवाददाता बुसान किम्हे माइग्रेन्ट स्पोर्ट क्लबद्धारा आयोजित तेस्रो किम्हे फुटबल च्याम्पियनशिपको यसपालीको ट्रफी पाँचथर एफसीले चुमे । फाइनलमा पुगेका एभरेष्ट एफसी बुसान उपविजेता बने । शुन्यको विरुद्ध दुई गोलगरी पाँचथर एफसी विजयी बनेको हो । पाँचथर एफसीका खेलाडी निसान श्रेष्ठ उत्कष्ठ खेलाडी घोषित भएका छन् । प्रतियोगितामा १६ टिम भिडेका थिए । कोरियामा नेपाली समुदया माझ खेलिने फूटबल प्रतियोगिताहरु सन २०१५को किम्हे फूटबल प्रतियोगिता भएको फूटबल महासंघका अध्यक्ष

तेस्रो राजदूत कप धरान एफसीको पोल्टामा

 फोनिज कोरिया संवाददाता

कोरियाको सोयोसान स्थित फुटबल खेलकुद मैदानमा भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट २०१६ को पहिलो उपाधी धरान एफसीले आफनो पोल्टामा पार्न सफल भएको छ । फाईनलमा पुगेका मगर एफसीलाई धरान एफसीले शुन्यको विरुद्ध २ गोल गर्न सफल भएको थियो। पछिल्ला ३ बर्ष अघि देखि कोरियाका लागी नेपाली राजदूतावसले एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्टको आयोजना गर्दे आएको छ । आज भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट

कोरियामा Pool Tournament – Season 2 आयोजना हुने

 

गत वर्ष दक्षिण कोरियामा नै पहिलो पटक Pool Tournament अाय‍ोजना गरिसकेको Soju Kimchi Event ले यसपटक दिपावलीको पावन अवसरमा NPRIK BOYS को विशेष सहय‍ोगमा दोस्रो चरणको Pool Tournament अायोजना गर्ने भएको छ। २३ जनाको सहभागिता रहेको उक्त Tournament मा अान्सानका अजय गुरुङ प्रथम भएका थिए भने दोङ्देमुनका गुन्जन श्रेष्ठ दितृय भएका थिए । यश पटकको Champion बन्ने पालो तपाईको । Best of 3 खेलाइने यश Tournament मा गत वर्षको भन्दा

राजदूत मैतिपुर्ण रनिइ० कपको खेलतालिका सार्वजनिक

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली राजदूताबासले खेलाउदै आएको फुटबल प्रतियोगिता राजदूत मैत्रिपुर्ण रनिइ० कपको खेलतालिका गत आइतबार सार्वजनिक गरिएको छ । आगामी आइतबार अक्टोबर २३ तारिख खेलिने खेलमा यसपाली २२ टिम प्रतिस्पर्धामा भिड्नेछन् । सउलको दोइ०दोचन खेल मैदानमा हुन लागेको फुटबल प्रतियोगिता विहान ७ बजेबाट शुरु गरिने छ । पोल ए र वि गरी दुईवटा खेल मैदानमा खेल खेलिने छ । पोल एमा केवाईसी, कास्की, एभरेष्ट, मोक्पो, तामाइ०,

गरिब बिद्यार्थीलाई सहयोगार्थ भक्तपुर समाजले नोभेम्बर २७ मा पुल प्रतियोगिता गर्ने

 रमेश गिरी रिवाज

सउल भक्तपुर समाज दक्षिण कोरियाले नोभेम्बर २७ तारिक आइतबार दोन्देमुनको पुजा रेस्टुरेन्टको माथिल्लो तल्लामा रहेको शेर्पा पुल हाउसमा पुल खेल प्रतियोगिता गर्ने भएकाछन् । खेलको माध्यमबाट एक अर्कामा भाईचारा र सद्भाव बढाउदै असाहय तथा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धी सहयोग गर्ने उद्देश्यले सो पुल प्रतियोगिता गर्न लागेको समाजले जनाएको छ । कोरियामा रहनुहुने सम्पुर्ण संघसंगठनका प्रतिनिधिज्युहरुले साङगठानिक वा ब्यक्तिगत रुपमा आआफ्नो टिम दर्ता गराइ सामाजिक कार्यमा हातेमालो गरि सहयोग गरिदिनुहुन आयोजकले

राजदूत रनिइ०कप फूटबल टुर्नामेन्टको टिम दर्ता गर्ने म्याद थपियो

 फोनिज कोरिया संवाददाता

सउल दक्षिण कोरिया स्थित नेपाली राजदुताबासले संचालन गर्दै आएको राजदूत मैत्रिपूर्ण रनिइ० कप फूटबल प्रतियोगिताको टिम दर्ता गराउने म्याद थप गरिएको दूतावासले जनाएको छ । अक्टोबर ७ तारिख विहीबारसम्म टिम दर्ता गराउने अन्तिम म्याद राखिए पनि आज अर्थात ६ तारिख सूचना जारी गरी आगामी अक्टोबर २० तारिखसम्म टिम दर्ता गराउन सकिने सूचित गरेको छ । विभिन्न संघसंस्थाको अनुरोधमा टिम दर्ता गराउने म्याद थपिएको दूताबासले जानकारी गराएको छ । अक्टोबर २१

फस्र्ट राईजिइ० नेपाल कपका विजेता भूषाण एभरेष्ट एफसी बने

 

फोनिजकोरिया संवाददाता सउल उल्सानमा आइतबार सम्पन्न फष्र्ट राईजिइ० नेपाल कप भूषाण एभरेष्ट एफसीको पोल्टामा परेको छ । उल्सान एकता समाज र राईजिइ० नेपाल एफसीले संयुक्तरुपमा आयोजना गरेको एक दिने फुटबल टुर्नामेन्टका विजेता टिमले १६ लाख वन पुरस्कार, कप र मेडल थापेको थिए । २ र १ गोलको अन्तरमा उपविजोता बनेका एन.पी.एफ.सी थुगेले भने ८ लाख वन पुरस्कार मेडल थापेका थिए । टुर्नामेन्टमा भूषाण एभेष्ट एफसीका विनोद राई सर्बोत्कृष्ठ खेलाडी घोषित

भर्खरै...

फेसबुक

महिला / बालबालिका

कोरियामा १०७ औ अन्ताराष्ट्रिय नारी दिवस मनाइने

विश्वका नारीहरुका हक हित र अधिकार प्राप्तिका लागि मनाउदै आएको अन्तराष्ट्रिय नारी दिवस कोरियामा पनि भव्यताका क्रमश

Manju Gurung / March 6, 2017

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा सुतेकै आवस्थामा नेपाली कामदारको निधन, निधन हुनेको संख्या बढ्न थालेपछि नेपाली कामदार चिन्तित

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिब्रुङ गाविस वाड नम्बर १ घर भएका क्रमश

Manju Gurung / April 28, 2017

कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा

सोल, कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा भएको छ । नेपाल बौद्ध परिवार दक्षिण क्रमश

Manju Gurung / April 26, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal