संगीत भनेको सुख दु:खमा साथ् दिने साथी हो – गायिका कला राई


 

कला राईको पछिल्लो एल्वम ‘लुक्स’ अहिले चर्चामा छ । उक्त एल्वममा समाबेश गरिएको ‘संगिनीलाई सुनाऊ कि हाल यो मनको, आफैं हेरी बसूँ कि बेहाल यो मनको’ बोलको गीत अहिले एफ.एम , टि.भी र युटुवमा चर्चा बटुलिरहेको छ । यस अघि नै ‘पान्धारे चौकी, माया पो नलाई मरिन्छ कि’ बोलको गीतले कलालाई नेपाली संगीत क्षेत्रमा परिचान दिईसकेको छ । रेडियो नेपालले २०५७ सालमा आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम हुँदै गायन यात्रा थालेकी कलाको यस अघि नै ‘अफर’ र ‘कला ‘ नामक एल्वम बजारमा आईसकेको छ । कलाको तेस्रो एल्वम लुक्समा लोकपप, आधुनिक र युगल गीत समेटिएको छ । जसमा अशोक राई, डक्टर किरात, सुरेश अधिकारी, सुनील गिरी, सुवास सर्जन र राजु एन राईले संगीत रहेको छ भने भूपाल राई, भानेन्द्र लिम्बू, मुकेश राई, आशुतोष राई, मुकेश राई र विष्णु श्रापितका साथै कलाकै शब्द रचना रहेका छन । नेपाली गीत , संगीतको वर्तमान स्थित र नेपाली संगीत बजारको सेरोफेरोमा रहेर फोनिजकोरियाको लागि निश्चल काउचाले राईसंग गरेको कुराकानी :-

 

 

 

 

तपाईंको ‘लुक्स’ एल्वम भर्खरै बजारमा आएको छ । यसमा कस्ता खालका गीतहरू छन ?

 

 

 

लुक्स एल्वममा सबै खालका गीतहरु समावेश गरेकी छु | पप , सेन्टीमेन्टल , फास्ट ट्रयाक सबै फ्लेवरका गीतहरु छन् |

 

 

 

स्रोता तथा दर्शकको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

 

मैले केही वर्षको अन्तरालमा एल्वम बजार ल्याए पनि एकदमै राम्रो रेस्पोन्स पाएकी छु | मिडियाले पनि राम्रो सपोर्ट गरि रहनु भएको छ |

 

 

 

नेपाली संगीत बजारको स्थिति कस्तो छ ?

 

 

 

 

पहिलेको तुलनामा नेपाली संगीतको क्षेत्र निकै फराकिलो हुदै आएको छ | हाल सुगम संगीत केही पछि परेको हो की जस्तो भान पनि हुन्छ किनकी अहिले फास्ट ट्रयाकका गीतहरु बदि आईरहेका छन् र मार्केट पनि पाइरहेको स्थति हो | जेहोस राम्रो सबै खालको गीतहरु बजारमा आईरहेका छन् | पहिलेको तुलनामा एल्वम बिक्री ओरालो लागेको पक्कै हो | कन्सर्टतिर जान सके कमाई राम्रै छ |

 

 

 

 

देश , बिदेशबाट कन्सर्टको अफर आईराखेको होलानी ?

 

हजुर आईराखेको छ | विभिन्न् ठाउमा गएर आफ्नो प्रस्तुति पस्कि रहेकी छु |

 

 

 

 

संगीतको बाहेक के गर्नु हुन्छ ?

 

 

 

 

अहिले म टोटल्ली गीत संगीतको क्षेत्रमा समर्पित छु | त्यस बाहेक गृहणी पनि हु |

 

तपाईंलाई मन पर्ने गायिकाको नाम लिनु पर्दा ?

 

 

 

 

सबैको भ्वाईस आफ्नो – आफ्नो ठाउमा छ | अरुणा लामाको आफ्नै ठाउमा छ | तारा थापाको आफ्नै ठाउँमा भ्वाइस छ | शान्ति ठटालको आफ्नै ठाउँ मा यसर्थ मलाई सबै गायिकाकाहरुको स्वर मन पर्छ

 

 

 

नेपाली संगीत बजार त पैसावाल , नातावाद र कृपावादको हालिमुहाली चल्छ भनिन्छ नी?

 

 

 

यो परिपाटी संगीत क्षेत्रमा मात्र होईन हरेक क्षेत्रमा लागु हुन्छ |

 

 

 

संगीत बिनाको जिन्दगी कस्तो हुन्थ्यो होला ?

 

 

 

 

संगीत बिनाको जीवन कल्पना गर्न सकिदैन | गीत , संगीत भनेको सुख दु:खमा साथ् दिने साथी हो |

 

भावी योजनाहरु के – के छन् ?

 

अब चाडै नै मेरो पुराना र नया एल्वमको हिट गीतहरुमा एक , दुई वटा नया गीत समेटेर भिसिडी निकाल्दै छु |

 

तपाईको फ्यानहरूलाई केही भन्न चाहनु हुन्छकी ?

 

 

 

 

हजुरहरुकै माया र सपोर्टले गर्दा नै आज म तेस्रो एल्वमसम्म आईपुगेकी छु | आउदा दिनहरुमा पनि यसरी नै हजुरहरुको माया र सपोर्ट पाईरहने छु विश्वासका साथ थ्याङ्क्यु सो मच भन्न चाहन्छु |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...