कोरियामा एक नेपालीको उपचारक्रममा मृत्यु


सोल

अवैधानिक रुपमा दक्षिण कोरिया रहेका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । घोराही नगरपालिका १० पुरानो बसपार्क दांगका ५२ बर्षिय दिल बहादुर घर्तिमगरको बिहिबार अपरान्ह मृत्यु भएको हो ।

२४ बर्ष देखि कोरियामा रहेका घर्तिमगर बिना भिषा कोरियामा कार्यरत थिए । गत महिना नेपाल फर्कन लागेका घर्तिमगरलाई कागजात नपुगेको जनाउदै अध्यगमनले फिर्ता गरेको थियो । त्यस लगत्तै बिरामी परेका उनको सौल नेशनल अस्पतालमा उपचार भइरहेको थियो । चिकित्सकहरुले उपचारको क्रममा हेपाटाइटिस बि को लक्षण रहेको जानकारी गराएका थिए । दुइ साता देखि उपचाररत घर्तिमगरलाई मृत्यु पुर्व निमोनिया पनि देखिएको चिकित्सकहरु बताएका थिए ।

घर्तिमगरको उपचार खर्चमा लागेको दुइ करोड २० लाख वन अस्पताललाई तिर्न बाकी रहेको छ । अवैधानिक रुपमा रहेकाहरुको स्वास्थ्य बिमा नहुने कारणले उपचार खर्च बढेको हो । अवैधानिक रुपमा कार्यरत नागरिकको शवलाई नेपाल पठाउन लाग्ने खर्च सरकारले उपलब्ध गराउने प्रावधान छैन । बिना भिषा कार्यरतको मृत्यु भएमा आफन्तको साथै बिभिन्न संघसस्थाको सहयोगमा रकम संकलन गरि शव नेपाल पठाउने प्रचलन छ । शव नेपाल पठाउदा ४ लाख रुपयाँ भन्दा बढी रकम खर्च हुन्छ ।

घर्तिमगरको मृत्यु बारे जानकारी प्राप्त भएको जानकारी दिदै सोल स्थित नेपाली दुतावासका श्रम सहचारी देवराज ढकालले परिवारको आवेदन पश्चात शव पठाउने प्रक्रिया गरिने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...