जापानमा एक बेवारिसे नेपालीको उद्धार गरियो


जापान,
जापानको कानगावा केनको चुरुमीबाट बेवारिसे अवस्थामा पुलिस चौकी पुराएका एक नेपालीलाई ओएनएफ जापानको टोलीद्वारा उद्धार गरिएको छ ।

चितवन पिप्ले घर भई ४ वर्षदेखी जापानमा रहेका ३९ वर्षीय रामचन्द्र सिल्वाललाई बुधवार उद्धार गरिएको छ । बस्ने ठाउँ नभएपछि हिउँद यामको चिसोमा कठन्ग्रीदै पार्कमा बेवारिसे अवस्था बसेका सिल्वाललाई पुलिसले हस्पिटल लगि स्लाइनपानी लगाएर चुरुमी प्रहरी चौकीमा राखिएको थियो ।

प्रवासी नेपाली मंच ओएनएफका अध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्ष बाबुराम भण्डारी, उप महासचिव राजेन्द्र श्रेष्ठ, योकहामा नेपाली ग्रूपका संयोजक हरि सापकोटा, फ़ोनिज जापानका अध्यक्ष तथा पत्रकार शान्त पहरी , पत्रकार रविन्द्र श्रेष्ठ लगाएतको सक्रीयतामा उद्धार गरीएको हो। सिल्वाललाई खाना, कपड़ा, जुत्ता किनेर लगाई चूरुमीको एक होटलमा राखीएको छ ।

चार वर्षअघि कुक भिसामा फुपुको छोरी नातामा बहिनीको दर्शन रेष्टुरेण्ट्मा आएका सिल्वाल १२ लाख ऋण तिर्न नसकेर तनावमा थिए । त्यसपछि सो रेष्टुरेण्ट्र नचलेपछि केहि महिना अन्य रेष्टुरेण्ट्मा काम गरेका सिल्वाल गान्जी रेस्टुरेण्ट ३ महिना दसैदेखी काम गरेको बताउछन् ।

सिल्वाल नेपालमा चितवन मैं माध्यमिक बिद्यालयमा गणित र विज्ञान बिषयका बिद्यार्थीलाई पढ़ाउने गरेको उनले बताए । सिल्वाल नेपाल फर्कने भनेपछी यही शुक्रवार बिहानको टिकटको व्यवस्था गरेको योकहामा ग्रूपका संयोजक हरि सापकोटाले बताउनु भयो ।

सिल्वाललाई एन्आरएन, ओएनएफ र चितवन समाज जापानको सहयोगमा जापानमा होटलको बास र नेपाल पठाउने व्यवस्था मिलाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...