तपाईको ५ लाखले यसरी कमाउँछ ४५ लाख (हाईव्रिड ईन्भेष्मेन्टको नयाँ अबधारणा) -केशव श्रेष्ठ (अध्यक्ष, म्याक्स भिजन प्रा. लि.)


हाइव्रिड इन्भेष्टमेन्ट केहो र यसमा कसरी काम गर्न सकिन्छ ?

 

हाइव्रिड भन्नाले मिक्स भन्ने बुझिन्छ । फाइनान्सियल मार्केटमा भएका वस्तुहरुलाई मिक्स गरेर त्यसबाट बढी भन्दा बढी प्रतिफल कसरी निकाल्ने भन्ने प्रक्रिया नै हाईव्रिडिङ प्रोसेस हो । बजारमा भएका ईन्स्टुनेन्टहरु जस्तै सेयर बजार, फिक्स डिपोजिट, इन्स्योरेन्स लगायतलाई मिलाएर त्यसमा कार्यक्षमता अभिवृद्धि गराएर कसरी बढी भन्दा बढी प्रतिफल निकाल्न सकिन्छ भन्ने नै हाईव्रिडिङ प्रोसेस हो र यसलाई इन्भेष्टमेन्ट हाईव्रिडिङ भनेर भनिन्छ ।

 

 

 

हाईव्रिडिङ प्रोडक्टको बजार मेकानिज्म

 

 

 

हाईव्रिडिङ प्रोजेक्ट अत्यन्तै सामान्य तरिकाले प्रयोगमा ल्याउन सकिन्छ । हामीले फिक्स डिपोजिटका रुपमा बैकमा पैसा राखेका हुन्छौं र सेयर बजारमा पनि व्यक्तिगत हिसाबले काम पनि गरिराखेका हुन्छौं भने इन्स्योरेन्स पनि गरिनै राखेका छौं । तर अलग अलग हिसाबले गरेका हुन्छौं । तर यी तीनवटै प्रोडक्टलाई एकै ठाउँमा राखेर पैसालाई कसरी काम गराउने ? जस्तो बैंकमा फिक्स डिपोजिटमा राख्नै वित्तिकै त्यसले ब्याज कमाएको हुन्छ । त्यसले इन्सोरेन्सको पोलिसी किनीदिनुहोस र त्यो इन्सोरेन्सको पोलिसीले फेरि बोनस कमाउँछ । इन्सोरेन्स कम्पनीबाट कर्जा लिएर सकेसम्म कम जोखिम भएको आईपिओमा लगानी गर्नुहोस् । निश्चित समय पैसालाई काममा लगाए पश्चात १०÷१५ वर्षपछि जोखिम अनुसार थोरै पैसा मुद्धत्ती निक्षेपमा राखेमा २५–३० प्रतिशत र अलि बढी जोखिम लिएर १२–१४ प्रतिशत मुद्धत्ती निक्षेपमा राखेमा वार्षिक रुपमा ४० देखि ५० प्रतिशत सम्म आम्दानी गर्न सक्नुहुन्छ । यसलाई जम्बो रिटर्न प्रोडक्ट भनेर पनि भन्ने गरिन्छ । कुनै एउटा मान्छेले ५ लाख राखेर सुरु गरेको छ भने १५ वर्षपछि उसको हातमा ४५ लाख हुन्छ ।

 

 

 

 

कति रकमबाट शुरु गर्ने हाईव्रिड प्रोडक्ट ?

 

 

 

हाईव्रिड प्रोडक्ट आफ्नो गच्छे अनुसार नै सुरु गर्न सकिन्छ । सामान्यतया ५० हजारबाट शुरु गर्न सकिने यो प्रोडक्ट बढीमा जति पनि राख्न सकिन्छ । रकम बढी वा घटी भएपनि पाउने प्रतिफलको अनुपात भने बराबर नै हुन्छ । लगानी ५०÷६० लाख गरेपनि रकम धेरै हुन्छ तर त्यसको प्रतिशत भने सानो रकम बराबर नै हुन्छ ।त्यस्तै यो प्रोडक्टको अर्को महत्वपूर्ण विशेषता भनेको यसमा पैसा नगद हातमा नै हुनुपर्छ भन्ने पनि छैन् । जस्तो सहकारीमा ससानो डिपोजिट गरिनै राखिएको हुन्छ । र एक वर्षसम्म रिकरिङ डिपोटि गर्छु त्यसपछि मात्रै यो प्रोडक्टमा काम गर्छु भने पनि हुन्छ । त्यस्तै जो सानो कर्मचारी हुन्छ र मासिक रुपमा सानो रकम बचत गरेर पनि यो प्रोसेसमा सहभागि हुनसक्छन् । त्यस्तै बैंकबाट कर्जा लिएर पनि गर्न सकिन्छ । यद्यपी यसमा कामगर्ने धेरै तरिका भएपनि यसको मूल विशेषता भनेको मनि म्यानेजमेन्ट नै हो । पैसालाई कसरी परिचालन गरी बढी भन्दा बढी आम्दानी गर्नुनै हो ।

 

 

 

यो अबधारणा कस्ले ल्यायो ?

 

 

 

यसको शुरुवात अबधारणा हामीले नै ल्याएको हौं । यो प्रोडक्टमा काम गर्न कुनै पनि मध्यस्थकर्तालाई पैसा दिनुपर्दैन । आफ्नो एकाउन्टमा भएको पैसा फिक्स डिपोजिटमा राख्ने आफ्नो वा आफ्नै परिवारका सदस्यको इन्सोरेन्स पोलिसी लिने र वर्षमा एकदिन बैंकबाट आएको ब्याज निकालेर इन्सोरेन्सको प्रिमियम तिरेर पैसाबाट पैसा तान्ने रुपमा व्यक्तिगत रुपमा नै शुरु गरेको हौं । यद्यपी आजको दिनमा हामी जम्बो रिटर्न प्रोडक्ट भनेर यसको पेटेन्ट लिन खोजिरहेका छौं । र कर्पोरेट हिसाबले पनि ल्याउन पनि प्रयासरत रहेका छौं ।

 

 

इन्सोरेन्सको कुन पोलिसी सुरक्षित हुनसक्छ ?

 

 

 

इन्सोरेन्सको पोलिसीको कुरा गर्दा अलिकति प्राविधिक पक्षलाई पनि केलाउनै पर्छ । कुन प्रोडक्ट टेलर मेड हिसाबले अगाडि बढाउन सकिने भन्ने पनि हुन्छ । अहिले हामीले अघि बढाएको ‘थ्रि पेमेन्ट प्लान’ हो । किनभने थ्रि पेमेन्ट सिस्टममा बीचमा पैसा आउने हुनाले त्यसलाई हामी पुनः फिक्स डिपोजिटमा राख्न सक्ने र त्यसले फेरि ब्याज कमाउने हुनाले थप इन्सोरेन्स पोलिसी किनेर आम्दानी वृद्धि गर्न सकिन्छ । १५ वर्षको पोलिसी लिएर काम गर्यौं भने अन्त्य सम्ममा तीनवटा इन्सोरेन्स पोलिसी, तीनवटा फिक्स डिपोजिट एकाउन्ट पनि भइसकेका हुन्छन् । यसरी बीचबीचमा पैसा आउने र त्सलाई हामीले फेरि लगानी गर्न सकिने भएको आम्दानीलाई अधिकतम वृद्धिगर्न हामी थ्रि पेमेन्ट सिस्टमलाई अगाडि सारेका छौं ।

 

 

 

५० हजारबाट हाइव्रिड प्रोडक्टमा सहभागि हुनसकिने हो भने ईन्स्योरेन्स पोलिसिले कति सम्मको जोखिम बहन गर्न सक्ला त ?

 

 

 

 

यो हामीले जुन तीनवटा प्रोडक्ट मिक्स गरेर लगानी गरी बढी भन्दा बढी आम्दानी गर्ने भन्ने छ । यो आफैंमा कानुनी सबै सत प्रतिशत सरकारी मान्यता प्राप्त प्रोडक्ट हो । जस्तो बैंक तथा वित्तियसंस्थामा मुद्दती खातामा तपाईले पैसा राख्नु हुन्छ । अहिले दुई लाख सम्मको डिपोजिटको पनि इन्सोरेन्स रहेको छ र त्यो भन्दा माथि जोखिम अनुसार फरक पर्न जान्छ । यो त आफैमा मान्यता प्राप्त प्रोडक्ट भयो । भने सरकारले नियमन गरेको संस्थामा गरेको लगानी आफैंमा सुरक्षित हुन्छ । अलिकति जोखिम भनेको सेयर मार्केटमा हो । यसमा पनि अन्य क्षेत्रको तुलनामा आइपिओको लगानी कम नै जोखिम हुन्छ । यसर्थ हामीले यो प्रोडक्ट यसरी डिजाइन गरेका छौं कि जहाँ कम जोखिम लिएर बढी प्रतिफल लिन सकिन्छ । फिक्स डिपोजिटमा न्यनतम ५० हजार भनेका छौं । यो भन्दा कम रकम फिक्स डिपोजिटमा राखेर खासै राम्रो प्रतिफल प्राप्त गर्न सकिंदैन् । भने इन्सोेरेन्समा भने आफ्नो प्रिमियम तिर्न सक्ने क्षमता अनुसार गर्न सकिन्छ । भने राम्रो आम्दानी हुनेले फिक्स डिपोजिट नगर्दा पनि हुन्छ, तर अहिले आम्दानी राम्रो भएपनि भविष्यमा नहुन पनि त सक्छ । त्यसैले अहिले फिक्स डिपोजिटमा केही रकम राख्दा भोलि त्यसैबाट आएको ब्याजबाट प्रिमियम तिर्न सक्छौं । यो प्रोजेक्ट सबैका लागि उपयुक्त त हुन्छ नै त्यसमा पनि भर्खर पढाई सुरु गरेका नानी बाबुहरुका लागि भविष्यमा उच्च शिक्षा अध्ययनका लागि र पेन्सन नहुने जागिरेका लागि पनि पेन्सनको रुपमा यो प्रोजेक्टले काम गरेको हुन्छ ।

 

 

 

यहाँले ल्याएको यो प्रोजेक्ट नेपालमा विल्कुलै फरक र नयाँ सोचका साथ आएको छ र यसलाई संस्थागत हिसाबले अगाडि बढाउन केकस्तो नीतिनियम अर्थात सहयोग भइदिए हुन्थ्यो जस्तो लाग्छ ?

 

 

 

यसमा हामीले त्यस्तो ठूलो सहयोगको अपेक्षा गरेका छैनौं । हामीले ल्याएको यो प्रोजेक्ट सबै सत प्रतिशत कानुनी रुपमा नै सञ्चालित प्रोजेक्ट हो र यसमा कुनै पनि मध्यस्ताकर्तालाई पैसा दिनुपनि नपर्ने भएकाले हामीलाई खासै समस्या छैन् । यसलाई लगानीकर्ताले चाहेको खण्डमा आफैं गर्न सक्दछन् । यसमा हामीले कुनै लगानीकर्ताले गर्न चाहेर पनि यसको प्रक्रियामा केही समस्या आएमा कन्सल्टेन्टको रुपमा सहयोग गर्न सक्छौं अन्यथा लगानीकर्ताले कसैको सहयोग बिना नै यो प्रोजेक्टमा सहभागि बन्न सक्छन् । यो प्रोजेक्टबाट हामीले गर्न सकिने भनेको दर्ता गराएर नै संस्थागत रुपमा नै लैजान सकियो भने राम्रो हुन्छ भन्ने हो । सबै कानुनी रुपमा नै मान्यता प्राप्त भएकोले नीतिगत समस्या छैन् ।

 

 

 

यसको खास मोडेल चाँही के हो ?

 

 

 

पैसाको कम्पाउन्डिङ पावर कसरी बढाउने भन्ने माडेलमा हामीले यो प्रोडक्ट लन्च गरेका हौं । साधारण हिसाबले पैसा डिपोजिट गर्ने र त्यसबाट ब्याज कमाउने ब्याजबाट इन्सोरेन्स पोलिसी किन्ने र त्यसबाट बोनस कमाएर त्यो पैसालाई सेयर बजारमा लगानी गर्ने मोडल हो ।

 

 

 

 

यो प्रोडक्टमा लगानी गरेपछि बीचमा पैसा निकाल्न सकिने अवस्था रहन्छ कि रहँदैन् । यो प्रोजेक्टमा सहभागि भइसकेपछि के कस्ता अप्ठ्यारा आउँछन् ?

 

 

 

प्रोजेक्टमा मुख्य रुपमा अनुशासन निकै महत्वपूर्ण पक्ष हो । पैसा आयो आएको पैसालाई अन्य सेक्टरमा लगाइयो भने वित्तिय अनुशासन भएन भने यो प्रोडक्ट बिग्रिन्छ । तपाईंले १५ वर्ष आफूले काम गर्ने होइन पैसालाई काममा लगाउने हो । यदी पैसा नै यताउता गरि अन्य क्षेत्रमा खर्च गर्नु भयो भने त प्रोजेक्ट बिग्रिन्छ । अर्को भनेको यसमा अलिकति अप्ठ्यारो भनेको १५ वर्ष फिक्स डिपोजिटमा राख्दै गर्दा शुरुमा तोकिएको व्याजदर भन्दा तल माथि हुन सक्छ, त्यस्तो अवस्थामा बढी भयो भनेत समस्या आउने कुरो भएन यदी कम भएको सन्दर्भमा पहिलो वर्षको तुलनामा केही कम रकमको इन्सोरेन्स पोलिसी लिनुपर्ने हुन्छ । १५ वर्षको योजना बनाएर गएपछि त्यसलाई म्यानेजमेन्ट गरेर जान सक्नेगरी काम गर्नुपर्ने हुन्छ । यसमा लगानी डुब्छ भन्ने कुनै आशंका गर्नुभने पर्दैन् । यसमा गरेको लगानी पुरै सुरक्षित हुन्छ । यदी तपाईले १० प्रशितमा नै राख्नुभयो भने पनि कुनै कारण ब्याजदर घटेपनि रिटर्न २४ प्रतिशत भन्दा बढी नै प्राप्त गर्न सकिन्छ ।

 

 

 

यो प्रोजेक्ट सेयर बजार, फिक्स डिपोजिट, इन्सोरेन्स मिक्स गरेर ल्याउनु भएको छ, यसमा अन्य पक्षलाई समेटेर लैजान सकिने अवस्था छ ?

 

 

 

यसमा निस्क्रिय लगानीलाई लगानी गर्नुपर्ने हुन्छ । जस्तो बोण्डपनि हामीले लिन सक्छौं । हामीले बजारमा बढी प्रतिफल दिइराखेकोलाई फोकस गरेको हौं । लगानीकर्ताको चाहना पनि हो । कतिपय यस्ता मान्छे पनि हुन्छन्, जो सेयर मार्केटको नामै सुन्न चाहँदैनन् । यसर्थ सेयर मार्केटमा लगानी गर्न नचाहनेलाई अन्त कतै बोण्ड मार्केटमा लगाउने सक्ने पनि संभावना रहन्छ । यो सबै रिसर्चको पार्ट हो । हामीले त्यसलाई व्यवहारत प्रयोगमा ल्याउन सकेका छैनौं । नेपालको सन्दर्भमा हाम्रो अहिले सम्मको रिसर्चलाई हेर्दा हामीले अघि सारेको तीन चिजलाई नै हाईव्रिड गर्दा राम्रो रिजल्ट आइराखेको छ । भोलिका दिनमा प्रोडक्ट पनि थपिदैं आउँदा अन्य पक्षलाई पनि हेर्न सक्छौं ।

 

 

 

 

यहाँहरुको यो प्रोडक्टमा कति मान्छे सहभागि भएका छन् ?

 

 

 

 

हामीले यो प्रोडक्ट व्यक्तिगत रुपमा नै सञ्चालनमा ल्याएका हौं । यसर्थ धेरैको संख्या अहिले नभएपनि करिब डेढ सयको हाराहारीले यसमा एक्टिभली लगाइराख्नु भएको छ । यसमा १ लाख देखि लिएर ५०/६० लाख सम्म राख्ने हुनुहुन्छ ।

 

 

 

आगामी दिनमा यो प्रोडक्टलाई अझै व्यवस्थित बनाउन कस्तो योजनामा हुनुहुन्छ ?

 

 

 

 

हामीले यो प्रोडक्टको कपिराईट लिन सक्यौं भने हामी सबै जनता समक्ष जान सक्थ्यौं भन्ने हो । अहिले व्यक्तिगत रुपमा सञ्चालित यो प्रोडक्ट दर्ता गराएर संस्थागत रुपले कानुनी रुपमा नै जान सक्थ्यौं । प्रोडक्ट रजिस्टर नगरुन्जेल सम्म प्रचारप्रसार देखि अन्य कुरामा पनि समस्या आइराखेको छ । यसर्थ बजारमा सर्वसाधारण सामु लैजानका लागि सबैभन्दा पहिले कर्पोरेट हिसाबले दर्ता गराएर लैजाने प्रयासमा रहेका छौं ।
(आर्थिक न्युजवाट)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...