गेसोले बेलायती सरकारको नयाँ नीतिविरुद्ध ज्ञापनपत्र बुझाए


फोनिज कोरिया संवाददाता
बेलायत

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायती सरकारले एक महिना भन्दा बढी बेलायत बाहिर बसे सरकारी सुविधा रोक्ने सरकारी नीति लागु नगर्न माग गर्दै प्रधानमन्त्री कार्यलयमा शनिबार ज्ञापनपत्र बुझाएका छन् । यो नीतिले बृद्ध गोरखा सैनिकहरुलाई असर पार्ने भन्दै नीति लागु नर्गन आग्रह गरेका हुन् ।

गेसोका बरिष्ठ उपसभापति कृष्णकुमार राईले भूतपूर्व गोरखा सैनिकका परिवार सहितको बाक्लो सपस्थीतिमा शनिबार बेलायती प्रधानमन्त्री कार्यलय रहेको ड्राउनिगं स्ट्रीटमा पुगेर बुझाएका थिए ।

सरकारले चार साताभन्दा बढी बेलायत बाहिर बसेमा आवास लगायत पेन्सन क्रेडिट सुविधाहरु रोक्ने निर्णय गरेको छ । गोरखा वेलफेयर स्किमले हालै यस सम्बन्धमा एक पुस्तिका प्रकाशन गरेको छ । सरकारको सो निर्णयले गोरखा समुदायमा तनाव र अन्यौल उत्पन्न गरेको ज्ञापन पत्रमा उल्लेख छ । गोरखाहरु धेरैजसो दुर्गम क्षेत्रमा बस्ने, त्यहाँ मोटर बाटोको सुविधा नभएको, बर्षातले बाढीपहिरो जाँदा पुग्न थप समस्या उत्पन्न हुने भएकाले उनीहरुलाई घरसम्म पुग्न चार साता पर्याप्त नभएको ज्ञापन पत्रमा जिकिर गरिएको छ ।

सैनिक सेवामा बहाली रहदा त तीन महिना विदा दिने गरेका स्मरण गराउदै बेलायत नागरिक भन्दा गोरखा सैनिकको फरक परिस्थीति भएको गेसोका अधिकारीहरुले बताएका छन् । ज्ञापन पत्र बुझाउन उपसभापति राईको नेतृत्वमा उपसभापति भक्तबहादुर गुरुङ, महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन र गेसो अल्डरसट समितिका सभापति जंगबहादुर गुरुङ लगायतका प्रतिनिधि टोली प्रधानमन्त्री कार्यालय पुगेको थियो ।

Geso-2

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...