सावधान ! यी हुन् पुरुषलाई बाँझो बनाउने खतरनाक चिजहरु


 

सोल -के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ? चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ? खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ । किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् |

 

 

एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ । एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्रकिट हुनुलाई शुक्रकिटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ । त्यस्तै हरेक ६ मध्ये एक जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ, जसको मुख्य कारण पर्याप्त शुक्रकिटको अभाव तथा शुक्रकिटको गुणस्तर पनि कमजोर हुनु रहेको शोधकर्ताहरुले बताउँछन् । सुपरड्रगले गरेको अध्ययनका क्रममा विर्यमा शुक्रकिटको मात्रा तथा गुणस्तरमा गिरावट ल्याउनमा जिम्मेवार विभिन्न पक्षहरुको खुलासा भएको छ ।

 

 

अध्ययन अनुसार विकिरण, नार्कोटिक ड्रग तथा तनावका कारण पनि शुक्रकिटमा गिरावट आउँदछ । त्यस्तै बढि गर्मी वातावरणका साथै आवश्यकता भन्दा बढि व्यायाम र बढि मोटोपना हुने पुरुषमा पनि शुक्रकिटको संख्या कम हुने समस्या देखा पर्ने गरेको छ ।

 

 

अध्ययन अनुसार बढि कसिलो अण्डरवेयर लगाउने पुरुषमा शुक्रकिटको उत्पादन निकै कम हुने गरेको पाइएको छ । अध्ययनका क्रममा १ सय २० दिनसम्म अत्यन्तै कसिलो पेन्टी लगाउने पुरुषमा शुक्रकिटको संख्या शत प्रतिशत सम्म घटेको पाइएको छ । बढि कसिलो पेन्टीले अण्डकोषको तापक्रम बढाउने र त्यसबाट शुक्रकिटको उत्पादन घट्ने बताइउको छ । यसलाई टेस्टीकुलर हाइपरथर्मिया भनिन्छ । चुरोट सेवनले शुक्रकिटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ |

 

 

मोटोपना बढ्दै जाँदा शुक्रकिटको संख्या घट्दै जाने देखिएको छ । मोटोपनाको मापक मानिने बडी मास इन्डेक्स २४ भन्दा बढि हुँदा २२ प्रतिशत शुक्रकिटको संख्यामा गिरावट आउँछ । बढि दुब्लो हुनुपनि पुरुषत्वको हिसाबले राम्रो होइन । बिएमआइ १८.६ भन्दा कम हुनेहरुमा विर्य तथा शुक्रकिटकै उत्पादन ८.६ प्रतिशत कम हुने अध्ययनले देखाएको छ । बढि दुव्लो मानिसको अण्डकोषले उत्पादन गर्ने शुक्रकिटको गति तथा गुणस्तर समेत कमजोर हुने पाइएको छ ।

 

 

धुमपान तथा मध्यपान पनि शुक्रकिटका लागि हानिकारक हुने देखिएको छ । चुरोट सेवनले शुक्रकिटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ । अल्कोहल सेवनले पनि शुक्रकिटको संख्या घटाउनुका साथै स्वस्थ तथा सामान्य सुक्रकिटको प्रतिशतमा गिरावट ल्याइदिन्छ ।

 

 

सनस्क्रिनमा हुने अक्टिनोक्जेट रसायनले हर्मोनको मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकिटको उत्पादनलाई सुस्त बनाइदिन्छ | पानी तर्किने तथा अन्य चिज समेत नटाँसिने परफ्लुरो केमिकल्स मिसाइएका ताप्के, प्यान तथा कराइ जस्ता घरायासी सामानको प्रयोगका कारण पनि शुक्रकिटमा असर पर्ने देखिएको छ ।

 

 

घामबाट छालालाई बचाउन दलिने सनस्क्रिन क्रिम पनि शुक्रकिटको सत्रु हुने देखिएको छ । सनस्क्रिनको प्रयोगले सुक्रकिटको संख्यामा ३३ प्रतिशत सम्म कमी आउने देखिएको छ । सनस्क्रिनमा हुने अक्टिनोक्जेट रसायनले हर्मोनको मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकिटको उत्पादनलाई सुस्त बनाइदिन्छ ।

 

 

लामो समयसम्म सम्भोग नगर्नु वा हस्तमैथुन नगर्नु पनि पुरुषत्वको लागि हानिकारक नै देखिएको छ । बच्चा जन्माउने योजना बनाइरहेका दम्पतीहरुले राम्रो शुक्रकिट जम्मा गर्न भन्दै लामो समयसम्म सम्भोग नै नगर्ने र केही समयपछि मात्र सम्भोग गरेर राम्रो र ठूलो परिमाणको विर्यमार्फत गर्भाधारण गर्ने सोँच बनाएका हुन्छन् र सोही बमोजिम काम पनि गर्छन् । तर यसो गर्नु राम्रो मानिँदैन । लामो समयसम्म सम्भोग नगर्नु वा स्खलित नहुनु पुरुषको शुक्रकिटको संख्या र गुणस्तर वृद्धिको हिसाबले नकारात्मक ठहर्छ ।

 

 

स्वस्थ पुरुषमा ११ देखि १४ दिनसम्म सम्भोग नगर्दा राम्रो गतिका शुक्रकिटको संख्या ११.७ प्रतिशतले गिरावट आउँछ भने सामान्य शुक्रकिटको संख्यामा २४.७ प्रतिशतले गिरावट आउँछ । त्यसैले गर्भाधारण गर्ने तयारी गरिरहेका दम्पतीहरुले नियमित रुपमै सम्भोग गर्नुपर्छ र १० दिनभन्दा बढि समयसम्म सम्भोग रोकेर एकैचोटी सम्भोग गरेर गर्भाधारण गर्नु स्वस्थकर हुँदैन ।

 

 

पाइन्टको गोजीमा मोबाइल फोन बोक्नाले मोबाइल विकिरणको कारणबाट शुक्रकिटमा असर पर्दछ । तापका साथै इलेक्ट्रोम्याग्नेटिक विकिरणका कारणले शुक्रकिटको गतिमा ८.१ र बाँच्ने सम्भावनामा ९.१ प्रतिशतले गिरावट आउँछ ।

 

 

त्यस्तै साउना, जाकुजी जस्ता तातो बाफ लिने क्रियाकलाप, इलेक्ट्रिक ब्लान्केटका साथै जिउ बढि तताउने उपकरणको नियमित प्रयोगले पनि शुक्रकिटको संख्यामा गिरावट ल्याउँदछ । ससेज जस्तो प्रोसेस्ड मिटका साथै बढि भटमास मिश्रित साकाहारी भोजन पनि शुक्रकिटका लागि हानिकारक मानिन्छ । एक्सरे, केमोथेरापी तथा कतिपय एन्टीबायोटिक, काखमा ल्यापटप राखेर चलाउनु, बढि व्यायाम गर्नु, ज्वरो, अण्डकोषको नशा मोटो हुनु, यौनरोग, तथा कतिपय औद्योगिक रसायन, धातुजन्य पदार्थ र विषादीले पनि पुरुषमा शुक्रकिटको मात्रा तथा गुणस्तरमा कमी ल्याउने र बाँझोपन निम्त्याउने जोखिम रहेको अध्ययनले देखाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...