इपिएस कामदार नेपाल फर्किएनन्


सन्तोष पोखरेल
पोखरा- रोजगार अनुमति प्रणाली (इपिएस) कोटामा दक्षिण कोरिया पुगेका नेपाली अवधि सकिँदा पनि लुकीछिपी त्यहीँ बसिरहेको पाइएको छ। गत जुलाईमै कार्यावधि पूरा भइसकेका कामदार अझै स्वदेश नफर्केका हुन्।

 

वैशाख १२ को विनाशकारी भूकम्पपछि कोरियामा रहेका नेपाली कामदारले गैरकानुनी बसाइ लम्ब्याएको वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ। शाखा निर्देशक डिल्लीराम बाँस्तोलाले जुलाईयता फर्कनुपर्ने करिब १३ सय कामदार भूकम्पले घरबास क्षति भएको खबरपछि उतै रोकिएको जानकारी दिए। ‘हामीले बुभदा भूकम्पपछि नेपालमा काम पाउने अवस्था नदेखेरै उनीहरू गैरकानुनी रूपमा कोरियामा बसिरहेका हुन्,’ उनले भने।

 

बाँस्तोलाका अनुसार सन् २०१० सम्म कोरिया भाषा परीक्षा उत्तीर्ण भई गएका ७ हजारमध्ये करिब १८ प्रतिशत कामदार गैरकानुनी रूपमा बसेका छन्।

 

‘त्यसरी बसेका कामदारलाई फर्किन भनिसकेका छौं,’ उनले भने, ‘कोरिया सरकारलाई पनि त्यसका लागि आग्रह गरेका छौं।’ अघिल्लो वर्षसम्म गैरकानुनी बसाइ गर्ने कामदारको संख्या ४.५ प्रतिशत रहेकोमा अहिले निकै बढेको जानकारी दिँदै बाँस्तोलाले यस्तो प्रवृत्ति बढ्दा नेपालले पाउँदै आएको कामदार कोटा कटौती हुन सक्ने जोखिम दर्साए।

 

कोरियाले पहिलोपटक सन् २००८ मा इपिएसअन्तर्गत नेपाली कामदार लैजान थालेयता ३३ हजार ५ सय जना त्यहाँ पुगिसकेका छन्। पहिलो पटक गएर ४ वर्ष १० महिना बसेका कामदार नेपाल फर्केपछि दोहोर्याएर जान चाहे फेरि पहिलेकैजति समय बस्न पाउने व्यवस्था छ।कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) को नेपालस्थित शाखाका निर्देशक ली डोङ सिर्कले पनि भूकम्पपछि गैरकानुनी रुपमा बस्ने नेपाली कामदारको संख्या बढ्दै गएको बताए।

 

‘कोरिया सरकारले बर्सेनि कामदारबारे अध्ययन गर्दै आएको छ, भूकम्पपछि नेपाली कामदारले गैरकानुनी बसाइ लम्ब्याएको पाएका छौं,’ उनले भने, ‘यसले कामदार कोटामा असर पार्न सक्छ।’

 

भियतनामका कामदारको गैरकानुनी बसाइ अवधि बढेपछि कोरियाले सन् २०१३ मा त्यहाँका कामदार नलिएको जानकारी गराउँदै उनले सम्बन्धित मुलुकले आफ्ना कामदारको गैरकानुनी बसाइ रोक्न नीति बनाउन सुझाए।निर्देशक लीका अनुसार गैरकानुनी रुपमा बस्ने नेपाल कामदार सन् २०१३ मा ३ दशमलव ६ र २०१४ मा ४ दशमलव ५ प्रतिशत रहेकोमा अहिले बढेर १८ प्रतिशत पुगिसकेको छ।

 

यसअघि गैरकानुनी रुपमा बस्ने नेपालीको संख्या तुलनात्मक रुपमा कम देखिएकै कारण कोरिया सरकारले कामदार भिœयाउने १५ देशमध्ये नेपालले दोस्रो बढी कोटा उपलब्ध गराएको लीले स्मरण गराए। कोरियाले इपिएसअन्तर्गत कम्बोडियाबाट सबैभन्दा बढी ७ हजार ७३ जना कामदार लैजाँदै आएकोमा नेपाललाई ५ हजार ३ सय ६४ जनाको कोटा उपलब्ध गराउँदै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...