देखाउनु त पर्छ तर कला देखाउने हो – गायिका ज्योति मगर


रोल्पाको नुवागाउँमा जन्मिएकी ज्योति मगर आठ कक्षासम्म रोल्पामै पढेपछि दाङ झरिन् । एसएलसी पास नगर्दै लोकगीत गाउन बुटवल, भैरहवा, धनगढीजस्ता सहर पुगिसकेकी थिइन् उनी । एसएलसीपछि परिवारलाई ढाँटेर काठमाडौँ आइन | त्यस पछि ज्याठास्थित सोल्टिनी दोहोरी साँझमा गाउन शुरु गरिन | त्यहि ताका टुबोर्ग राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा ज्योतिले भाग लिइन् । उनको टिम सेमिफाइनलबाट बाहिरियो तर उनले बेस्ट सिंगरको उपाधि जितिन् | त्यस पछि ज्योतिले ‘’मन किन टाढा भो” बोलको गीत रेकर्ड गरिन तर चलेन | ०६८ सालमा ‘उही मूलाको सिन्की…’ बोलको गीत हिट भएपछि ज्योतिको व्यस्तता बढ्यो | अहिलेसम्म दर्जन भन्दा बढी देशहरुमा आफ्नो कला देखाउन पुगी सकेकी ज्योतिको ‘जिम्माल बाकी कान्छी छोरी…’, ‘पिरतीमा दम छ…’ बोलका गीतहरु पनि हिट गीतमा गनिन्छन | केही समय अघि ‘ढाडे बिरालो…’ बोलको म्युजिक भिडियोसम्म अभिनय गरे पछि रातारात चर्चा र बिबादमा आईन |अहिलेसम्म दुई दर्जन जति गीतमा स्वर भरेकी ज्योति देश विदेशमा हुने कन्सर्टमा जाने गायिकामा अहिले पहिलो नम्वरमा पर्छिन | बर्तमान नेपाली संगीतको स्थिति र उनिको बारेमा फैलाईएको हल्ला बारे एक कन्सर्टको शिलशिलामा कोरिया आएको मौकामा फोनिजकोरियाको लागि निश्चल काउचाले ज्योतिसंग गरेको कुराकानी :-

 

 

 

तपाई गायिका की मोडेल ?

 

 

गायिका नै भन्नु पर्यो |

 

 

चर्चामा आईरहनु हुन्छ नी ?

 

 

हाहाहा ….हो र धन्यवाद

 

 

तपाईका आलोचकहरुले तपाई प्रति गरेका कडा टिप्पणी देख्दा कस्तो लाग्छ ?

आलोचना कसले गर्यो भन्ने कुरा मुख्य हो | त्यस माथि पनि सकारात्मक या नकारात्मक टिप्पणी गर्यो तर पनि म कुनै पनि टिप्पणीलाई सिरियस्ली लिन्न |

 

 

ज्योति मगरले लोक दोहोरी क्षेत्रमा बिकृति ल्यायो भन्छन नी ?

 

 

ए हो र ? यसलाई बिकृति भन्न मिल्दैन | परिवर्तन गरेको भन्नु पर्छ |

आजकल त की रेखाको चल्छ की देखाको चल्छ भन्छन |अब नेपालमा अलिकति नदेखाएसम्म , गल्यामर नबनेसम्म चल्न गाह्रो भएको हो ?

 

 

देखाउनु त पर्छ तर कला देखाउने हो |

तपाईका केही म्युजिक भिडियोहरु त अस्लिल खालका छन् नी | यस्ता भिडियोहरु नेपाली समाजले पचाउन सक्छ त ?

 

 

 

मलाई त्यस्तो लाग्दैन | जेनेरेसन भन्ने कुरा परिबर्तन हुदै जान्छ |

तपाईको गीतको थिम र म्युजिक भिडियोको थिम मिल्दैन नी है ?

 

 

 

त्यस्तो होईन | मैले नेपाली कला सस्कृति झल्काउने गीतहरु पनि छ | जस्तो की ” टिप्न सकिन खाईन बरिलै ” , ”सारी किनियो चोली किनियो ” फुल सारीमा छ | यो आरोप मात्र हो | कुन गीतमा मिलेको छैन | ”उही मुलाको चाना ” देखी ”जिम्वाल बाउ छोरी” सबैमा मिलेकै छ |

तपाईको ”रातो सारी रातै छ कलर, एक रात सुत्न एक हजार डलर” बोलको गीत बजारमा आउदै छ भन्ने पनि सुनिन्छ नी ?

यो सरासर गलत हो | यो मलाई गिराउन चाहनेहरुले बनाएको फेक न्युज हो | मलाई  यस्ता वाईयात हल्लाहरुले फरक पार्दैन |

 

12177813_10208086044174707_227398541_n
गाएर बाच्न सक्ने स्थिति छ ?

संगीत भनेको सरस्वतीको देन हो | धेरै ठुलो आकांक्षा नराखेर यो क्षेत्रमा लाग्ने हो दुई छाक खान र नर्मल लाईफ बाच्न सकिन्छ |

हट गायिका पर्नु भो | फ्यानहरु त टन्नै होलान नी ?

 

 

सरसर्ती हेर्दा केटाहरु धेरै भए जस्तो देखिन्छ तर केटीहरु नै बढी छन् जस्तो लाग्छ मलाई | त्यस माथि पनि योङ्ग केटीहरु बढी छन् जसले म पनि ज्योतिजी जस्तै बन्ने सपना देख्छन |

प्रेम प्रस्ताव राख्नेहरु पनि होलानी नी ?

 

 

त्यो त भई हाल्छन हाहाहा …..योङ्ग छु | राम्री छु |

बिवाह कहिले गर्ने ?

केटा पाए पछि हाहाहा….

साईत नजुरेर हो ?

त्यस्तै भन्नु पर्यो |

अब तपाईको नयाँ एल्वम पनि आउदै छ की ?

चाडै नै ”जालीरुमाल” आउदै छ |

 

 

लोक दोहोरी क्षेत्रमा आउन चाहने युवा पिढीलाई के बन्नु हुन्छ ?

लोक दोहोरी क्षेत्रमा मात्र होईन आधुनिक , पप जुन सुकै क्षेत्रमा आउन चाहे पनि लगनशिलता , धैर्यता र कला हुनै पर्छ |

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

 

 

मेरो गीत सुनेर मलाई माया गर्ने हुने सम्पूर्ण देश विदेशमा हुनुहुने दाजु भाई , दिदी बहिनीहरुलाई थ्याङ्क्यु भन्न चाहन्छु र आगामी दिनहरुमा पनि यसरी नै माया गर्दिनु होला | नेपाली गीत संगीत सुन्दिनु होला |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...