कोरियामा च्यह तमु ल्होछार धुमधामले मनाईयो


सोल, तमु जातिको महान् साँस्कृतिक पर्व तमु ल्होछार कोरियामा रहेका तमु तथा गैर- तमुहरुले धुमधामले मनाएका छन । नेपालमा पन्ध्र पुसमा मनाईने गरे पनि विदेशमा तिथि नमिल्नाले यहाँका तमुहरुले गत आइतबार सोलमा भब्य कार्यक्रमको आयोजना गरी च्यह तमु ल्होछार मनाएको थियो ।
तमु धीँ कोरियाले हरेक वर्ष ल्होछारको अवसरमा कार्यक्रम आयोजना गर्दै आईरहेको छ । नेपाली दूतावास कोरियाका काउन्सेलर लेवर देवराज ढकालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप गुरुङले गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र मोक्तान विशेष अतिथि रहेको उक्त कार्यक्रममा अतिथिहरुमा याक्सा गुम्बाका देह सुनिम, जन योन्ह्वा हेजाङ्निम, एनसीसि, एनआरएन, विभिन्न जातीय तथा राजनैतिक संस्था र नेपाल पत्रकार महासंघ कोरियाका प्रतिनिधिहरु रहेका थिए ।
प्र ल्हो ( बाँदर वर्ग)को बिदाई र च्यह ल्हो ( चरा वर्ग) को स्वागत गर्दै मनाएको च्यह ल्होछारमा तमु जातिको मौलिक भेषभुषा, विविध सांस्कृतिक कार्यक्रम र झाँकीहरुको पनि प्रस्तुति रहेको कार्यक्रममा विशेष आकर्षणको रुपमा मारुनी छ्याली नृत्य र छ्याटु नाच रहेको थियो । उपस्थितिहरुको विशेष प्राथमिकतामा परेको मारुनी छ्याली नृत्य कोरियामा पहिलोपटक प्रस्तुत गरिएको सांस्कृतिक संयोजक सतिश गुरुङले जानकारी दिए ।  मारुनी नृत्य तमु जातीको लोपोन्मुख मौलिक संस्कृति भित्र पर्दछ ।
सोही अवसरमा धीँले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएवापत विभिन्न ब्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । केही समय अगाडी सोल महानगरपालिकाको सिफारिसमा मानार्थ कोरियन नागरिकता प्राप्त गर्न सफल र धीँको घर (सेल्टर) ब्यवस्थापनमा विशेष सहयोग गर्नुभएका धीँका सल्लाहकार भिम गुरुङलाई तमु जातिको संस्कृतिअनुसार फेटा लगाएर विशेष सम्मान गरेको थियो भने कोरियामा सफल नृत्यकारको रुपमा स्थापित धींका साँस्कृतिक संयोजक सतिश गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई मायाको चिनो सहित सम्मान पनि गरेको थियो । कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई तमू ल्होछार मूल आयोजक समितीका संयोजक जित तमुले धन्यवाद दिनुभयो । संस्थाका वरिष्ठ उपाध्यक्ष प्रितम गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको ल्होछार कार्यक्रम औपचारिकतर्फ महासचिव श्रीराम गुरुङले र साँस्कृतिकतर्फ धन, लेसन, विशाल र हिमान्शु गुरुङले सञ्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...