छल्लानाम्दो ख्वाङ्जुमा न्यु इयर फ्री डान्स पार्टी हुने
फोनिज कोरिया सम्बाददाता
कोरियाको चिसोमा शरीर तातो बनाउन नेपाली सामुदायिक समिति ख्वाङ्जुले फ्रि डान्स पार्टीको आयोजना गर्ने भएको छ । छल्लानाम्दोको ख्वाङ्जुमा यहि शनिबार जनवरी ७ तारिक साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म न्यु इयर फ्री डान्स पार्टी हुने भएको छ । नेपाली सामुदायिक समिती ख्वाङ्जुले नयाँ वर्षको अवसर पारेर समितिद्वारा संचालित सेल्टर सहयोगार्थ उक्त डान्स पार्टी आयोजनामा गर्न लागेको हो ।
झन्डै २ हजार नेपालीहरुको घनत्व रहेको ख्वाङ्जुमा समिती ख्वाङ्जुले बिगत ५ बर्षदेखि आफ्नै सेल्टर सन्चालन गर्दै आइरहेको छ । सेल्टर सहयोगार्थ स्वरुप समितिले गर्न लागेको यो तेस्रो डान्स पार्टी हो । उक्त डान्स पार्टीमा उपस्थित सबैलाइ चर्चित डिजे सि म्यान ले आफ्नो म्युजिकल प्रस्तुती सहित भरपुर मनोरन्जन दिने छन् । साथै कार्यक्रमको शुरुवातमा गायक जोन मगरले पनि आफ्नो प्रस्तुती पस्कने आयोजकले बताएका छन ।
ख्वाङ्जुमा आयोजना गरिने कार्यक्रमहरुमा छल्लानाम्दो ख्वाङ्जु सहित नाजु, मोक्पो, छिन्जु ,छन्जु, थाम्याङ सहितका नेपालीहरुको उल्लेख्य उपस्थित रहने गर्दछ ।
यसपटक पनि डान्स पार्टीमा उपस्थितको लागि अनुरोध गर्दै नेपाली सामुदायिक समितिका अध्यक्ष सन्तोष पराजुलीले भने, ‘प्रवासको थकानलाई बिर्सनको लागि र दुख पर्दा ओत लाग्ने छहारिलाइ जोगाउनको लागि बेलाबेलामा गरिदै आएको यस मनोरन्जनात्मक कार्यक्रमलाई बिगतका दिनहरुमा जस्तै यस पटक पनि उपस्थित भएर सफल बनाइदिन अनुरोध गर्दछु ।’
मिति : जनवरी ७ शनिबार
स्थान : 57 पार्टी टाउन club volum
समय : बेलुका ८ देखि बिहान ५ सम्म
सम्पर्क : सन्तोष पराजुली, श्री खनाल, टेकेन्द्र बिस्ट, पेम्बा शेर्पा, सिता लामा