चीनमा एक शिशु नीतिको अन्त्य


 

सोल – चीनमा सरकारी नीति अवज्ञा गर्नेहरुलाई गर्भपतन गर्न वाध्य पारिन्थ्यो भने श्रम शिविरहरुमा पनि पठाइन्थ्यो
चीन सरकारले एक शिशु नीतिको दशकौं पुरानो नीति अन्त्य गरिएको घोषणा गरेको छ।

 

आधिकारिक सिन्हवा समाचारसंस्थाले अब सबै दम्पतिहरुले दुईवटा बच्चा जन्माउन पाउने जनाएको छ ।
उक्त नीतिले लैङ्गीक असन्तुलन ल्याउनुकासाथै श्रमशक्ति पनि घटाउँदै लगेको भनी त्यसको आलोचना गरिएको थियो।
उक्त नीतिप्रति अधिकांश चिनियाँहरु बेखुसी पनि थिए।

 

एक शिशु नीतिले गर्दा चीनमा झण्डै चालिस करोड जनसंख्या घटेको अनुमान गरिएको छ | देशको पन्चवर्षीय योजना बनाउन बसेको सत्तारुढ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुको बैठकपछि जारी एक विज्ञप्तिमा सो उल्लेख गरिएको थियो।
छत्तीस वर्ष अघि जनसंख्या नियन्त्रण गर्न भन्दै चिनियाँ कम्युनिष्ट पार्टीले त्यस्तो कडा नीति ल्याएको थियो। एक शिशु नीतिले गर्दा चीनमा झण्डै चालिस करोड जनसंख्या घटेको अनुमान गरिएको छ। सरकारी नीति अवज्ञा गर्नेहरुलाई गर्भपतन गर्न वाध्य पारिन्थ्यो भने श्रम शिविरहरुमा पनि पठाइन्थ्यो। तर त्यस्तो नीतिले गर्दा चीनमा छोरीको तुलनामा छोरा पाउन दम्पतीहरु बढी इच्छुक देखिए।
अहिले झण्डै अढाइ करोड चिनियाँ पुरुषहरुले बिहे गर्न श्रीमती पाउननसक्ने स्थिति रहेको बताइन्छ।

 

कति बच्चाबच्ची जन्माउने भन्ने हरेक दम्पतीको स्वेच्छिक अधिकारमा समेत राज्यले हस्तक्षेप गरेको भनी आलोचना भैरहँदा चीनमा श्रमशक्तिको कमी र वयस्कहरुको बढ्दो संख्याप्रति पनि चिन्ता व्यक्त गरिएका थिए।
सन् २०५० सम्ममा चीनको एक चौथाइभन्दा बढी जनसंख्या ६५ वर्षभन्दा माथिको हुने अनुमान गरिएको छ। त्यसो त दुई वर्ष अघि देखि नै चीन सरकारले उसको एक शिशु नीतिलाई खुकुलो बनाउँदै लगेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...