म प्रेजेन्टमा विलिभ गर्छु – नायिका नम्रता श्रेष्ठ


म्युजिक भिडियोमा मोडलिङ गर्दा गर्दै ‘सानो संसार’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नम्रता श्रेष्ठ अहिले चल्तीकी नायिका हुन् | दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरि सकेकी श्रेष्ठको जीवनमा विभिन्न आरोह- अवरोह आए पनि सफलताको शिखर चढ्दै छिन | सिनेमाको अलावा रेष्टुरेन्ट ब्यबसायमा समेत संलग्न श्रेष्ठको जीवनीमा आधारित उपन्यास पनि बजारमा आउदैछ | पछिल्लो चरणमा नेपाली चलचित्र क्षेत्रको अवस्था कस्तो छ त यसै सेरोफेरोमा रहेर फोनिजकोरियाका लागि निश्चल काउचाले नायिका श्रेष्ठ एक स्टेज कार्यक्रमका लागि कोरिया आउदा गरेको कुराकानी :-

 

 

 

तपाईको जीवनीमा आधारित उपन्यास आउदैछ भन्ने सुनिन्छ नी ?

 

 

हजुर मैले पनि सुनेको छु | उहाँले प्रकाशन गर्नु भन्दा पहिले भेटेर पढ्न दिन्छु भन्नु भएको छ | मैले पढी सके पछि मात्र प्रकाशन गर्ने अनुमति दिनेछु |
रेष्टुरेन्ट ब्यबसायी पनि हुनुहुन्छ | फिल्म र ब्यबसायको लागि समय संयोजन गर्न समस्या हुदैन ?
रेष्टुरेन्ट पार्टनरसिपमा चलाएका छौ | म नहुदा पनि उहाँहरुले हेर्नु हुन्छ | मेरो सुटिङ नहुदा मैले पनि हेर्छु | समय मिलाउन गाह्रो छैन |

 

 

नम्रता श्रेष्ठका पछिल्ला चलचित्र अपेक्षित रुपमा चलेका छैनन भनिन्छ नी ?

 

 

यस्तो छ | मेरो प्रोडुसरहरुले जति ईन्भेस्ट गर्नु भएको त्यो उठाउनु भएको छ | त्यसैले पनि म केही भन्दिन | फिल्म एउटा कलाकारले मात्र बनाउने होईन |
पछिल्लो चरणमा तपाईको नाम लाहुरे अर्थात आशिष रानासंग जोडिएर बाहिर आएको छ नी ?

 

 

पछिल्लो चरणमा होइन् ( हास्दै ) धेरै जनासंग जोडिएर आउछ | फिल्म लाईनमा धेरै जनासँग काम गर्नु पर्छ | काम गर्ने क्रममा नाम जोडिनु अनौठो होईन |
नम्रता श्रेष्ठलाई नेपाली चलचित्र क्षेत्रकी राम्रो नायिका भनिन्छ | फिल्म लाईनमा आउने सानै देखिको सपना थियो की?

 

 

हैन | मलाई सानो छदा चाईल्ड साईकोलोजिस्ट बन्ने मन थियो तर पछि म्युजिक भिडियोहरु खेल्न थाले | ‘सानो संसार’ मुभीको लागि अडिसन हुदा मलाई ईन्भाईट भएको थियो | त्यसमा म सेलेक्ट भए | सो स्टार्ट सिनेमा |
तपाईको जीवनमा केही कठिन मोडहरु पनि आए | ति मोडहरुलाई पार गरेर अघि बढी सक्नु भएको छ | अहिले आफ्नो जिन्दगी हेर्दा कस्तो लाग्छ ?

 

 

म पछाडी फर्केर हेर्ने गर्दिन | म प्रेजेन्टमा विलिभ गर्छु र प्रेजेन्टमै बाच्छु |
चर्चित नायिका भए पछि फ्यानहरु त टन्नै होलान नी |

 

 

काउन्टनै त गर्न पाएको छैन | फेसबुकमा फलोअरहरु बढी रहेको छ | कोरिया आए यहाँ पनि धेरै दर्शकहरु माया पाए | सो आइ एम ह्याप्पी |
बिवाह कहिले गर्ने योजना छ ?
अहिले त्यस्तो केही छैन | कामलाई नै फोकस गर्न चाहन्छु |
नेपाली चलचित्र क्षेत्रमा आउन चाहने युवापुस्तालाई के भन्नु हुन्छ ?

 

 

 

यु रियल्ली ईन्त्रेस्ट सुड वी प्रिपियर भन्न चाहन्छु | यो लाईनमा प्रोब्लमहरु आउन सक्छ | तपाईले सोचे जस्तो नहुन सक्छ | सो वी प्रिपियर वी स्ट्रोङ | वर्क हार्ड रेस्पेक्ट योर वर्क |
यो क्षेत्रमा शारीरिक र मानसिक शोषण गरिन्छ भन्ने हल्ला पनि सुनिन्छ | यथार्थता के हो ?

 

 

यो ठाउ भनेको यु हेयर टु वर्क | नट टु मेक फ्रेन्ड | सो तपाई आफ्नो काममा सेन्सियर हुनुहुन्छ भने नो वन स्टप यु | यहाँ सबैले वेलकम गर्नु हुन्छ |
नेपाली फिल्म नचल्नुमा कपि गरेर हो पनि भन्छन नी ?

 

 

त्यो चाहि म भन्न सक्दिन | यहाँ धेरै चिजहरु छन् | ‘मेरो एउटा साथी छ’ कोरियन फिल्मको कपि हो तर त्यो फिल्म सुपरहिट भयो | सो के भन्ने ? यो त्यो भन्नु भन्दा पनि राम्रो फिल्म बन्यो भने चल्छ जस्तो लाग्छ | त्यो कपि होस् या नहोस |
नेपाली सिनेमाको भविष्य कस्तो देख्नु भएको छ ?
म यहि क्षेत्रमा छु | यहि क्षेत्रमा केही गर्न खोजिराछु भने त पक्कै उज्वल होस् भन्ने चाहन्छु |
अन्त्यमा तपाईका दर्शक र फ्यानहरुलाई केही भन्न चाहनु हुन्छ की ?
अहिलेसम्म यति धेरै माया गर्दिनु भएको छ | आउदो दिनहरुमा पनि यसरी नै माया दिनु होला | पक्कै पनि म राम्रो – राम्रो प्रोजेक्टहरुमा काम गर्ने छु र तपाईहरुलाई ईन्टरटेमेन्ट गर्नेछु थ्याङक्यु सो मच |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...