दिदी र भाइको त्याग र माया छ डाईङ्ग क्यान्डलमा : निर्माता तथा सिनेमाटोग्राफर रविन आचार्य


दिदी र भाइको जीवन्त कथालाई नेपाली चलचित्र डाईङ्ग क्यान्डल अर्थात निभ्न लागेको दियोले उजागार गरेको छ । जसमा चप्पल छिनेर बतिमा जोड्न खोज्दा हात डढेको अनि एउटा सानो चकलेटलाई फुटाएर भाग लाएर खाएको कुरा सामान्यजस्तो लागेपनि फिल्ममा कुदिएको दिदीभाइको त्याग र माया देखेर दर्शकको आंखा रसाउन सक्छ ।दिदी सिर्जना सुब्बा र भाइ बनेका लाक्पा सिङ्गे तामाङको वरिपरि घुमेको छ चलचित्र ।

रसुवाको बिकट गाउँ गत्लाङमा छायाङ्कन गरिएको चलचित्रमा तामाङ संस्कृति, पराम्परासँगै स्थानीय मानिसले भोग्नु परेको अप्ठ्यारालाई पनि देखाइएको छ । सौगात मल्ल,अर्पण थापा र सिर्जना सुब्बाको मुख्य भूमिका रहेको फिल्मलाई सिनेमाटोग्राफर रबिन आचार्यले आकर्षक ढंगले प्रस्तुत गरेका छन ।दुई वटा अन्तराष्ट्रिय अवार्ड जित्न सफल फिल्म सुकर्म समूह दक्षिण कोरियाले सउल दोङ्देमुन कुमीन् ह्वेग्वानमा ३० अक्टोबर आइतबार बिशेष प्रर्दशनी गर्दैछ ।यसैं विषयमा निर्माता तथा छायांकार रविन आचार्यसंग ऐश्वर्य श्रेष्ठले गर्नु भएको कुराकानीको सारांश ।

डाईङ्ग क्यान्डल अर्थात निभ्न लागेको दियो कस्तो फिल्म हो ?
दिदी र भाइले एक अर्का प्रति गरेको त्याग र मायालाई फिल्ममा देखाएईको छ ।

यो फिल्मले दुईवटा अन्र्तराष्ट्रिय अवार्ड जित्नमा फिल्मको कुन पक्ष सवल रहयो भन्ने लाग्छ तपाईलाई ?

यसको कथा वस्तु सवल छ र फिल्म मेकिंगमा अध्ययन गरेका साथीहरुको समुहले निर्माण गरेको हुनाले यो फिल्मको सबैं पक्ष नैं समग्रमा सवल छ । यो फिल्मले पिस अवार्ड र बेस्ट सिनेमाटोग्राफी अवार्ड जित्न सफल भयो त्यतिमात्र नभएर बेस्ट फिल्म र बेस्ट Actress सिर्जना सुब्बा समेत नोमिनेशनमा परेको फिल्म हो ।
डाईङ्ग क्यान्डलको कोरियामा विशेष प्रर्दशन गर्दै हुनुहुन्छ नेपालमा चाही कहिले प्रर्दशन गर्नुहुन्छ ?

कोरियास्थित सुकर्म समुहले प्रदेशमा बसेका दाजुभाइ दिदी बहिनीले फिल्म हेरेर नेपालमा रहेका दाजु भाइ दिदी बहिनीलाई संझन सकुन् भनेर कोरियामा लक्ष्मी पुजाको दिन पारेर यो फिल्म देखाउदैंछ ,भने नेपालमा पुस अन्तिम वा माघमा प्रर्दशन गर्ने तयारीमा छौं ।यो फिल्म कोरियनले मन पराएर चासो देखाएकोले कोरियामा पहिले प्रर्दशन गर्न लागिएको हो ।

कोरियाबासी नेपाली दर्शकको कस्तो अपेक्षा गर्नु भएको छ ?

पहिलो कुरा त सुकर्म समुहले फिल्मको साथमा देउसी भैंलो सांस्कृतिक कार्यक्रम गर्दैछ भने दिदी बहिनीहरुबाट ईच्छुक दाजुभाइहरुलाई भाइ टिका लगाईदिने,भाइ मसला र मिठा खानाको साथमा दिदी भाइको कथा समेटिएको फिल्म हेर्ने सु अवसर दिदैंछ । तसर्थ सबैं जना अक्टोबर ३० मा सोलस्थित दोङ्देमुन कुमीन् ह्वेग्वान्मा आइदिन आग्रह गर्न चाहन्छु साथैं फिल्म हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने लागेको छ ।

अन्तमा के भन्न चाहनुहन्छ ?

यो फिल्मलगतैं सम्पुर्ण काम सकिसकेको फिल्म ‘ केटिएम ककटेल’ मार्चमा प्रर्दशन हुदैंछ भने कोरियाबाट नेपाल गएपछि ‘चक्कर’ फिल्म छायांकन गर्ने योजनामा छु । यहांहरुको माया र साथको अपेक्षा सधैं रहीरहनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...