कोरियामा एमएनयुले वृहत अन्तरक्रिया गर्ने


माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियामा वृहत अन्तरक्रिया गर्ने भएको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रिया जनवरी २८ तारिखमा आयोजना गरिने एमएनयु केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रम व्यवस्थापन समितीका संयोजक सरदीप श्रेष्ठले बताए ।

उनले भने, ‘विश्वमा थुप्रै मूलुकहरु सम्पन्न हुने चरणमा त्यस देशबाट अन्य देशमा व्यवसााय, रोजगारीका लागि गएका माइग्रेन्ट्सहरुले ठूलो योगदान दिएरमात्रै त्यो देश सम्पन्न भएको कुरा हामी सबैलाई अवगत छ । त्यसैले, हामी माइग्रेन्ट नेपाली सङ्गठित भएर छलफल र सहकार्यका लागि जुट्यौँभने पक्कै पनि समुन्नत नेपाल निर्माणमा योगदान पुग्ने छ । उनले थपे, ‘त्यसको वैज्ञानिक आधार तय गर्न यो अन्तरक्रिया एतिहासिक र निकै महत्वपूर्ण हुनेछ । सबै क्षेत्रबाट सल्लाह, सुझाव र सहकार्यको अपेक्षा गर्दछौँ ।’ सो अन्तरक्रियामा विश्वका करीव एघारभन्दा बढी देशहरुबाट समेत अनलाईनमार्फत अन्तरक्रियामा सहभागी गराईने कुरा उनले बत्ताए ।
प्रवासमा रहेर विभिन्न क्षेत्रमा कार्यरत सम्पूर्ण नेपालीलाई अन्तरक्रियामा सहभागी भइदिन एमएनयु केन्द्रीय संयोजक मिलनकान्छा किरातीले अपील गर्दै अन्तरक्रियाबाट प्राप्त सुझाव–सल्लाह र विचारलाईसमेत समेटेर वृहत लगानी, उद्यम र रोजगारीको व्यवस्थापन प्रणलीबारे एमएनयुले नेपाल सरकार, प्रधानमन्त्री कार्यलय र सम्बन्धित निकायमा खुल्ला ज्ञापन–पत्र बुझाउदै ठोस कार्यन्वायनमा अघिबढ्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...