कोरियामा यो वर्ष आत्माहत्या गर्ने नेपालीको संख्या ६ पुग्यो


सउल

मंगलबार साझ अचानक हावा जस्तै फैलिएको एक समाचारले दक्षिण कोरियामा नेपाली समुदायलाई स्तब्ध बनायो । विश्वासै गर्न नसकिने त्यो समाचार थियो एक रेष्टुरेन्ट व्यवसायी तथा समाजसेवी मनोज ढांगीको आत्मा हत्या ।

यो समाचारसंगै कोरियामा यो वर्ष (2016) अहिलेसम्म आत्माहत्या गर्नेको संख्या ६ पुगेको श्रमसहचारी देवराज ढकालले जानकारी दिए । यो वर्ष कोरियामा मृत्यु हुने नेपालीहरुमध्ये अहिलेसम्म आत्माहत्या गर्नेको संख्या सबैभन्दा बढी देखिएको छ ।

कोरियामा सोमबार र मंगलबार लगातार २ जनाको निधनले यो वर्ष (2016) अहिलेसम्म मृत्यु हुने नेपालीको संख्या १५ जना पुगेको छ । यसै साता सोमबार इपिएसबाट कोरिया आएको ३ महिना मात्र पुगेका तेह्रथुम जिल्लाका दुधराम लिम्बुको सुतेकै अवस्थामा मृत्यु भएको छ । यसरी सुतेकै अवस्थामा मृत्यु हुने कामदारको संख्या ३ जना पुगेको छ । गत वर्ष (2015) आत्माहत्या गर्नेको संख्या ९ जना रहेको छ । सन २००७ देखि हालसम्म कोरियामा विभिन्न कारणले मृत्यु हुने नेपालीको संखया १ सय ७ पुगेको कोरिया स्थित नेपाल राजदुतावासका श्रमसहचारी देवराज ढकालले जानकारी गराए ।

त्यस्तै सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।  एक जनालाई कारले ठक्कर दिएर मृत्यु भएको थियो भने अर्कोजना आफै सवार मोटर दुर्घनामा परी ज्यान गएको थियो । त्यस्तै औधोगिक दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । हृदयघातबाट एक जनाको मृत्यु भएको छ भने बैवाहिक भिषामा आएकी एक महिलाको वोन म्यारोका कारण मृत्यु भएको छ । ति महिलाको शबलाई कोरियामै अन्त्यष्टी गरिएको थियो ।

यो भन्दा पहिला इपिएसबाट कोरिया आएका कामदारले आत्माहत्या गरेको समाचार बन्दै आए पनि यसपाली भने पहिलो पटक व्यापारीको नाम आएको छ । यो अपत्यारिलो व्यावसायीको आत्माहत्या घटनाले कोरियावासी नेपालीहरुलाई सबैभन्दा बढी आश्चार्य र जिज्ञाशु बनाएको छ । कतिलाई विश्वासै गर्न नसकी हत्या होकी भन्ने आशंका पनि उब्जाएको छ ।

यो भन्दा अघिसम्म कोरियामा आत्माहत्या गर्ने नेपालीहरु सबै कामदार थिए । त्यसैले कोरियामा काम गर्दा हुने दुरव्यवहार, घर परिवार, प्रेम , उमरेको अपरीपक्कता जस्ता विभिन्न मानसिक्ताका कारण आत्माहत्या बढेको अनुमान सबैले गरे पनि यसपाली भने अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष तथा समाजसेवी समेत रहेका डांगीको आत्माहत्याले झन आश्चार्यचकित  पारेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...