किरात राई यायोक्खाले आगामी आइतबार चियापान गर्ने


फोनिज कोरिया संवाददाता

सउल

किरात राई यायोक्खा दाक्षिण कोरियाले गर्न लागेको “सुम्निमा सांगितीक सौगात भाग – ३ ” नामक कार्यक्रमबारे प्रचारप्रसार हेतु यही डिसेम्बर २५ तारिक आईतबार सउलमा चियापान कार्यक्रम गर्ने भएको छ ।

सो सांगीतिक कार्यक्रमलाई सफल बनाउन कोरियामा रहेका सबै संघ संस्था र बिभिन्न पेशामा आबद्द नेपालीहरु बीच आपसी समन्वयात्मक भूमिका कायम गर्न भेट घाट तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । आगामी जनवरी १ तारिक गर्ने भनी पत्राचार गरेता पनि उक्त दिन धेरै वटा कार्यक्रम जुधेकाले डिसेम्बर २५ तारिक गर्न लागेको हो ।

तुङ्गदेमुन स्थित लक्ष्मि रेष्टुरेन्टमा कार्यक्रम गरिने भएको छ । प्रवासमा आपत विपत परेको नेपालीलाई सहयोग गर्ने उद्देश्यले दिर्घकालिन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टरं) निर्माण सहयोगार्थ सो सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

समयको अभावले पुनः पत्राचार गर्न नसकेकोले यसै समाचार लाई आधार मानि कोरियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, मजदुर, बिद्यार्थी, पत्रकार, ब्यापारी बुद्दिजीबी, महिला लगायत बिभिन्न पेशागत नेपालीहरु उक्त कार्यक्रममा उपस्थित भाई दिनुहुन संस्थाका अध्यक्ष बालकृष्ण राईले हार्दिक अनुरोध गरेका छन।
कार्यक्रम मिति :- २५ डिसेम्बर २०१६
स्थान  :-  तुङ्गदेमुनको लक्ष्मि रेष्टुरेन्ट
समय  :-ठिक ११ बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...