सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्यो


दक्षिण कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गरेका कारण नेपाली अवैधानिक कामदारको संख्या बढ्न थालेको छ। कम्प्युटर बेस्ड टेस्ट (सिबिटी) मार्फत पास भएर कोरिया फिर्ता हुनेहरुको प्रतिक्षा सुची धेरै भएपछि यस बर्षलाई कोरियाले सिबिटी रोकेको हो।

जनवरीको पहिलो साता श्रम मन्त्रालयले इपिएस लागु भएका १६ देशमा यस बर्ष सिबिटी संचालन नगर्ने निर्णय गरेको थियो। बैधानिक रुपमा कोरियामा तीन वर्ष काम गरी हाल कार्यरत अवस्थामा स्वदेश फर्केको व्यक्ति सिबिटी परिक्षाका लागि योग्य हुन्छ। आकस्मिक रुपमा सिबिटी रोकिएपश्चात पुनः नेपाल आएर फर्कने माध्यम सहज नभएपछि केहि कामदारले निश्चित गरिसकेको प्लेन टिकट रद्द गरेका छन्।

रोजगारीका लागि कोरिया फर्कने तत्कालको बाटो अबरुद्ध भएको जनाउदै नेपाल फर्कने निश्चित गरेको प्लेन टिकट रद्ध गर्ने केहि युवाहरु रहेको सुवनस्थित लिंक एसिया ट्राभलका संचालक आर पी देवकोटाले जानकारी दिए।
अवैधानिक कामदार बढ्ने सम्भावनाले एचआरडी कोरियाले अवैधानिक कामदारहरुको लागि सचेतना कार्यक्रम गर्न इपिएस कार्यलयलाई आग्रह गरेको छ। इपिएस कार्यालयका निर्देशक बाबुराम खतिवडाले एचआरडी कोरियाले अवैधानिक कामदार फिर्ता गर्न दबाब दिएकोले बिदाका दिनमा कोरियाका मुख्य शहरहरुमा अवैधानिक घर फिर्ती अभियान संचालन गर्न लागिएको बताए।
खतिवडाले सिबिटी रोकिए पश्चात अवैधानिक ढंगले बस्नेको संख्या बढे्को हल्ला सुनेपनि बढेको तथ्यांक नभएको बताए। सौलस्थित श्रम सहचारी देवराज ढकालले प्रत्येक महिनाको अन्तिम आइतबार अवैधानिक कामदार स्वदेश फिर्ता गर्न सचेतना कार्यक्रम आयोजना गर्न लागेको बताए।

बिदेशी कामदार नीति निर्धारण समितिले २०१६ को अन्तिम महिना प्रकाशित गरेको तथ्यांकमा नेपाली अवैधानिक कामदारहरु अन्यको तुलनामा सबैभन्दा कम रहेको जनाएको थियो। तथ्यांक अनुसार नेपाली अवैधानिक कामदारहरु सात सय ७३ जना रहेको उल्लेख गरिएको थियो। इपिएस लागु भएका देशहरुमा सबैभन्दा बढी भियतनामका अवैधानिक कामदारहरु रहेका छन।- नेपाल खबर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...