कोरियाबाट अवैधानिक कामदारलाई फर्कन ३ महिना थप


सोल-दक्षिण कोरियाले अवैधानिक कामदारलाई २०१६ को अन्त्यसम्ममा फिर्ता हुन समय दिएको छ | अझै पनि थुप्रै अवैधानिक विदेशी कामदार रहेकाले उनीहरूलाई स्वदेश फर्कने मौका दिन पहिला तोकिएभन्दा तीन महिना समय थपिएको हो ।

 

कोरियाले गत अप्रिलदेखि अवैधानिक कामदारलाई घर फकाउने अभियान सुरु गरेको हो । अवैधानिक कामदार यसै वर्षको अन्त्यसम्म स्वदेश फिर्ता भएको अवस्थामा दण्ड जरिबाना मिनाहा गरिने सोलस्थित न्याय मन्त्रालयले जानकारी दिएको छ ।

 

विगत पाँच महिनामा २८ हजार अवैधानिक कामदार स्वदेश फर्किसकेको अध्यागमन विभागले जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हो । आशा गरिएभन्दा बढी अवैधानिक कामदारले कोरिया छोडेका कारण समय तीन महिना थप गरिएको मन्त्रालयले जनाएको छ । सोही अभियानलाई निरन्तरता दिँदै तोकिएको समयमा फिर्ता हुनेलाई पुनः कोरिया प्रवेशको अवसर दिइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 

स्वदेश फिर्ता हुन इच्छा भएका अवैधानिक कामदारसँग पासपोर्ट र प्लेन टिकट मात्रै भए पुग्ने मन्त्रालयले जनाएको छ । नेपाली कामदाको फिर्तादर बढ्न थालेको नेपाली दूतावासले जानकारी दिएको छ । सोलस्थित दूतावासले विगत पाँच महिनामा एक सय ५८ वटा ट्राभल डकुमेन्ट जारी गरेको छ । एमआरपी पासपोर्ट बनाएर फर्कने अवैधानिक नेपाली कामदारको संख्या पनि विगतभन्दा बढेको दूतावासले स्पष्ट पारेको छ ।

 

ओभरस्टे कामदारमध्ये कतिपयले बिना पासपोर्ट ट्राभल डकुमेन्टका आधारमा फिर्ता हुने गरेको कार्यबाहक राजदूत किरण शाक्यले जानकारी दिए । दूतावासका अनुसार अवधि सकिएको वा हराएको पासपोर्टका लागि तीन लाख ७५ हजार वन राजस्व दस्तुर लाग्छ भने ट्राभल डकुमेन्ट ७५ हजार वनमा तयार हुन्छ ।

 

नेपालबाट कोरियामा भएका उच्चस्तरीय भ्रमणका क्रममा कोरियाली पक्षले अवैधानिक नेपाली कामदार घटाउन निरन्तर दवाव दिँदै आएको थियो । गत जुन ८ मा भएको दुई पक्षीय वार्तामा परराष्ट्र सचिव शंकरदास बैरागीसँग कोरियाली डेपुटी श्रम मन्त्री पार्कजंग गिलले अवैधानिक कामदार घटाउन आग्रह गरेका थिए । इन्फोकोरियाले गत अप्रिलदेखि अवैधानिक कामदारलाई घर फकाउने अभियान सुरु गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...