फेसबुकद्वारा युट्युबमा जस्तै लाइभ भिडियो लन्च


काठमाडौं-सामाजिक सञ्जाल फेसबुकले पनि लाइभ भिडियो सुविधा ल्याएको छ। फेसबुकले सार्वजनिक व्यक्तित्वका लागि लाइभ भिडियो सेयर गर्ने नयाँ सुविधा लन्च गरेको हो।

 

फेसबुक ब्लगमा लेखिएको छ, ‘आज हामी लाइभ, फेसबुकमा आफ्ना प्रशंसकसँग जोडिने र भिडियो सेयर गर्ने एउटा नयाँ सुविधाको सुरुवात गर्न पाउँदा उत्साहित छौं। लाइभमार्फत पब्लिक फिगरहरुले आफ्ना प्रशंसकलाई आफूसँगै लिएर हिँड्न सक्छन्, प्रश्नोत्तर गर्न सक्छन्, नयाँ कुराको घोषणा गर्न सक्छन् र यो काम एकैचोटी गर्न सक्छन्।’

 

 

फेसबुकका अनुसार हरेक दिन खेलाडी, संगीतकार, गीतकार, राजनीतिज्ञ र अन्य सार्वजनिक व्यक्तित्वहरुले फेसबुक मेन्सन्स् मार्फत आफ्ना प्रशंसकसँग जोडिने, घटना बाँड्ने गर्न सक्छन्। फेसबुकमा ९ सय मिलियनभन्दा बढी मान्छेहरु पब्लिक फिगरसँग जोडिएका छन्।

 

फेसबुकले आफ्नो नयाँ सुविधाका बारे लेखेको छ, ‘तपाइँ स्थापित सेलिब्रेटी हो या प्रशंसक बनाउने चाहना छ भने लाइभ आधिकारिक रुपमा तपाइँका प्रशंसकसँग जोडिने एउटा नयाँ बाटो हो। जब तपाइँ लाइभ भिडियोको सुरुवात गर्नुहुन्छ यो तपाइँका प्रशंसकको फेसबुक न्युज फिडमा देखा पर्नेछ र त्यसमा प्रशंसकले लाइक्स, कमेन्ट र अरुलाई शेयर गर्न सक्नेछन्।’

 

भिडियो प्रत्यक्ष प्रसारण गरिरहेका बेला युट्युबमा जस्तै फेसबुकमा पनि कति जनाले भिडियो हेरिरहेका छन् भन्ने हेर्न सकिनेछ। भिडियोमा आएका लाइभ कमेन्टको जवाफ दिन र कमेन्ट हाइड गर्न सकिने सुविधा यसमा राखिएको छ। लाइभ सकिएपछि भिडियो फेसबुकमा पब्लिस हुनेछ। भिडियो पब्लिस गर्ने वा नगर्ने अधिकार भने सेलिब्रेटीसँगै हुनेछ। मन नलागेको भिडियोलाई पब्लिस नगरी डिलिट गर्न सकिनेछ |-एजेन्सी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...