कोरियामा सोमबार साझ ५.८ रेक्टरको भूकम्प गयो


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियाको ख्याइ०साइ० भुक्दो प्रान्तको ख्याइ०जु शहरमा सोमबार साझ लगातार दुई पटक भूकम्पको महसुस गरिएको छ । पहिलो पटक ७ बजेर ४४ मिनटमा गएको भूकम्पको ५.१ रेक्टर मापन गरिएको छ भने दोस्रो पटक ८ बजेर ३२ मिनेटमा गएको भूकम्पको  ५.८ रेक्टरको मापन गरिएको कोरियन संचारमाध्यमले जनाएको छ । ख्यइ०जु शहरभन्दा दक्षिण पश्चिम तर्फ ९ किलोमिटर दुरीमा भूकम्प गएको छ ।

सउलदेखिदेखि उल्सान , बुसान , थेगु सम्म भवन हल्लिएको स्थानियले जनाएका छन् । भूकम्पको  बारे थप अनुसन्धान भइरहेको संचारमाध्यमले जनाएको छ । कोरियाको प्राय सबै स्थानमा भूकम्पको महसुस गरिएको छ । पहिलो पटक आएको भूकम्पलाई कमैले महसुस गरे पनि पछिल्लो पटक आएको ५.८ रेक्टरको भूकम्प अझ शक्तिशाली भएकाले धेरै डराको स्थानियहरुले बताएका छन् ।

जेजु दोमा समेत भवनहरु हल्लीएको महसुस गरिएको स्थायिनहरुले जनाएका छन् । सडकमा समेत कम्पनको महसुस गरिएको ख्यइ०जु शहरबासीले संचारमाध्यमलाई बताएका छन् ।

भूकम्पले २० देखि ३० सेकेन्डसम्म हल्लाएका थिए । कोरियामा यो भन्दा कम ५.२ रेक्टरको भूकम्प ३६ वर्ष अघि  सन १९८० मा गएको थियो । कम्पनकै कारण हल्एिर झरेको टेलिभिजनले लागेर एक जना बृद्धा घाइते भएका छन् । बच्चाहरु अतालिदै रुदै घर बाहिर निस्केका थिए । भने सडक र अग्ला अग्ला महलमा भएका मनिसहरु भवन निकैबेर हल्लिएपछि डराउदै भागा भाग भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...