कोरियाबाट फर्केका नेपाली कामदारहरु नेपालमा के गर्दैछन त ?


मञ्जु गरुइ०
सउल , कोरिया

दक्षिण कोरियामा हाल नेपालीहरुको संख्या ३० हजार नाघेको छ । इपिएस मार्फत कोरिया आएका कामदारको संख्या मात्रै गत वर्ष नै ३० हजार नाघेको हो । ४ वर्ष १० महिनाको कार्यअवधी सकिएपछि कति भिषा परिवर्तन गरेर त कति अबैधानिकरुपमा यतै बस्ने गरेका छन् । कति नेपाल फर्के पनि सिविटी परिक्षा दिएर पुनह कोरिया आएका छन् । काम गर्न जति आएका छन त्यसको तुलनामा समय अवधि सकिए पछि नेपाल फकर्नेको संख्या न्यून छ ।

यसरी नेपाल फर्केका कामदारहरु नेपालमा हाल कहाँ कसरी बसेका छन् सरकारले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बैदेशिक रोजगारमा दक्षिण कोरिया गई फर्केका कामदारको स्थिती अध्ययन प्रतिवेदन २०७२ ले नेपाल फर्केका कामदारहरु सबैभन्दा बढी  ६३ प्रतिशत जति उद्योग व्यवसायमा संलग्न भएको देखाएको छ । कुनै पेशा वा व्यवसायी संचालन गरी स्वरोजगार र आयमुलक कार्यमा अधिकांश लागेको पाइन्छ ।

तर तथ्यकंकै आधारमा हेर्ने हो भने कोरियामा उत्पानदमूलक क्षेत्रमा काम गरेर फर्केकाहरुको संख्या ९५ प्रतिशत रहेका छन् । ६३ प्रतिशत मात्रै आयमुलक क्षेत्रमा छन् भने बाँकीले के गर्दैछन् प्रश्न अझै रहन्छ ।

त्यसैगरी ५। ५ प्रतिशत जति पशुपालन र सामाजिक क्षेत्रमा संलग्न भएको पाइएको छ भने २ प्रतिशत जति पर्यटन क्षेत्रमा संलग्न रहेका छन । तर २० प्रतिशत बेरोजगार भएको तथ्यकं प्रतिवेदनले सार्वजनिक गरेको छ । यो तथ्यकंले नेपाल फर्कनेहरुलाई निराशा तिर धकेलेको छ ।
नेपाल फर्केका सबैभन्दा बढी कामदार भएको १५ जिल्लामा तथ्यकंक संकलन गरी अध्ययन गरिएको थियो । जसको आधारमा पश्चिमाञ्चलमा बढी देखिएको छ । अध्ययनमा ९ सया ५० जनालाई आधार मानि अध्ययन गरिएको छ । जसमा सबैभन्दा बढी रहेको जिल्ला रुपन्देही जिल्लामा १ सय ५० रहेका छन् भने म्याग्दीमा ७९ र सुनसरीमा ६५ जना रहेका छन् ।

कोरियाबाट फर्केकाहरु मध्ये धेरै जसोले सरकारबाट सहुलियत ऋण प्राप्त हुन सके आयमूलक र उत्पादनमूलक काम गर्न सकिने आशा गरेका छन् । त्यसैले  रोजगारमूलक क्षेत्रमा थप लागनीको लागि सुशासन कायम गर्न  सरकारलाई माग गरेका  छ ।

कोरियाको उच्च प्रविधि र कडा अनुशासनमा खारिएर गएका कामदारहरुदलाई राष्ट्र निमार्णका विभिन्न क्षेत्रमा परिचालन गर्नु सरकारको दायित्व हो । शिपमूलक तालिम र सहुलियत ऋण उपलब्ध गराई देशमा सुशासन कायम गर्न सके कोरियाबाट फर्केका कामदारहरुलाई कामदारबाट मालिकको रुपमा रुपान्तरण गर्न सकिन्छ । यसलाई नेपालको बैदेशिक रोजगार क्षेत्रको मोडेल कार्यक्रममो रुपमा स्थापित गर्न सरकारको ध्यान जान आवश्यक छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...