संघर्ष विना केही सम्भव छैंन् :तेक्वान्दो खेलाडी दुर्गामान तामांग


दुर्गामान तामाङ ईपिएस रोजगार प्रणाली अन्र्तगत सन २०१२ मा कोरिया प्रवेश गरे । हाल छल्लाबोक्दो मुजु स्थित संगहान भन्ने ठांउमा उत्पादनमुलक क्षेत्रमा काम गर्दैं आएका उनले नेपालमैं ब्ल्याक बेल्ट फस्ट डान हासिल गरे ।

तामांगले तेक्वान्दोप्रतिको तिव्र ईच्छा र चाहनाले गर्दा कोरियाको १२ घण्टा काम गरेर भए पनि राती ९ बजे देखि १० बजे सम्म ईन्छ्नस्थित यन्मु डोजाङमा ३वर्ष तालिम समेत प्राप्त गरि सकेका उनले सन् २०१२ मा दोस्रो डान र सन् २०१४ मा तेस्रो डान समेत प्राप्त गर्न सफल भए ।काभ्रे काशीखण्ड नगरपालिका २ मा बुबा नरबहादुर तामाङ र आमा सुन्तली तामाङको एक्लो सन्तान दुर्गामानले २०६४ बाट तेक्वान्दो खेल्न थालेका हुन् ।कोरियाको मुजुमा जुलाई ७ देखि १९ सम्म सञ्चालित १० औं विश्व तेक्वान्दो कल्चर एक्स्पोमा२५ वर्ष देखी ३५ वर्षसम्मका विश्वका ३२ राष्ट्रका तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालबाट नेपाली प्रशिक्षक अशोक खड्काको नेतृत्वमा तामाङले तेक्वान्दोको दुई विधा अन्तर्गत स्पाईरिङमा दोस्रो र पुम्से तर्फ तेस्रो स्थान हात पार्न सफल भए ।दुर्गामान तामांगसंग उनको खेल जीवन बारेमा फोनिज कोरियाको लागि ऐश्वर्य श्रेष्ठले गर्नुभएको अन्र्तवार्ता ।
तपाई तेक्वान्दोमा केहिलेबाट लाग्नु भयो ?

मैंले नेपालमा २०६४ बाट तेक्वान्दो खेल्न सिकेर ब्ल्याक बेल्ट फस्ट डन प्राप्त गरें ।

कोरियामा सन २०१२ मा आउनुभयो ईपिएसबाट कसरी अभ्यासको लागि समय निकाल्नुहुन्छ?

शुरुमा कोरिया आउने बेलामा त कहां परिन्छ केही थाहा थिएन् लक्किली मेरो बस्ने घर नजिकैं तेक्वान्दो डोजांग रहेछ । मलाई पनि तेक्वान्दो खेल्ने तीव्र ईच्छा थियो । मेरो डिउटी बिहान ८ बजेदेखि बेलुका ८.३० सम्म हुन्थ्यो ।त्यो क्लबमा बेलुका ९ बजेदेखि १० बजेसम्म ट्रेनिंग हुने रहेछ ।अनि मैंले यन्मु तेक्वान्दो डोजांगमा १२ घण्टा काम गरेर ३ बर्ष ईन्छनमा तालिम लिए ।

कोरियामा ३ बर्षको सिकाईबाट कस्तो ज्ञान हासिल गर्नुभयो ?

मैंले कोरियामा तेक्वान्दो सिकेर सबैं भन्दा ठुलो कुरा चाही हाम्रो नेपालमा ब्ल्याक बेल्ट पाएपछि तालिम सकियो भन्ने संस्कारमा हुर्किए तसर्थ त्यसपछि मैंले टे्रनिंग गरिन् ।जब कोरियामा तेक्वान्दो डोजांगमा गएपछि नेपाल र कोरियाको सिकाइको ठुलो भिन्नता पाए ।यहां त ब्ल्याक बेल्ट लिएपछि झन राम्रो तालिम गर्दा रहेछन् ।
तपाईले यस अघि पनि कोरियामा कुनैं प्रतियोगितामा भाग लिनुभएको थियो ?

गत बर्ष २०१५मा वल्र्ड तेक्वान्दो हानमादांगमा सहभागिता जनाएको थिए ।त्यो बेला आफनो ग्रेट भन्दा हाई लेभलको पुम्से सो रहेछ मैंले कुनैं पदक जित्न सकिन ।

तेक्वान्दो कल्चर एक्स्पो मा भाग लिने सोच कसरी बनाउनु भयो ?

सोच चाही हरेक कम्पिटिसनमा प्रतिस्पर्धा गर्न चाहन्थे तर यहांको विभिन्न समस्याले गर्दा सहभागी हुन गाह्रो ।यो बर्ष चाही मेरो आदरणिय गुरु अशोक खडका नेपालको प्रतिनिधित्व गरेर कोरिया आउनु भएको थियो सो मैंले उहांको टिमबाट खेल्ने मौंका पाए ।

यो प्रतियोगितामा भाग लिन कसरी छुट्टी मिलाउनु भयो ?

मैंले म्यानेजरसंग छुट्टी मागेर खेल्न गएको हुं ।

तपाईले जब दोस्रो हुनुभयो के प्रतिक्रिया पाउनुभयो म्यानेजरबाट ?

म्यानेजरले चाही सोध्यो दोस्रो भए भने कम्पनीमा काममा मात्र जोतीरहने मान्छले खेलको महत्व नैं बुझदैंन् ।त्यैं पनि छुट्टी चाही पाए त्यही मेरो लागि राम्रो पक्ष हो ।

विश्व तेक्वान्दो कल्चर एक्स्पो ९ज्ञण्तज त्ब्भ्प्ध्इल्म्इ ऋग्ीत्ग्च्भ् भ्ह्एइ० मा दुई विधा अन्तर्गत स्पाईरिङमा दोस्रो र पुम्से तर्फ तेस्रो स्थान हात पार्न सफन हुनुभयो ३५ हजार नेपालीको शिर उच्च पार्नुभयो त्यो जीतको क्षण कसरी संझनुहुन्छ ?

खासैं मैंले यति सम्म रेस्पेक्ट पाउने सोचेको नि थिएन सबै जनाको माया पाएकोमा एकदम खुशी छु ।

एउटा कामदारले यति ठुलो उपलब्धी हासिल गर्न सक्दोरहेछ के भन्नुहुन्छ अन्य साथीहरुलाई जो ईपिएसबाट कोरिया आएका छन् ?

हामी कोरिया आईसकेपछि कामको साथ साथैं आफुसंग लुकेर बसेका प्रतिभाहरुलाई लुकाएर नराखौं ।त्यसलाई समय निकालेर निरन्तरता दिऊ । कोरियाको काम गरेर अरु काम गर्न त गाह्रो हुन्छ नैं संघर्ष विना केही सम्भव छैंन् ।संघर्ष सबैंले गरौं सफलता अवश्य प्राप्त गर्न सकिन्छ ।

आगामी दिनमा कसरी अघि बढनुहुन्छ ?

अब कोरिया बसाई पनि सकिदैंछ । तसर्थ नेपाल गएर तेक्वान्दोमैं लाग्ने विचारमा छु ।तेक्वान्दो संबन्धी आफुले कोरियामा सिकेको कुरालाई नेपाल भित्राउने सोंच गरेको छु ।
तपाईलाई चिन्ने साथी भाइहरुलाई के भन्नुहुन्छ ?

सर्वप्रथम त मलाई माया,साथ र हौंसला दिनु हुने सबैं साथी भाईलाई धेरैं धन्यवाद दिन चाहन्छु ।र कोरियाबाट हामीले पैंसाको साथ कुनैं न कुनैं सिप सिकेर जानुपर्छ भन्न चाहन्छु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...