बलात्कृत बहिनी


कथा ,

साझको आठ बजे तिर फ्रेन्ड रिक्वेस्ट चिन्हमा एउटा रातो मेसेज देखायो । रातो रंग त खतराको पो रङ हो । मलाइ रातो रंग संग डर लाग्छ । त्यसैले होला कसैसंग सम्बन्ध जोडिनु निकै खतरनाक र कठिन कुरा पनि हुन सक्छ । फेसबुकले संवेदनशिलताको बिचार गरेर होला फ्रेन्ड रिक्वेस्टमा पनि रातो अंक देखाइ दिने । चिन्ह ,रातो भए पनि रिक्वेस्ट पठाउनेहरु रंगले काला, सेता, खैरा गहुगोरा ,चामल गोरा र कोदो गोरा हुन्छन । 300 जति रिक्वेट एक्सेप्ट गरेको थिईन । तै पनि को रहेछ भन्ने जान्न त परिहाल्यौ । त्यो रिक्वेस्ट हेरे ।  नाम थियो “बलात्कृत बहिनी “।

नाम पनि कस्तो राखेकि ? आजकाल फेसबुकका नाम हेर्दा पनि अचम्म लाख्छ हिजो मात्र , बोलिस कि मरिस , तेरो हुने वाला जेठान , गरिब बाउको हरामि छोरा , जुगेकि मायालु छोरि, स्वास्नी पिडित, कोलाप्स नाम बाट आग्रह आएका थिए । केके राख्नु पर्ने हो नाम पनि ।उसको प्रोफाइल तस्वीर पनि अचम्म कै , एउटा अर्धनङ्ग केटिले बच्चाको घाँटी अचटेको । फोटोले तान्यो ।

चिनेको थिइन त्यो फोटोको मान्छेलाई । ठाउँ , काम, उमेर सम्पर्क, केही थिएन । रिक्वेस्ट एक्सेप्ट गरिन । तर एक घण्टा पछि मेसेज आयो हाई नमस्ते । मैले के भन्ने प्रश्नवाचक ?? चिन्ह पठाइ दिए । फेरि आयो उताबाट नमस्ते । कोहि मान्छे मलाइ फ्लो गरिरहको छ सायद । नमस्कार स्टिकर सहित रोमनमा नमस्कार शब्द आएको थियो । मैले पनि नमस्कार भने ।

हरेक दिन नमस्कार , आराम हुनुहुन्छ भनिराख्ने मैले बुढि औलाको लाइक चिन्ह मात्र पठाउने । खासमा 10/12 दिन यस्तै भयो । म बोल्न चाहिन आफ्नै काम , ब्यस्तताले अरुलाइ खासै चासो दिने समय थिएन । उसको लगातारको मेसेजले मलाइ साच्चै उ बारे जान्ने कौतुहलता बढ्यो।

उसको फेसबुक प्रोफाइल चाहारे । उसका पोस्टहरु चिहाए । आसु , वेदना पीडा र धोकाका भावले सजिएका त्यि पोस्टहरुमा उसको अबस्था झल्किएको थियो । मलाइ कतै चिन्नु भाको छ र छैन । उताको रिप्लाई थियो । तै पनि हाइ हेलो गरिराख्नु हुन्छ । मैले वास्तै नगर्दा पनि । ठिक छ सायद हजुर बिजि होला । केही छैन  , उताको जवाफ आयो ।

खाना भो र कस्ले पकाइदिएको छ र उताको प्रश्न आयो। मैले पकाएर राख्दिएको थिए त  । खानु सेलाए होला । खाना तातो खानु पर्छ । ओ रेयल्लि १ ल।अब चाहिँ कुकको लागि चिन्ता नहुने भो । यस्त‌ै केही हास्ने हसाउने च्याट गरे ।

मनमा एउटा प्रश्नले अचेटेको थियो । यो प्रश्नको उत्तर खोज्न नै त्यहिफ बलात्कृत बहिनी नामबाट च्याट आउनेसंग नजिक हुन चाहेको थिए ।
तपाईं त राम्रो लेख्नु हुदो रहेछ। के लेखे रु मैले जवाफ दिए । सबै लेख्नु हुन्छ । उताको उत्तर ।कतै अरु कसैको मुटुमा त लेखिदिनुभएको छैन र मुटु कहाँ डायरि होर लेख्नलाइ । मैले लेखे। यस्तै सामान्य च्याट 10/12 दिनको बिचमा हुन्थे ।

तपाईं नढाटि भन्नु केही कुरा सोध्छु । झण्डै 6/7  महिना भो तपाइसंग यसो हाइ हलो भएको । तर तपाईको नाम ,फोटो ,ठाउँ ठेगाना केही भन्नु नि भएन । मैले भने
तपाइले नि त भन्नू भएन नि र उताको प्रतिप्रश्न आयो । मेरो सबै चिज यहि छ । फोटो नाम ठेगाना काम सबै यहि छन मानौ फेसबुक नै मेरो जन्म र जिवनको कुण्डली हो ।
तपाईं केही सोध्नु हुन्न र मैले भने । उताबाट उत्तर आयो तपाईं कुरा गर्नै चाहनु हुन्न ।
तपाईं लेखक हो । होइन ,कहिले काहीँ लेख्न मन लाग्छ तर रामरी लेख्न आउदैन । मैले लेखे ।
महिला बारेको लेख हेरे तपाइले लेखेको ।धन्यवाद तपाइलाइ । मैले लेखे । मेसेनजरमा कल गरौ । हुदैन कल उताको स्टिकर सहित आयो ।

केही दिन गायब जस्तै भयो त्यो फेसबुक नाम को बलात्कृत बहिनी । उसले मलाई अनेकौ शब्द हरुले प्रशंसा गरिरहन्थि । महिलालाइ बुझ्ने पुरुष कम मात्र छन । केटाहरु प्राय उस्तै देखिन्छन उताको च्याट थियो।
म पनि र, मैले सोधे  । दुई तीन मिनेट पछि आयो उत्तर खै ,के था । लेखाइ र तपाईका क्रियाकलाप हेर्दा तपाईं एउटा असल केटा हो , तर केटाको भर त कसैको लाग्दैन ।
किन लाग्दैनरु मैले सोधे ।
यत्तिकै । तपाइको घर कहाँ र आफ्नो घर छैन उताको उत्तर आयो । ह्या अब नभने म बोल्दिन । मैले भने । अनि तपाईं केटि त होनि र म‌ैले सोधे । हो उताको उत्तर आयो । अनि एउटा कुरा सोधम। सोध्नुस। आठ दस वटै । अप्ठ्यारो लागिरहेछ। तपाईं कुरा गर्नुहुन्छ तर केही बताउनुहुन्न। के बताम उताको च्याट थियो । समय आउदा सबै बताउला , फेरि आफ्नो सबै कुरा अरुलाइ बताउनु पनि त भएन । आफ्ना दुखेसा र बास्तबिकता अरुलाई भनेर किन हसाउनु  । उताको उत्तर थियो । त्यति सम्म निच मलाइ नसोच्नुस,अरुलाइ रुवाए हुला तर अरुको दुखमा हास्ने मेरो बानि छैन ।

मेरो दाइको कल आयो सि यु मैले टुङ्गाइदिए ।
तपाइको दाइ हुनुहुन्छ रु मैले सोधे । उताबाट उत्तर आएन । मात्र रोएको स्टिकर आयो । त्यो दिन देखि झण्डै१0/१२ दिन उ गायब जस्तै भइ ।
तपाईंको नाम किन बलात्कृत बहिनी भयो । प्लिज भन्नुस।
मन लागेर राखेकि ।।
मेरो मनमा पनि अनेकौ प्रश्नले जुडो खेलिरहे ।
म ठिक केटि होइन । सरि  ऊताको मेसेज आयो । मैले कहिले बेठिक भनेर र मान्छे न ठिक हुन्छ , नत बेठिक नै ।समयले र अरुको हेराइमा मान्छे बेठिक होला तर हरेक मान्छे आफ्नो ठोउमा ठिक हुन्छ । मैले भने, ल आफ्नाहरुसंग सबै कुरा भन्न हुदैन भन्छन अझै पराए संग भित्रि कुरा खोल्नुले त आफ्नो बेइज्यत हुन्छरे,उताको रिप्लाइ आयो ।

मान्छे नत आफ्नो हुन्छ नत पराइ नै ,कसलाइ आफ्नो बनाउने र कस्लाइ पराइ बनाउने त्यो आफ्नो हातमा हुन्छ मैले भने । समयले आफ्नालाइ पनि आफ्नो हुन दिदोरहेनछ । मेरो कुराले उसमा केही छाप परेको हुनुपर्छ । मैले सबै कुरा भन्छु तर तपाइले केही बाचा गर्नुपर्छ ।

छोरा नपाएको,निशान्तानपन , बोक्सि आरोपमा मलमुत्र खुवाउने ,बालबिबाह ,छाउपडि, दाइजोको कारण यातना दिने कैयो घटना देखेको थिए । गाउभरिका उदाहरणीय ब्यक्ति मेरो दाइ । नारिको सम्मान केहो हामिले उहाबाट सिक्दा हुन्थ्यो । कति असल श्रीमान पाएकि छे भन्दा भाउजू आफुलाइ भाग्यमानी ठान्थिन । भाउजू र म पनि निक‌ै मिल्थ्यौ ।

एउटा बानि खराब दाईको । दाइ कहिले कसो बेस्करि रक्सि पिउनु हुन्थ्यो । जति रक्सि पिए पनि अरुलाई केही नभन्ने अझै। बढि सजक ।
म बजार मै थिए । मलाई एक्कासी घरमा बोलाहट भो । त्यहि दिन साथिहरु पिकनिक जाने कुरा थियो । म घर जानुपर्ने भो भन्दा साथिहरु दुखि थिए । बाबा आमा काठमाडौ जानु भएको थियो । घरमा दाइ भाउजू मात्र । भाउजू बाट थाहा भयो मेरो लागि केटा खोजिएको रहेछ । बिबाहको लागि । बाबा संगै केटा मलाइ हेर्न घर आउन लागेकोरे । तर मेरो कुरा सबैले बुझ्नुहुन्छ ,अरुले नबुझे पनि दाइले बुझ्नु हुन्छ । घर नगएको धेरै भएको थियो यो बाहनाले भेट पनि हुन पाइने भो ।

मंसिरको चिसो महिना गाडि पनि नपाइने हिडेर जादा चार पाच घण्टा लाग्थ्यो । गाउकै एक जना केटा लुकेस भन्ने साथिसंगै गाउँ जाँदै थिए । बाटोमा केही जंगल थियो । तै पनि हामी हिडेको एक घण्टा पछि अर्कि साथिसंग भेट भो । कुरा गर्दै बाटो काटेको पत्तो भएन । घर पुग्दा रात परिसकेको थियो । खुट्टा र शरीर निकै दुखेको थियो । घरमा भाउजू एक्लै थिइन । देख्ने बित्तिक‌ै नानी आइन भन्दै अंकमाल गर्न भाउजू आइ पुगिन ।

उनी आफ्नै कोठामा थिईन । दाइ खोई त भनेर सोधे । दाइ बाहिर कतै गएको र अलि अबेर गरेर आउने थाहा पाए । उनकै कोठाको सोफामा बसे । उनले अनेक थरि कुरा गरेर जिस्काउदै थिईन । अब कान्छिका पनि गाला राता हुने भए । हामी जिस्कदै थियो । खाजा ल्याईदिनु भो । निकै गर्मि भएकोले कोट काडे भित्र छोटो हाफ टिसर्ट लगाए । घरमा बस्दा प्राय फ्रक लगाउथे । दादाले किनिदिएको ,त्यो पनि तिहारमा । सारै थकानले होला म सोफा मै झुलेछु । भाउजुले खाटतिर सरेर सुत्नु म तल काम छ अलि ढिला आउछु भनेर कता गइछन । आज यहि संगै सुत्ने दाइ नआउना नि सक्नुहुनछ। रात परिसकेको रहेछ ।निद्राले च्यापिसकेको थियो केही पत्तो पाएन ।

आउने बेला मैले दादालाइ कल गरेको थिए तर फोन उठेन । म घर आउने भन्ने थाहा थियो , भुल्नु भएछ । खै कुन बेला रक्सिको तालमा आउनु भएको रहेछ मलाई केही थाहा भएन । जतिबेला म ब्युझिए म पुरै अकल्पनीय दुनियामा थिए । मानौ म कुनै नर्कमा छु । कुनै 25/30  बर्षको पुरुष ममाथि जबरजस्ति गर्दै रहेछ । म निकै भक्कानिएकि थिए, मुखबाट बोलि फुटेन । त्यो मान्छे अरु कोहि नभएर स्वयम् मेरो दाइ थियो ।

रक्सिको नसामा दाइले म र भाउजु छुट्उाउन सक्नु भएन । मैले दाइ यो के गरेको भन्दा भन्दै पनि मलाइ …। म बलात्कारमा परे आफ्नै घरमा त्यो पनि आफ्नै दाइबाट ।
बाहिर हिड्दा सुरक्षित भएकि म आफ्नै घरमा असुरक्षित रहेछु । आखिर कहाँ छौ हामी सुरक्षित र कहाँ र कसरि सम्हालु आफुलाई , के गरु अब र
राति नै भागेर भिरबाट हाम फालेर मर्न मन लागेको थियो ।तर फेरि दुनियाले केभन्ला रु यहाँ आफ्नो भन्दा परिवारको इज्जत र दुनियाको आखामा राम्रो हुनुपर्छ । यस्ता कैयो घटना छन जो चुपचाप गायब बनाएर महिला पीडा दिईएका ।
हामी सानोमा संगै सुत्थ्यो । दादा नभए सम्म निद्रा लाग्ने थिएन । आखिर सम्बन्ध उहीँ थियो दाजु बहिनिको । माया उस्तै थियो हामी बिचमा । त्यतिबेला भन्दा 8/10 बर्ष पुरानी भए । त्यतिबेला म केहि सानी थिए अहिले केही ठुली । दोष कसको र उमेरले ल्याउने चाहना र शरिरको र यात त्यो गल्ति नै होईन र म अनेकौ प्रश्नले घेरिए । झिमरिले गोला घेरे झै ।

पुरुष मन आखिर पुरुष नै हुदोरहेछ । जति पढेको ज्ञानी भए पनि केही कुरामा पुरुषहरु ककुर सरह हुदा रहेछन । अचेतन मान्छेहरुको अन्धो आखाले केही छट्याउन सक्दो रहेनछ।
म आफैले आफैलाइ सम्हाल्न सकेकि थिईन । आकाश खसेर, अचेटे जस्तै भयो । अब म के गरु के। नगरु ।कसैलाइ भने पनि कसैले बिश्वास गर्ने कुरा छैन । यो कुरा अरुलाइ थाहा भए पहिला दाइ मर्ने छ , म कसरि बिबाह भएको छ सात महिनामा त्यि मेरै उमेरकि भाउजु लाई बिधुवा बनाउन सक्छु रु अन्याय सहेर बस्न हुन्न भनेर दुनियालाइ सिकाउने कठै म । छोरिको बिबाह गरि मलाइ खुसि राख्न तम्सेका बाबा आमा कसरी बाच्लान यो कुराले । मलाइ फोटो देखेर मन पारि मलाइ धरमपत्नि बनाउने सपना सजाएको त्यो अभागि पुरुषलाइ कति पीडा होला रु चिच्याएर रोए, रन्फनिए कोेपरे आफैले आफैलाइ ।

आजबाट म,  म रहिन । मेरो जिन्दगि आजबाट मेरो जिन्दगि रहेन ।कुनै एक पसरुषको स्पर्शमा अडेको रहेछ हाम्रो संसार । मलाइ यो संसार नै अर्को लाग्यो । एक पटक कसैबाट लुटिनु थियो त्यो थाहा थियो । बाउ आमाले दिएको वा आफैले मनले चाहेको कुनै एक पुरुषलाइ लुटाउनु थियो त्यो पनि थाहा थियो ।
लुटिनु र लुटाउनुमा कति फरक रहेछ हगि । नेपाली चेलिहरु,बिबाहको नाममा दुइचारजनाको साक्षिमा लुटिन्छन ,प्रेमको बहाना बनाएर लुटिन्छन । बम्बै र बिदेशि कोठिहरुमा पनि लुटिन्छन । अझै यस्ता धेरै लुटाइहरु छन । मेरो कुराले चित्तदुख्ला । मलाइ घृणा गर्नुहोला ।

मैले यसकारण राखे फेसबुकमा मेरो नाम बलात्कृत बहिनी । अब मसंग कुनै मसेज गर्न सक्नुहुन्न तर तपाइका लेख रचना म जसरि पनि पढिरहेकि हुनेछु ।
उहि शशि ।
सबै मेसेज पढेपछि मन भारि भयो साना तीना गल्तिले ठुलो दुर्घटना ल्याउदो रहेछ । केही सान्त्वना दिन मन लागेर केही लेखेको थिए तर उनले मलाइ ब्लक गरिसकिछन । मेसेज गएन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...