युद्धको सपना


कथा
रेडियो सेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो । लाइटले पुरै जङ्गल उज्यालो  भयो  । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीं थिए । वरीपरी बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितर–वितर भए । कोही देखिएनन् । सबै ज्यान जोगाउनपट्टि लागे क्यारे ! म डरले त्राही–त्राही भएँ । मुटु उफ्रेर थामीनसक्नु भो । अहिल्यै बाहिर फुत्त निस्केला जस्तो भो । अप्ठेरो भीरमा आपत प¥यो । खुट्टा लुग्लुग् काँपेर भुईंमा टेक्न छाड्यो । म थ्याच्च बसेँ ।

‘मर्नुभन्दा बौलाउनु निको ।’ यो उखान झ्वास्स सम्झेँ । मर्नु त छदैछ । हो, मैले आज मर्नुभन्दा अघि बौलाउने अठोट गरेँ । किन कि, त्यो फौजको म कमाण्डर थिएँ । एक किलोको दुरीमा अगाडीपट्टि हाम्रो मुक्तिफौज दुस्मनसँग लडिरहेका थिए । दुस्मनमाथि धावा बोलिरहेका थिए । कब्जा जमाईरहेका थिए । मलाई यस्तो लाग्यो, दुस्मनको हार निश्चित हँुदै गएपछि हाम्रो फौजको मनोबल गिराउन यो हमला हुदैछ । युद्धविजय प्राप्त गर्न सिधै ममाथि आक्रमण गरि रहेछन । मेरो पुरै जिउ काँप्दै थियो । साहस बटुलेँ । जुरुक्क उठेँ । मेशिन गन समातेँ । मसँग भएका ब्लक टिमलाइ पोजिसन सेट गर्न भनेँ । बल्लतल्ल पोजिसन सेट भो । बम बर्षा झन हुन थाल्यो । दुस्मनले नजिकबाट घेर्न थाल्यो । स्थिति झन भयवह भयो । ठीक त्यहीबेला बाघजस्तै गर्जेर कासन गरेँ–साथीहरु ! वीरतापूर्वक मरिन्छ भने  माटोमा चिहान, बाँचिन्छ भने अवश्य आउनेछ नौलो विहान–फायर…! ठ्याङ, डढ्यङ, ठङ, ठडडङ् !  सबैले आक्रामक चार्ज ग¥यौँ । करीब डेढघण्टा डटेर लड्यौँ । अन्ततः दुस्मनको गोला–बारुद सकिएछ । भीर–पाखा र थुम्काभरी साल, सल्ला र सिमलका हाँगा, झाडी हल्लाउदै हेलिकोप्टर फर्कियो । नाईटभिजन गएपछि अध्याँरो चुकझै घोप्टियो । साँथीहरु छामछुम गर्दै खोज्न थाल्यौँ । खाजिरह्यौँ ।

एकजनाको सहादत तीनजना घाईते भएका रहेछौँ । आधा रातमा खाल्डो खनेर सहादत साथीलाई पु¥यौँ । मुठ्ठी कसेर माटो चढायौँ । अन्तिम विदाई ग¥यौँ । र, त्यहाँबाट प्लेसचेन्ज गर्ने निर्णय भयो । हाम्रो सिद्धान्तभित्र सफलताको निम्ति दुईकदम अघिबढ्ने र एककदम पछिहट्ने नितिअनुरुप हामी पछि हट्यौँ । बन्दुक, गोलीगठ्ठा, बन्दोवस्तीका सामानहरु अनि घाईते साथीहरु लिएर पहाडबाट झ¥यौँ । बाटोमा अनेकौँ दुःखकष्ट सहनु प¥यो । सबैजना लस्करै लाइन लागेर मसिना–ठुला चुरेपहाडहरुमा गग्रेटो, खरखरे भीरबाटो छिचोल्यौँ । भत्किदै गरेका पहिरोका ढिक–ढिकमा टेक्दै झर्दा जङ्गलभरि पिरे, थाकल अनि अनेकथरी काँडाहरु  लुगामा टाँसिए । जिउभरी खपि नसक्नु चिलाए । बेस्सरी घोचे । धेरै पीडा दिए । थकान उस्तै लागिरहेको थियो । भोक–तिर्खाको के कुरा ! उफऽऽ ! तीन दिनदेखि मुखमा एकथोपा पानी परेको थिएन । विचार र बन्दुकले सजिएर समरको यात्रामा थियौँ ।

यस यात्रामा थुप्रै प्रेमिल सङ्गी, आत्मीय साथी गुमाई सकेका थियौँ । अझै गुमाउने क्रम जारी नै थियो । जसरी पनि अन्तिम श्वास रहुञ्जेल लडेर भोलिको नौलोविहान ल्याउने कसम खाएका थियौँ । हामी दृढविश्वासका साथ अघि बढिरहेका थियौँ । हामीले जताततै काँडेतार पन्छाउनु थियो । अन्धविश्वासको कालोपर्दा च्यातेर चेतनाको चम्किलो विहान ल्याउनु अहोरात्र खटिरहेका थियौँ । निकै लामो यात्रामा भञ्याङ्–देउराली, थुम्की, वनपाखा छिचोल्दै थियो ! यात्राको क्रममा हिड्दै जादा मुलबाटो छेउमा पानी भएको ठूलो आहाल भेट्यौँ । कत्तिदिनको तिर्खा–प्यास मेट्न सबै हतारियौँ । सबैले धमिलो पानी मीठो मानेर पेटभरी पियौँ । छेवैको एक सहयात्री भन्दै थिए, ‘अब मरिदैन ।’ फेरी बाटो लाग्यौँ–उस्तै भिरालो–खरखरे उस्तै काँडेझार–जङ्गल !

यतिखेर हाम्रो टिम एककिलो अगाडीको मोर्चामा लड्ने फौजसँग भेटिएर मिसिइसकेको छ । विहानको झिसमिसे मधुरो उज्यालो भुईंमा खस्दैछ । पुर्वी पहाडका थुम्काहरु आकाशसँग आलिङ्गन गरिरहेको देखिन्छ । अहा ! विहानको रातो लालीमा प्रकृति कति मनमोहक छ ! कत्ति सुन्दर देखिन्छ ! साँच्चै कसैले मलाई स्वर्ग सोधे सजिलै भनिदिन्थेँ–यही धर्ती हो । यो धर्तीको पनि नेपाल हो । नेपालको पनि त्यो म जन्मेको गाउ हो । मेलापात, खोला–खाल्सी, छहरा–छाँगा, देउराली–भञ्ज्याङ हो । अहा कति सुन्दर छ ! तर, त्यो सुन्दरतामाथि धुलोमैलो–हिलो छ्याप्ने रत्नेकाजीहरु पनि छन । अब तह लगाईन्छ । रत्नेकाजीहरु सिङ्गो देशको मुहारमा हिलो छ्याप्दैछन । अब सबका सब तह लाग्छन । तह लगाएरै छाडिन्छ । यस्तै मनमनै अठोठ गर्दै थिए, झल्यास्स सम्झेँ–दिव्य ।

हो, मेरो मुटुको धड्कन दिव्य ! त्यही मोर्चाको अग्रपंतिमा उभिएर लडेकी थिइन । उनी फर्किइन या उतै सहादत भईन ! मनमा अनेक कुराहरु वादल झै मडारिन थाले । विहान तराईको ठिहीमा चिटचिट पसिना आउन थाल्यो । लाइनमा लस्करै उभिएर अगाडी बढिरहेका हूलको ठीक विपरीत दौडिन थालेँ । दिव्यलाई खोज्दै म प्रत्येकको अनुहार नियाल्दै दौडिएँ । लाइनको अन्तिमसम्म पुग्दा पनि दिव्यलाई देखिनँ । मुटु बेस्सरी दुख्यो । भक्कानो फुटेर आयो । बाहिर आँशु बगाउन ईजाजत थिएन । किन कि, मुक्ति यात्रामा हजारौँ योद्धाका आशा, आँट र साहशका प्रतिविम्व थिएँ । फौजको कमाण्डर थिएँ । मुक्तिको नायक थिएँ । तर, के गर्नु ! यी सबै बाहिर देखाउने दायित्व र कर्तव्यको निम्ति रहेछन । म पनि त्यस्कै निम्ति पत्थर थिएँ ।   भित्र–भित्रै आँशुको नदी थाम्नै गाह्रो थियो । थाम्नै नसकिने गरी बगिरहेको थियो ।

जलिरहेको थिएँ । मन थाम्न नसकेपछि एकान्तमा गएँ । बन्दुक भुईंमा बिसाएँ । दिव्यले भनेका प्रत्येक शब्द–शब्दहरुमा आँशु बगाउँदै डुबुल्की मार्न थालेँ । उनले भन्थिन, हेर विक्रम ! तिमी पढाईमा तेजिलो छौँ र बलियो पनि । यो लडाई–सडाई छाडिदेउ । आफ्नो भविष्य बनाउँनेतिर लाग । तिमीले गर्दा म पनि यही युद्धको भुमरीमा फसेको छु । मतलव, म तिमीलाई साँचो माया गर्छु । त्यसैले, म पनि तिमीसँगै छु । यो मार्ने र मर्ने खेल कहिलेसम्म ? आज, भरै, भोली कहिले मरिने हो थाहा छैन ! तिमी मेरो कुरा मान्छौ भने विक्रम ! तत्काल विदेश जाउ । म कत्तै सहरतिर एडजस्ट हुन्छु । त्यसैमा हाम्रो भविष्य छ ।

यहाँ बाँचियो भने न संसार छ । मरियो भने के चै छ ? लु तिमी आफै भन त ! फेरि मुक्ति र समानता कसले ल्याउने ? कसका लागि ? लडाईं जितिहाल्यौ भने पनि आउछ भन्ने तिमीसँग के आधार छ ? को माथि त्यतिधेरै विश्वास छ ? अहँ मेरो मनले त भन्छ कि यहाँ सम्भव छैन । हामीमाथि शोषण–अन्याय छ । तर, समानता ल्याउन अहिले नै सम्भव देख्दिनँ । यो युद्धको नाममा धन, जन र समयको बर्बादीमात्रै हो । उनले यसो भनिरहँदा म भन्थेँ, हेर दिव्य ! म पनि तिमीलाई आफुभन्दा धेरै माया गर्छु । तिम्रो अटुट साथको लागी सहृदय असीम माया छ । हामी सँगसँगै बाँच्ने छौँ । सँगसँगै मर्ने छौँ । यहाँ अवश्य मुक्तिको नौलो विहान आउने छ ।

समानता, शान्ति र समृद्धि छाउनेछ । नेतृत्वबाट कहिल्यै धोका हुने छैन । जसरी म तिमीलाई धोका दिन सक्दिनँ । त्यसरी नै……म दिव्यलाई अँगालो हाल्न अनायसै अगाडी हुत्तिएँ । बेस्सरी तुषारो–ठिहीले चिसिएको ढुङ्गामा ठोक्किएँ । एक्कासी डाँको छाडेर ह्वाँऽऽऽ रोएछु । झल्यास्स ब्यँुझिएँ । रुम पार्टनर वाहिर निस्केर योगा गरिरहे’थ्यो । वाथरुम गएँ । रिफ्रेस भएँ । विदेशको ठाउँ टाईमको बहुत ख्याल गर्नुपर्छ । विहानको खाना खाएर ड्युटी जाने तयारी गरेँ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...