कोरियामा भक्तपुर समाजद्धारा आयोजित पुल प्रतियोगितामा रेशम पहिलो बने


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियामा नेपाली सामाजिक संस्थाबाट भक्तपुर समाजले गत आइतबार पहिलो पटक आयोजना गरेको  पुल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै रेशम शाहीले प्रथम स्थान हासिल गरेका छन् । उत्कृष्ट खेलाडीको उपाधी संगै ५ लाख वन राशीको पुरस्कार समेत हात पारेका छन् ।

त्यस्तै प्रतियोगितामा भिडेका ३४ जनामध्ये देव क.सीले द्वितीयत स्थान हासिल गरेका छन्। केसीले तीन लाख वनको पुरस्कार राशी पनि थापेका थिए ।

प्रतियोगितामा विशेष सहयोग गर्नुहुने सौल स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत किरण शाक्यज्यु,एनआरएनए आइसिसी प्रतिनिधि के पि सिटौलाज्यु, एनआरएन कोरियाका उपाध्यक्ष लक्ष्मी गुरुङ , नेपाली सम्पर्क समितीका अध्यक्ष प्रेम शाहज्यु, वरिष्ठ उपाध्यक्ष अन्जु केसिको आतिथ्यता रहेको थियो ।

खेल प्रतियोगितालाई मर्यादित एवं सौहार्द्रतापूर्ण माहोलमा सफल पार्न सहयोग गर्ने समाजका पदाधिकारी र दर्शकहरुलाई आयोजकले आभार व्यक्त गरेको छ ।

असाहया बालबालिकाको सहयोगार्थ आयोजित पुल प्रतियोगिताबाट प्राप्त  रकम भक्तपुर क्षेत्रमा शिक्षाको पहुचबाट बंचित ५ जना बालबालिकालाई जनही ५ हजारका दरले वार्षिक छात्रवृति प्रदान गर्ने समाजले जनाएको छ । आगामी शैक्षिक सत्रदेखि बिपन्न र पिछडिएको क्षेत्रमा प्रदान गरिने समाजको योजना रहेको अध्यक्ष रमेश गिरिले बताउनुभयो ।

पुल प्रतियोगिता को आय ब्यय येसप्रकार छ ।

जम्मा संकलन १७ लाख वोन
पुरस्कार वितरण ८ लाख वोन
पुल हाउस को भाडा २ लाख वोन
प्रमाणपत्र पोस्टर लगायत अन्य १ लाख ५० हजार वोन
जम्मा खर्च ११ लाख ५० हजार वोन
बचत ५लाख ५० हजार वोन

पुल प्रतियोगिताबाट ५ लाख ५० हजार वोन बचत भयेको समाजले जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...