साउदीको आर्थिक संकटबाट नेपाली कामदार प्रभावित


फोनिज कोरिया संवाददाता
साउदी अरब

 

हाल साउदी अरबमा बढ्दो आर्थिक संकटबाट यहाँ कार्यरत नेपाली कामदारहरु पनि प्रभावित भएको नेपाली राजदूताबास साउदी अरबले जनाएको छ । कतिले रोजगारी नै गुमाएका छन् भने धेरैले लामो समयदेखि तलब पाउन नसकेको गुनासो दूताबासमा आउने गरेको बताइएको छ ।

हालै बन्द भएको एक कम्पनीमा कार्यरत सिर्जलाल राउतले भने आठ महिनादेखि तलब नपाएको र खाना पनि दिन छाडेको छ , हामी नेपाल फर्कन चाहन्छौ । हालसम्म दूतवासमा ७३ जना नेपालीको निवेदन परेको खुलाउदै कम्पनी बन्द भइ अलपत्र परेका कामदारहरुलाई नेपाल फर्काउने प्रयास भइरहेको राजदूत आनन्द प्रशाद शर्माले बताउनुभयो । महावाणिज्य दूतावासले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गरेको पनि राजदूत शर्माले बताए ।

कच्चा तेलको मूल्यमा लगातार आएको गिरावटका कारण साउदी अरबको अर्थतन्त्रमा हाल समस्या परेको छ । जसका कारण सरकारी परियोजनामा काम गर्ने केही नेपाली कामदारले विगत तीन चार महिनादेखि तलब पाउन नसकेको गुनासो सुनिन थालेको छ ।

साउदी अरबमा कार्यरत भारतिय, पाकिस्तान लगायतका देशले पनि अलपत्रपरेका आफ्ना नागरिकहरुलाई नपाएका तलब लिने र स्वदेश फकाउने प्रयास गरिरहेका छन् । उनीहरु संगै नेपालीहरुलाई पनि स्वदेश फर्काउने प्रयास भइरहेको जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...