दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार


काठमाण्डौ

दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण चिन्ताग्रस्त थिए । जन्मेदेखिनै नशा सम्बन्धि रोगले ग्रस्त १२ वर्षीया छोरी बन्दना मुग्रातीलाई डाक्टरले उपचार सम्भव छैन भनेपछि आश मारेर बसेको थिए । छोरीको बढ्दो समस्यालाई टुलुटुलु हेर्नुको विकल्प थिएन उनीहरूसँग ।

बन्दना ६ वर्षकी हुँदा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि उनीहरूले लगे । तर चिकित्सकले उपचार सम्भव नहुने भनेपछि चिन्तित हुँदै घर फर्के । बन्दनाका बुवा छत्र मुग्रातीले भने– ‘मैले हिम्मत भने हारेको थिईनँ, त्यसैले चिकित्सकले उपचार सम्भव छैन भन्दा भन्दै पनि छोरीलाई ठिक हुन्छ भन्ने आत्मविश्वासकै कारण चरिकोटमा सञ्चालन भएको स्वास्थ्य शिविरमा जाँच गराए ।’

२०७२ चैतमा स्वदेश फिर्ता आप्रबासी कामदारको साझा संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) को सहयोगमा च्छो–रोल्पा जनरल अस्पताल चरिकोटमा सञ्चालन भएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा बन्दनाको स्वास्थ्य परिक्षण र सामान्य उपचार भयो । कोरियनहरुको संलग्नतामा सञ्चालित उक्त शिविरकै कारण अहिले छत्रको निराशामा केही आशाको सञ्चार गरिदिएको छ । उक्त शिविरमा कोरियन डाक्टरले बन्दनाको स्वास्थ्य परिक्षण गरेपछि उपचार सम्भव हुने देखेका थिए ।

बन्दनाको उपचार सम्भव हुने देखेपछि पीडित परिवारकोे आर्थिक अवस्था बुझ्न स्वास्थ्यकर्मीको एउटा टोली उनको घरमै पुगेका थियो । बन्दनाको परिवारको आर्थिक अवस्था नाजुक देखेपछि उनलाई अहिले एशियन फोरमको पहलमा उपचारका लागि कात्तिक २३ गते कोरिया लगिएकोे एशियन फोरमका कार्यकारी निर्देशक शिद्धिचन्द्र बरालले बताए । कोरिया जानुअघि पीडित बालिका बन्दनाले उपचारपछि नयाँ जीवनको प्रतिक्षामा रहेको बताईन । उनले भनिन् – ‘नेपाली तथा कोरियन सहयोगीको मायाले म अहिले उपचारको लागि जाँदै छु, ठिक भएर आएपछि धेरै पढ्छु र गरीव दुःखीको सहयोगमा काम गर्छु ।’

सानो उमेरमा देब्रे हातमा देखा परेको नशा तथा हाडजोर्नीको समस्या भोगीरहेकी बन्दनाको अहिले कोरियाको वि फ्रेण्डनयाँ जीवनको प्रतिक्षामा बन्दना -(We friend) को सहयोगमा कोरियाको इन्छन्स्थित म्यङ्जी अस्पतालमा निःशुल्क उपचार सुरु भएको बरालले जानकारी दिए । अहिले अस्पतालका विशेषज्ञ डाक्टरले परिक्षण गरिरहेको र बन्दनाको उपचारमा दुई हप्ता जति लाग्न सक्ने जानकारी पाएको कार्यकारी निर्देशक बरालले बताए । बन्दनाको बुवा छत्रले उपचार सम्भव छैन भनिएकी छोरीलाई निःशुल्क उपचार गराउन पहल गर्ने एशियन फोरमले गरेको पहललाई जति धन्यवाद दिएपनि नपुग्ने बताए । महिला खबर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...