यलम्बर साङ्गितिक सौगातलाई किम्हे माइग्रेन्ट हाउसको शुभकामना


फोनिज कोरिया सम्वाददाता
बुसान, कोरियाको नयाँ वर्ष तथा मुख्य ठुलो चाड सलनालको अवसर पारेर किरात राई यायोख्खा बुसानले आयोजना गर्न लागेको यलम्बर साङ्गितिक सौगात भाग १ कार्यक्रमको लागि किम्हे माइग्रेन्ट हाउसले कार्यक्रम सफलताको कामना गर्दै कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागिता जनाएर सहयोग गरिदिन पनि आग्रह गरेको छ ।

‘देश विकासको मुख्य आधार शैक्षिक क्षेत्रमा सुधार’ भन्ने नाराका साथ नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले योयोख्खा बुसानले सलनालको पहिलो दिन जनवरी २७ तारिख बुसानमा गर्न लागेको यलम्बर साङ्गितिक सौगात भाग १ का लागि नेपालका ख्यातीप्राप्त कलाकारहरु राजेशपायल राई, कोमल वली, मेलिना अमात्य, कला राई, राजेशपूमा राईका साथमा हाँस्य कलाकार राजेन्द्र पोखरेल, डान्सर पृति आले र रन्जिता लिम्बू कोरिया आउने भएका छन् ।

स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने उक्त साङ्गितिक कार्यक्रम विशुद्ध मनोरञ्जन मात्र नभई सामाजिक कार्यका लागि पनि आयोजना गरिएकोले हाम्रो सहयोग नै हाम्रो मनोरञ्जनको रुपमा सम्झेर सबैले सक्दो सहभागिता जनाएर कार्यक्रमलाई सफल पारिदिन पनि किम्हे माइग्रेन्ट हाउसले आग्रह गरेको छ ।

प्रवासमा पनि किरातीहरुको कला, संस्कृति र पहिचानलाई जिवित राख्दै सामाजिक कार्यमा सक्रिय किरात राई यायोख्खा बुसानले छोटो समयमा नै आफ्नो संस्थालाई सक्रिय रुपमा अगाडि बढाउदै आएको छ । २०१५ र १६ को माइग्रेन्ट आरिराङ फेस्टिभलमा समेत विभिन्न देशले देखाएको आफ्नो देशको प्रस्तुति भन्दा फरक शैलीको प्रस्तुती दिदै नेपाल र नेपालीलाई चिनाउन सफल यायोख्खा बुसानले किम्हे र बुसानमा हुने हरेक कार्यक्रममा सहयोग पुर्याउदै आएको किम्हे माइग्रेन्ट सेन्टरले जनाएको छ ।

त्यसैगरी बुसान सेल्टरका लागि पनि महत्वपूर्ण भूमिका निभाउदै आएको संस्था यायोख्खाले यस कार्यक्रमबाट बचेको पैसाले नेपालका ग्रामिण भेगका बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाएकोले पनि किम्हे माइग्रेन्ट सेन्टरले कोरियामा रहेका हरेक सामाजिक संघसंस्थाले हातेमालो गर्दै यलम्बर साङगितिक सौगात  कार्यक्रमलाई सफल पार्नुपर्नेमा जोड दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...