कास्की परिवार दक्षिण कोरियाले शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्ने
कास्की परिवार दक्षिण कोरियाले नया बर्ष 2075 को उपलक्ष्यमा नयाँ बर्ष शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्ने भएको छ।
विभिन्न उदेश्यका साथ कोरियामा रहनु भएका कास्केली दाजुभाइ दिदीबहिनीहरुमा आपसी भाइचारा अभिवृद्धि गरि सहयोग सद्भाव कायम गर्ने उदेश्य लिइ स्थापित कास्की परिवार दक्षिण कोरियाले कोरिएन तथा नेपाली पर्वहरुको समय पारि विभिन्न समयमा शुभकामना आदानप्रदान कार्यक्रम सास्कृतिक कार्यक्रम भलिबल फूटबललगाएतका खेलहरुको आयोजना गर्दै आएको छ।
सोही क्रम अनुरुप नेपाली नया बर्षको अवसर पारी यहि अप्रिल 14 तारिकका दिन कोरियाको राजधानी सौलमा नया बर्ष शुभकामना सास्कृतिक साझ 2075 को आयोजना गर्न लागेको जानकारी कास्की परिवार दक्षिण कोरिया का अध्यक्ष दिल जलारी पाशाले गराउनु भयो।
कार्यक्रममा कोरियामा रहि गीत संगीत क्षेत्रमा पहिचान बनाउनु भएका स्थानीय नेपाली कलाकारहरुको बेजोड साङ्गितिक प्रस्तुतिको साथमा नेपाली खानाका परिकारहरु समेत रहने छ।
उक्त कार्यक्रममा कास्की स्थाइ घर भइ हाल नेपाली दुतावास कोरियामा श्रम कन्सुलरको रुपमा हालसालै नियुक्त हुनु भएका आदरणीय डिल्ली राम बास्तोलालाई कास्की परिवारका तर्फबाट स्वागत तथा सम्मान गरिने भएको छ। साथै कोरिया बसाइ अबधि समाप्त भै स्वदेश प्रस्थान गर्न लाग्नु भएका कास्की परिवारका खेलाडीहरु, कास्की परिवारका पदाधिकारीहरुलाइ समेत सम्मान तथा बिदाइ गरिने छ।
कार्यक्रम हुने मिति -2018/4/14
स्थान- सौल (कार्यक्रम हुने हल को जानकारी केही दिनमा हुनेछ)
समय- बेलुका ठिक 7 बजे देखि
बिस्तृत जानकारी को लागि सम्पर्क
खोम प्रसाद गुरुङ 01025111124
दिल जलारी पाशा 01029016080
सुरज गुरुङ 01083824343
हरि शंकर भण्डारी 01064426132
अमृत बास्तोला 01029468611
दलबहादुर गुरुङ 01080965560