परोपकारी कार्यमा सक्रिय चन्द्र लामा अनुराग


सउल

रोजगारीका लागि दक्षिण कोरिया रहेका एक युवाले मिनी नोदंग्बू (जब सेन्टर) को परिचय बनाएका छन् । कम्पनी परिवर्तन गर्ने धेरै नेपालीहरुको लागि सहयोगी बनेर चन्द्र लामा अनुरागले सो परिचय बनाएका हुन् ।

परोपकारी कार्यमा सक्रिय लामाले कम्पनी परिवर्तन गर्ने ,कम्पनीमा पिडित भएका नेपालीलाई सहयोग गर्ने कार्य गर्दै आएका छन् । इ ७ भिषामा कार्यरत लामाले धेरै नेपाली कामदारलाई उद्धार पनि गरेका छन् । हेटौंडा घर भएका लामाले कार्यरत कम्पनीमा माथिल्लो कामदारको हैसियत बनाएका छन् ।

निरन्तर सामाजिक कार्यमा सक्रिय लामाले भने ( धेरै कम्पनीका साहुहरुसंग सम्पर्क रहेको कारण कम्पनी परिवर्तन गर्ने नेपालीहरुलाई कार्यस्थल परिवर्तन गर्न सहयोग गर्न सहज भएको छ । उनका अनुसार दैनिक १० जना भन्दा बढीले कामका लागि उनलाई फोन गर्ने गरेका छन आफ्नो सम्पर्कमा आएका धेरैलाई रोजगारीको लागि पहल गरेको उनले बताए ।

लामाको सक्रियतामा थेगुमा व्यवस्थित शेल्टर पनि संचालित छ । थेगुमा संचालित शेल्टरमा लेडिजको लागि छुट्टै एउटा कोठाको व्यवस्था गरिएको छ । दक्षिण कोरियामा रहेका धेरै पुरुष सेल्टरहरु मध्ये महिलाहरुको लागि छुट्टै कोठाको व्यवस्था गरिएको सम्भवत यो नै पहिलो शेल्टर हुनसक्छ । महिला र पुरुष गरि ५० जना बढीको क्षमता भएको सो शेल्टरमा आर्थिक सहायता पनि लामाले गर्दै आएका छन ।

थेगु नेपाली सेल्टरका संयोजक रहेका लामा नेपाली साहित्य समाज दक्षिण कोरियाका सल्लाहकार पनि हुन् । गीतकार र मोडेल समेत रहेका लामाले मेट्रो ट्रेन बोलको गितमा अभिनय गरेका छन् । सेवक नेपालको अभियन्ता समेत रहेका लामा थेगु हुमन राइट्सको सदस्य पनि हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...