तपाईं अहिले कला सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आँधीखोला सांगीतिक सौगात -५ को लागि व्यापक तयारी

 लिलु डुम्रे

 दक्षिण कोरिया स्याङ्गजा परिवारले आँधीखोला सांगीतिक सौगात -५ को लागि व्यापक तयारी गरेको छ । सलनालको दोश्रो दिन अर्थात जनवरी २८ मा गरिने सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको परिवारले जनाएको छ । मनोरञ्जनात्मक कार्यक्रम मार्फत संकलित बचत रकम स्याङ्गजा जिल्लामा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने परिवारले स्पष्ट पारेको छ । आमन्त्रित कलाकारले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने परिवारले बिश्वाश दिलाएको छ । नृत्यन्गना एलिसा राई ,गजल तथा आधुनिक गायक शिव

कोरियामा यम-बुद्द लाई समर्पित लाउरे- आशिस राना र मानस घलेको साथमा NepHop-Night ( A tribute to YB ) कार्यक्रम हुने

 सुमन केसी

सोल, कोरियन नयाँ वर्ष तथा महान चाड सलनालको दोस्रो दिन २८ तारिख नेपालका चर्चित र्यापर यम बुद्ध(अनिल अधिकारी) को सम्झनामा  नेपहोप नाइट पार्टीको आयोजना गरिने भएको छ । RAPPER यम बुद्दको नेपाली हिपअप – नेपहप इन्डस्ट्रीमा उनले पुर्याएको उच्च योगदानहरुको कदर गर्दै उहांप्रति समर्पित हार्दिक श्रद्दान्जली कार्यक्रम पनि गरिनेछ । साथै यो दुखद घढीमा सम्पुर्णमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनि आयोजक Nepz Party Rockers In Korea – NPRIKले कामना

गायक कुमार पुन र गायिका गीता पाइजा माघे संक्रान्ती मनाउन कोरिया आइपुगे

 

फोनिज कोरिया संवाददाता सउल चर्चित लोकदोहोरी गायक कुमार पुन मगर र गायिका गीता पाइजा मगर शनिबार दक्षिण कोरिया आइपुगेका छन् । नेपाल मगर संघले यही आइतबार जनवरी १५ तारिख मगरहरुको महान पर्व माघेसंक्रान्ती मनाउन आयोजना गरिने विषेश सांगीतिक कार्यक्रको लागि उनीहरु कोरिया आएका छन् । गायक कुमार र गायिका गीतालाई शनिबार विहान इन्छन विमानस्थलमा पुगेर मगर संघ कोरियाका अध्यक्ष खड्ग लगायतको टोलीले स्वागत गरेको छ । आफ्नो महान पर्व माघ

घुम्दै फिर्दै … कोरियामा छायाकंन

 

फोनिज कोरिया संवाददाता चर्चित गायक राजेश पायल राई र गायिका कला राईको आवाजमा रहेको युगल गीत घुम्दै फिर्दै तिम्रो घरमा….. बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। कोरियाको रमणीय स्थलतिर छायांकन गरिएको उक्त भिडियो हाङ चेम्जोङले निर्देशन गरेका छन्। बजारमा आएको अरु भिडियो भन्दा फरक विषय वस्तु समेटिएकोले दर्शकको मन जित्ने कुरा निर्देशक चेम्जोङ बताउँछ्न्। आशुतोष राईको शब्दमा सजिएको उक्त गीत जनम जनम एल्बममा समावेश गरिएको छ जसमा पविधन खालिङको

सउलमा यही आइतबार जात्रा लाग्ने, बैंकको खाता पनि खोल्न पाइने

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको राजधानी सउलमा आगामी आइतबार (जनवरी १५ तारिख ) नेपाली कथानक चलचित्र जात्रा प्रदर्शनी गरिने भएको छ । हाँख्य कलाकारलाई समेत हसाउन सफल नेपालमा सफल्तापूर्वक चलिरहेको चलचित्र जात्रा कोरियामा पनि हेर्न पाउने अवसर जुटाएको छ पत्रकार महासंघ दक्षिण कोरिया शाखाले । आपतकालिन राहत कोष स्थापनार्थ कल्याणकारी कार्यको लागि सो चलचित्र कोरियामा प्रदर्शन गर्न लागिएको शाखाले जनाएको छ । कोरियाको भुसान, थेगु छिन्जु लगायतका विभिन्न शहरमा

बुसानमा यलम्बर, सोलमा सुम्निमा आउदै

 

फोनिज कोरिया सम्वाददाता रोजगारको राम्रो गन्तव्य मुलुक दक्षिण कोरिया । ३० हजार भन्दा बढी नेपालीहरुको संख्या । त्यसैले त सार्वजनिक बिदाका दिनदेखि कोरियाको महान चाडपर्वमा नेपाली संघसंस्थाहरुलाई भ्याइनभ्याइ हुन्छ विभिन्न सामाजिक क्रियाकलाप वा साँगीतिक कार्यक्रमहरु पस्कन । सोही अन्तर्गत कोरियन नयाँ बर्ष तथा महान चाड सलनालको अवसर पारेर किरात राई यायोख्खा दक्षिण कोरिया सोलले सुम्निमा सांगीतिक सौगात भाग तीन र बुसानले यलम्बर सांगीतिक सौगात भाग एक कार्यक्रमको आयोजना गर्दै छ

अनलाईन वेभ टि.भीले कोरियामा म्युजिकल इभ गर्ने

 

फोनिज कोरिया संवाददाता सउल अनलाईन वेभ टेलिभिजनले आफ्नो दोस्रो वार्षिकीत्सवको अवसरमा आगामी जनवरी १४ तारिक शनिबारको दोइ०देमुन स्थित लक्ष्मी रेष्टुरेन्टमा “अनलाईन वेभ टिभि म्युजिकल इभ २०१७ गर्ने भएको छ। “श्रष्टा र कलाकार हाम्रो शान, प्रवासमा पनि कला र प्रतिभाको गरौँ सम्मान” भन्ने मूल नाराको साथ कार्यत्रक्र गर्न लागिएको हो । कोरियामा रहेका नवप्रतिभा कलाकार र सर्जकहरुको कला र प्रतिभालाई उजागर गर्ने उदेश्यले गर्न लागिएको उक्त कार्यक्रममा गीत, संगीत, नृत्य, गजल

छल्लानाम्दो ख्वाङ्जुमा न्यु इयर फ्री डान्स पार्टी हुने

 

फोनिज कोरिया सम्बाददाता कोरियाको चिसोमा शरीर तातो बनाउन नेपाली सामुदायिक समिति ख्वाङ्जुले फ्रि डान्स पार्टीको आयोजना गर्ने भएको छ । छल्लानाम्दोको ख्वाङ्जुमा यहि शनिबार जनवरी ७ तारिक साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म न्यु इयर फ्री डान्स पार्टी हुने भएको छ । नेपाली सामुदायिक समिती ख्वाङ्जुले नयाँ वर्षको अवसर पारेर समितिद्वारा संचालित सेल्टर सहयोगार्थ उक्त डान्स पार्टी आयोजनामा गर्न लागेको हो । झन्डै २ हजार नेपालीहरुको घनत्व रहेको ख्वाङ्जुमा समिती

कोरियामा जात्राको प्रसंसा

 लिलु डुम्रे

  सोल, नेपाली चलचित्र ‘जात्रा ‘ ले प्रदर्शनको ५१ दिन मनाएको छ । हाउसफुलका साथ चलिरहेको जात्राले सनिबार बिशेष कार्यक्रम गरि प्रदर्शनको ५१ दिन मनाएको हो । नेपालमा दर्शकको ब्यापक माया बटुलेको जात्रालाई दक्षिण कोरियाका नेपालीहरुले पनि प्रशंशा गरेका छन । दक्षिण कोरियाको जिन्जु र बुसानमा गरिएको प्रदर्शनमा उपस्थित दर्शकहरुले जात्राको खुलेर प्रशंशा गरेका थिए । उल्लेख दर्शकहरुले हल भरिएका ति स्थानहरुमा चलचित्रका मुख्य कलाकारहरुको अभिनयको तारिफ गरे । चलचित्रको कथाबस्तुले

“यलम्बर साङ्गितिक सौगात भाग-१ लाई सपोर्ट नेपाल फॉउन्डेशन द. कोरियाको कार्यक्रम सफलताको शुभकामना”

 

फोनिज कोरिया सम्वाददाता बुसान, कोरियाको नयाँ वर्ष तथा मुख्य ठुलो चाड सलनालको अवसर पारेर किरात राई यायोख्खा बुसानले जनवरी २७ तारिकका दिन आयोजना गर्न लागेको यलम्बर साङ्गितिक सौगात भाग-१ कार्यक्रमको लागि सपोर्ट नेपाल फॉउन्डेशन द. कोरियाले कार्यक्रम सफलताको कामना गर्दै कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागिता जनाएर सहयोग गरिदिन पनि आग्रह गरेको छ । ‘देश विकासको मुख्य आधार शैक्षिक क्षेत्रमा सुधार’ भन्ने नाराका साथ नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने

ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट

 लिलु डुम्रे

दक्षिण कोरिया, स्याङ्गजा परिवार दक्षिण कोरियाले सलनालमा आयोजना गर्ने ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट र हलको स्थान निश्चित गरिएको छ । सलनालको दोश्रो अर्थात् जनवरी २८ मा गरिने सांगीतिक प्रस्तुतिका लागि परिवारले नेपालबाट आधा दर्जन कलाकार भित्र्याउन लागेको छ भने कोरियामा रहेका कलाकारहरुको पनि प्रस्तुति रहने जानकारी गराईएको छ । स्याङ्गजा परिवारले नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्न चर्चित कलाकारलाई कोरियामा निम्त्याउने निर्णय गरेको छ । परिवारले टुङ्गो

सलनालमा आँधीखोला सांगीतिक धमाका हुने

 वाइबि मगर

सौल, कोरियाको नयाँ वर्ष अर्थात् महान चाड सलनालमा आँधीखोला सांगीतिक धमाका हुने भएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाले अगामि जनवरी २८ तारिकका दिन कोरियाको राजधानी सौलमा उक्त सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको हो । ‘हाम्रो स्याङ्जा, हाम्रो शान स्वास्थ्य क्षेत्रमा गरौं पुण्य काम’ भन्ने मूल नारासहित स्याङ्जा परिवारले आयोजना गर्न लागेको ‘आँधीखोला सांगीतिक सौगात – ५’ कार्यक्रममा नेपालबाट आधुनिक तथा पप गायिका आस्था राउत, लोकदोहोरी गायक शिव परिवार, कृष्ण गुरुङ्,

यलम्बर साङ्गितिक सौगातलाई किम्हे माइग्रेन्ट हाउसको शुभकामना

 

फोनिज कोरिया सम्वाददाता बुसान, कोरियाको नयाँ वर्ष तथा मुख्य ठुलो चाड सलनालको अवसर पारेर किरात राई यायोख्खा बुसानले आयोजना गर्न लागेको यलम्बर साङ्गितिक सौगात भाग १ कार्यक्रमको लागि किम्हे माइग्रेन्ट हाउसले कार्यक्रम सफलताको कामना गर्दै कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागिता जनाएर सहयोग गरिदिन पनि आग्रह गरेको छ । ‘देश विकासको मुख्य आधार शैक्षिक क्षेत्रमा सुधार’ भन्ने नाराका साथ नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले योयोख्खा बुसानले सलनालको पहिलो

बुसानमा सायद -२ चलचित्र आउदै

 

फोनिजकोरिया सम्वाददाता बुसान, कोरियालि नया बर्स सलनालको अवसर पारेर जनवरी २९ सलनालको तेश्रो दिन सुदुरपश्चिम समाज बुसानले बुसानमा बहुप्रतिक्षित चलचित्र सायद 2 प्रदर्शन गर्ने भएको छ । गरीब तथा जेहेन्दार बिद्यार्थी सहयोगार्थ प्रदर्शन हुने सायद 2 सउल लगायत कोरियाका अन्य शहरहरुमा पनि प्रदर्शन मिति छिटै तय गर्ने तयारी भइरहेको सहदेव भट्टले जानकारी गराउनु भएको छ । दुर्गिश ब्यानर निर्मित, पुश्पराज न्यौपाने निर्देशित सायद 2 मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना,

कोरियाको जिन्जुमा पहिलो पटक जात्रा लाग्ने

 

फोनिज कोरिया संवादादता सउल कोरियाको जिन्जु शहरमा आगामी आइतबार डिसेम्बर १८ तारिखका दिन नेपालमा सफलता पूर्वक प्रदर्शन भईरहेको फिल्म जात्रा प्रर्दशन हुने भएको छ । जिन्जुमा पहिलो पटक पर्दशन गरी आगरम्भ गरिएको सो नेपाली कथानक चलचित्र जात्रालाई विभिन्न शहरमा भिन्म मितीमा प्रदर्शन गरिने छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले “आपतकालिन परोपकार कोष” स्थापना गर्ने उदेश्य सहित जिन्जुमा जिुन्जु कोरिया नेपाल समाजको सहयोगमा चलचित्र जात्रा प्रदर्शन गर्न लागेको हो ।

सल्नालमा गरिने सुम्निमा सांगीतिक सौगातको कलाकारको नाम सार्वजनिक

 उमेश शेरालुंग

सौल, किराँत राई यायोक्खा दक्षिण कोरियाले सलनालको दोस्रो दिन जनवरी २८ तारिक गरिने सुम्निमा सांगीतिक सौगात भाग(३ सांस्कृतिक कार्यक्रमको पोष्टर गत आईतबार तुङ्गदेमुनमा आयोजित पत्रकार भेटघाटमा सार्बजनिक गरेको छ। किराँत राई यायोक्खा दक्षिण कोरियाले “दीर्घकालीन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माण सहयोगार्थ” कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा नेपालबाट चर्चित कलाकारहरु झिकाई सलनालको दोस्रो दिन अर्थात जनवरी २८ मा बृहत् सुम्निमा सांगीतिक सौगात भाग(३ कार्यक्रम गर्ने भएको हो। कोरियामा नेपाली कामदारको

कोरियको छिन्छनमा जनवरी ८ मा चलचित्र जात्रा प्रर्दशन गरिने

 

लिलु डुम्रे सउल यस बर्षको सफल चलचित्र जात्रा छिन्छनमा पनि प्रदर्शन गर्न लागिएको छ । २०१६ मा सर्वाधिक कमाउने चलचित्रहरुको श्रेणीमा पर्न सफल सिनेमा जात्रालाई छंग्जु क्षेत्रको छिन्छन शहरमा प्रदर्शन गर्न लागिएको हो । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले चलचित्र जात्रालाई जनवरी आठमा छिन्छनमा प्रदर्शन गर्न लागेको हो । छंग्जु क्षेत्रमा नेपालीहरुको बढी घनत्व रहेको छिन्छन शहरमा उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको छ । महासंघ शाखाले जात्रालाई सुबिधा सम्पन्न

नाटक घर निर्माणको लागि कोरियामा आर्थिक संकलन सुरु

 लिलु डुम्रे

 सोल, निर्माणाधीन पोखरा नाटक घरको लागि दक्षिण कोरियामा आर्थिक संकलन सुरु गरिएको छ । राजधानी बाहिरको पहिलो नाटक घर निर्माणका लागि दक्षिण कोरियामा रहेका केहि युवा आर्थिक संकलनका लागि सक्रिय भएर लागेका छन । युथ कृयसन थिएटर पोखराको अगुवाइमा निर्माण भइरहेको नाटक घरलाई आर्थिक अभावमा हुन नदिन आर्थिक संकलन सुरु गरिएको युवाहरुले जानकारी गराएका छन । गोरेटोका सहयात्री समुहमा आवद्ध युवाहरुले आर्थिक संकलन अभियान सुरु गरेका हुन । दुइ बर्ष

कोरियाको चिसोमा सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठको दमदार प्रस्तुती (भिडियोसहित )

 

सोल-शनिबार दक्षिण कोरियाको राजधानी शहर सोलको नजिक तुंगदेमुनस्थित लक्ष्मी रेष्टुरेष्ट एण्ड बारमा विस्तारैं जमघट बाक्लिदैं थियो । कोरियामा चिसो बढेसंगैं नेपालीहरुको चहलपहल कम थियो । त्यसमा पनि शनिबार प्राय कम्पनीमा काम हुने गर्दछ । एक दुई जना गदैं रात छिप्पिदैं जांदा भिड पनि निक्कैं बढीसकेको थियो । यो दृश्य ऐश्वर्य सांझको हो । कोरियामा रोजगारीसंगैं रेडियो टिभि र अनलाईन पत्रकारितामा जमेका सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठ आफनो सांगीतिक प्रस्तुतीको साथमा साहित्यिक रचना

संचारकर्मी तथा गायक ऐश्वर्य श्रेष्ठ सम्मानित

 

फोनिज कोरिया सम्वाददाता सउल, संचारकर्मी ऐश्वर्य श्रेष्ठले शनिबार साँझ भेला भएका दर्शकलाई आफ्नो सांगीतिक तथा साहित्यिक रचनाद्वारा भरपुर मनोरञ्जन प्रदान गरे । नेपाल ललितकला मञ्च दक्षिण कोरिया र छन्देरी ग्रुपले सउलको लक्ष्मी रेष्टुरेन्टमा आयोजना गरेको ‘ऐश्वर्य साँझ’ कविता वाचन तथा सम्मान कार्यक्रममा उनले आफनो एल्वमको चर्चित गीतका साथै विभिन्न गीत तथा रचनाहरु वाचन गरेका थिए । संचारकर्मी तथा गायक श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि जिवन खत्रीले विभिन्न गजल तथा मुक्तक प्रस्तुत

चलचित्र पुरानो डुंगा सउलमा जनवरि ८ र बुसानमा जनवरि १५ मा प्रदर्शन गरिने

 

सज्जन कुमार सिंह सउल, बहुचर्चित नेपाली चलचित्र कबड्डि पछि रामबाबु गुरुङद्धारा निर्देशित चलचित्र पुरानो ढुंगा दक्षिण कोरियामा पनि हेर्न पाईने भएको छ । म्याग्दि घर निर्माण सहयोगार्थ म्याग्दि प्रवासि सघ (मोना) कोरियाले कोरियाका विभिन्न ठाउमा चलचित्र पुरानो ढुंगा प्रदर्शन गर्न लागेको  अध्यक्ष आलोक बानियाले जानकारि दिए । जनवरि ८ मा सउलको जोग्यसा गुम्बामा प्रदर्शन गरिने र जनवरि १५ मा बुसानमा प्रदर्शन गर्न लागिएको हो । फेवातालमा एउटा माझी र ढुंगाको

सलनालमा स्याङ्जा परिवारले वृहत साँस्कृतिक कार्यक्रम गर्ने

 लिलु डुम्रे

सउल, कोरियाको नयाँ बर्ष सलनालमा स्याङ्जा परिवार दक्षिण कोरियाले बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । परिवारले २०१७ जनवरी २८ मा सास्कृतिक कार्यक्रम गर्न लागेको हो । नेपाली सम्पर्क समिति, (NCC) ले आइतबार गरेको साँस्कृतिक कार्यक्रम बाँडफाँडबाट स्याङ्जा परिवारको लागि जनवरी २८ को दिन निर्धारण गरिएको हो । कार्यक्रमको तयारी द्रुतगतिमा भईरहेको परिवारका अध्यक्ष राजु भण्डारीले जानकारी गराए । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनका निमित्त सम्पूर्ण स्याङ्जाली

डिसेम्बर १८ मा जिन्जुमा “जात्रा” लाग्ने

 

कोरियाको जिुन्जुमा डिसेम्बर १८ तारिखका दिन नेपालमा सफलता पूर्वक प्रदर्शन भईरहेको फिल्म जात्रा प्रर्दशन हुने भएको छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले “आपतकालिन परोपकार कोष” स्थापना गर्ने उदेश्य सहित जिन्जुमा जिुन्जु कोरिया नेपाल समाजको सहयोगमा चलचित्र जात्रा प्रदर्शन गर्न लागेको हो । जिन्जुसंगै २०१७ जनवरी १ मा बुसान र जनवरी ८ मा थेगुमा प्रदर्शन गर्ने हल र स्थान तय भईसकेको महासंघका अध्यक्ष खेम कार्कीले बताए । नेपालमा पाएको सफलतासंगै

मोडल तथा निर्देशक नेम्बाङ्को म्युजिक भिडियो कोरियामा छायाकन सम्पन्न ।

 

फोनिज कोरिया संवादाता सउल नव उदयमान गायक नरेश लिङ्देन र चर्चित गायिका मेलिना राईको सुमधुर आवाज़मा गुञ्जीएको मैले पूज्ने ईश्वर ु बोलको गीतको छायांकन दक्षिण कोरियामा सम्पन्न भएको छ । नीलम आङ्बुहाङराई को शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको उक्त गीतलाई नरेन श्रेष्ठले क्यामरामा कैद गर्दै म्युजिक भिडियो निमार्ण गरिएको छ । म्युजिक भिडीयोलाई मोडेल घनेन्द्र नेम्बाङ्ले नै निर्देशन गरेको हुन् भने अनिता पून ले रोमान्श मोडेल अभिनय गरेकी

भर्खरै...

फेसबुक

महिला / बालबालिका

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि क्रमश

Manju Gurung / September 5, 2016

लोकप्रिय

कोरिया समाचार

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन कोरिया फर्के संगै राष्ट्रपतिको इच्छा दोहोराए

फोनिज कोरिया संवादादता सउल संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन विहिबार आफ्नो घर दक्षिण कोरिया क्रमश

Manju Gurung / January 12, 2017

सलनाल आउन दुई साता अघिदेखि नै अग्रिम बुकिइ०को लागि कोरियनहरु रतभर काउन्टरमा

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका महान चाड सलनाल (नयाँ वर्ष) आउन १७ दिन बाँकी छ । तर अहिले देखि नै क्रमश

Manju Gurung / January 10, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal