नेपालीहरुलाई सफल र धनी बनाउन मेरो उमेरद्वारी


खेम कार्की

गैर आवासिय नेपाली सघं दक्षिण कोरियाको सेम्टेम्बर २९ तारिख मंगलबार निर्वाचन प्रकृया हुन लागेको छ । यस अघि २० अघि आइतबार पहिलो शत्र अन्तर्गत अधिवेशन संगै निर्वाचन प्रकृयाको लागि रुद्र शर्माको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । निर्वाचन कमिटिले बनाएको कार्यतालिका अनुसार २९ तारिख विहान १० बजेबाट निर्वाचन प्रकृया शुरु हुने छ । हाम्रो यस संस्थामा भूमिका के हुने भन्ने प्रश्न व्यापक रुपमा उठेको छ । कोरियामा ३२हजार नेपालीहरुमा २८ हजारको संख्यामा रहेका मजदुरहरुलाई प्रमुख जिम्मेवारी दिएर उनीहरुलाई आफ्नो संस्था हो भन्ने विश्वास नदिलाए सम्म यो संस्थाले आफ्नो उदेश्य प्राप्त गर्न सक्दैन ।

 

हामी मजदुरहरुको समस्या हेर्ने विभिन्न संस्थाहरु छन नि भन्ने प्रश्नहरु पनि एकातिर छन । ती ठाँउमा हामी मजदुरुहरुको आफ्नै प्रकारको सहयोग र भूमिका रहनु आवश्क छ । एन आर एन अन्तर्गत विश्वका नेपाली मजदुहरु जो २ वर्ष देखि देश वाहिर रहेका छन केही शर्त सहित सबै एन आर एन मानेको छ । यही विश्वव्यापी संजालको कारण गैर आवासिय नेपाली संघबाट नेपालमा बस्ने नेपालीले ठूलो आशा गरेका छन ।

 

नेपालमा २०७२ साल वैशाख १२ गते महाभुकम्प जाँदा एन आर एन ले परोपकारी अभियानमा धेरै प्रभावकारी भूमिका खेलेको छ । कोरियामा हरेक सामाजिक अभियानमा मजदुरहरुको उल्लेखनिय भूमिका रहेका छ । यस अघि नेपाल हाउस अभियान लगायत धेरै अभियानले यो प्रमाणित गरेको छ ।

 

एनआरएन कोरियामा मजदुर मैत्रीको कुरा उठेको छ , यसको मतलब महिला मैत्री , विधार्थी मैत्री हुनु नहुने कुरा होईन । गैर आवासिय नेपाली संघ सबैको साझा संस्था हुने पर्छ समग्रमा समग्र नेपाली मैत्री एनआरएन हुनुपर्दछ ।

 

कोरियामा रहेका परोपकारी अभियानमा सहभागि हुन चाहने , देश र समाजका लागि केही गर्छु भन्ने युवाहरु एक जुट भएर अगाडि बढनुपर्छ ।

 

सामाजिक सेवामा लाग्ने भनेको आफुले सकेको समय त्यसको लागि दिने हो । आफूले नसक्ने खालका भ्रमहरु छरेर समाजलाई अति धेरै असजिलोमा राख्न हुदैन । मानिसले आफ्नो आफ्नो ठाउबाट त्यसको लागि सहयोग गरिरहेको हुन्छ । कोरियामा हुने धेरै सामाजिक अभियानमा अभियन्ता बनेर प्रचार प्रसार गरेर सामुहिक अभियान बनाउन मैले योगदान गर्दै आएको छु ।

 

हामीले विर्सन नहुने कुरा के हो भने एन आर एन देशलाई धनी बनाउन लागि परेको संस्था हो । जनता जनताविचको सम्बन्धलाई प्रयोग गरेर यसले राष्ट्र पर्यटन,कृषि,प्रविधि लगायत धेरै क्षेत्रमा विकास गर्न सक्दछ । तर एन आर एन ले नेपालीहरुलाई धनी बनाउनु पर्नेमा आफूलाई धनी हो भन्ने मात्र काम गरेको छ । हामीले कोरियामा रहेका मजदुरहरुको निश्चित कमाईलाई कसरी उत्पादन मुलक काममा लगाउने भनेर भिजन दिन सक्नु पर्छ । एन आर एन कोरिया मार्फत नै यस्ता भिजन तयार गर्न सकिन्छ अर्को तिर अन्तराष्ट्रिय कमिटी मार्फत पनि विभिन्न लगानीका योजना तयार गरी कोरियामा रहेका मजदुरहरुलाई धनी बनाउन पहल गर्दछु |

 

उनीहरुको ज्ञान सिप योग्यता क्षमतालाई प्रयोग गर्ने नीति अपनाउनु पर्दछ । हामीले सरकार र दुतावास संगको सहकार्यमा यस्ता योजनाहरु ल्याउन सक्छौं यति गर्न सकेको खण्डमा कोरियामा रहेका नेपालीहरुमा एन आर एन प्रतिको विश्वास बढछ ।

 

हामीले गर्नै नसक्ने ठूला कुरा गर्ने काम गर्ने भन्दा पनि सकिने कामको प्रण गरेर अगाडि बढनु पर्छ । धेरै नेपालीहरुलाई स्वस्फुर्त रुपमा संस्थामा आवद्ध हुने वातावरण बनाउन पर्दछ । कार्यसमितिमा आउनको लागि महंगो शुल्क राखेर मजदुरहरुको ढाँड सेक्ने प्रवृत्तिले नकारात्मक सन्देश फैलन जान्छ । नेपालमा पाँचतारे होटलमा भडकिलो र खर्चिलो कार्यक्रम गरेर धनीमानीको संस्था भनेर धेरै ठूलो आशा देखाउने भन्दा नेपालीले विश्वास गर्ने काम जनस्तरबाट गर्नुपर्दछ । भुकम्प पिडितलाई प्रारम्भिक सहयोग गरेर नेपालीको मन जितेको एन आर एन ले अब दोश्रो चरणको पुर्ननिमाणको लागि गाँउ बनाउने अभियानमा एक जुट भएर लाग्नु पर्दछ ।

 

एनआरएन कोरिया र अन्तराष्ट्रिय समन्वय परिषद विच समन्वयको काम गरी कोरिया रहेको नेपालीहको जीवनस्तर उकास्न महत्वपूर्ण लगानीका कार्यक्रमहरु , देशलाई समृद्ध बनाउने योजनाहरु ल्याउनको लागि पुलको रुपमा काम गर्ने दुढ संकल्प लिएको छु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...