एक रात


कथा: 
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल….. बिस्तारै जहाजले चलमलाउन थाले। साँझको ७:३० बजिसकेको थियो। जहाजको चारैतिरबाट कहिले अङ्ग्रेजी त कहिले कोरियन भाषामा जहाज उड्न लागेको जानकारी दिदैथियो। नेपालको माटो छोड्नु अघि सबैलाई पुन: एक पटक सम्झिएँ। आमाको आसुँमा पीडा थप्न चाहिन र दिदीलाई फोन गरेँ- “दिदी अब जाहाज उड्न लाग्य्यो। आमाको आँखामा सधै खुसी बनेर बस्नु। निदाएका सपनाहरुलाई सधै सङ्गीतले बिउझाई रहनु। आमाको काखलाई कहिलै खाली हुन नदिनु……… मनका कुराहरु ओठले फोनकै माध्यामबाट ब्यक्त गर्दागर्दै जहाज जोड्ले चलमलायो।
नेपालको छाती डगमगाएको झैँ डगमगायो। कहिल्यै जहाज नचढेको म। एक पटक त डराएँ, भुकम्पले थिलोथिलो बनाएको मुटु, झन्नै भुकम्पको जस्तो कम्पन। जोडले समातेँ आफू बसेको सिट्लाई। कानमा घुसारेको आयर्फोनमा बोलिरहनु भएको दिदीको आवज बिस्तारै काटिदै आउन थाल्यो। लाग्यो, अब जहाज भुइँ छोड्दै छ। बगेका आसुँहरु सङ्गै बग्दै गए मनका बोलिहरु….. खै दिदीले त सुने कि सुनेनन्। तर मनभित्रका सबै बहहरु गहहुँदै बगे। गर्हुङ्गो थियो मेरो दिल.. जहाज भन्दा पनि गर्हुङ्गो… तर पनि कति सजिलै उचाल्यो त्यै गर्हुङ्गो दिलबोकेको म र मेरो शरीर, जहाजले।
म त बाख्राखोरमा जन्मेको मान्छे अरे। जाडो महिनाको एक दिन। आगो ताप्दै गर्दा सन्तान जन्माउदाको पलको बारे कुरा गर्दैगर्दा आमाले भन्नू भएको। दिदी गाईगोठमा जन्मनु भाको अरे। सन्तान जन्माउदा घर जुठोहुने भन्दै गोठमा जन्माउनु पर्ने चलन अनुसार आमाले हामीलाई पनि गोठमा जन्माउनु भएको अरे। आफ्नो सन्तानको आगमनमा मेरी आमाले पनि खुबै खुसी हुनुभयो रे, झन त्यसमाथि छोरो नै जन्मेकोमा त झन बढि नै खुसी हुनु भो रे। पल्लो घरकि नौ छोरिकि आमा त डाहाले तीन महिनासम्म बोलिनन् रे पनि।
लेउ लागेको भितामाथि खर छाएको थियो। तिनै खरमाथि पनि विभिन्न जातका झारहरु उम्रेका थिए। तिनै लामालामा झारहरुको टुप्पोलाई आङ्गालिन लगाई माकुराले आफ्ना घर बनाएका थिए। तिनै माकुराहरुका घरको आधार घर नै थियो हाम्रो घर। बर्खामासमा जोड्ले धर्केर पानी पर्थ्यो। सङगै ओछ्यानमा बिस्तारिनु भएका मेरी आमा, धर्के पानीको चिच्याई सङगै हतारिदै उठनु हुन्थ्यो र पुराना गाग्री, जाङ्गो तथा कराई खोजेर तिनै छानोलाई आफ्नो तागत देखाएर हाम्रो ओछ्यानसम्म आउने आकासे पानीलाई रोक्नु हुन्थ्यो। आकास खनिएर आएको पानी जाबो सनोसनो भाँडामा के अटिन्थ्यो र? छिनभरमै भरिन्थ्यो। आमा तिनैभाँडा भरिका पानी बहिरा कुरि राखेका आफ्ना साथिसङ्ग मिसाई दिनुहुन्थ्यो। जब रातभरी पानी पार्थ्यो मेरी आमा पनि रातैभरी आफ्ना आँखाको झरिलाई झारेर बर्खे झरिसङगै रातभरी जुधिरहनु हुन्थ्यो।
तिनै घरको छानोलाई आमाले जतिकै बर्खे झरिसङ्ग जुध्न सक्ने बनाउनकै लागि मेरा बाबा घर छोडेर जानूहुन्थ्यो। बर्षौँवर्षा परिरहे झरी, जति परे झरी त्यति चुहियो घरको छानो। जति चुहियो घरको छानो, त्यति झारिन् आमाले आँसु, अनि त्यति नै रात अनिदो रहनु भो मेरी आमा। जति रात अनिदो रहनु भो मेरी आमा त्यति नै रात घर छोड्नु पर्यो मेरो बाबाले। जति रात घर छोड्नु भो मेरा बाबाले त्यति नै रात कस्टमा जियौँ हामीले।
“छोरा हामीले जतिको दुख तिमीले पाउनु हुन्न। तेरो बाउले तेरो लागि केही कमाउन सकेन। तर धेरै पढ्नु छोरा। पढे पछि त जागिर पाईन्छ। त्यसपछि हाम्रो पनि त सुखको दिन आउँछ छोरा। मैले त कहिल्यै सुखले बाँच्न पाउदिन होला तर पनि तिमीहरुको जिबनमा कहिल्यै दुख हुनुहुन्न छोरा” एक दिन आमाले मास्लो घरको हजुर आमाको कोदो रोप्ने मेलाबाट आधी पेट खाई आफ्नो भाकको बाँकी खाजा ल्याई दिदै भन्नू भएको थियो।
मेरी आमा आफ्ना सन्तानहरुकै लागि अरुको मेला जानू हुन्थ्यो। हामीसङ्ग न त कुनै उब्जनी जगगा जस्को उब्जाएर खाना पुगोस। त्यस्तो जग्गानै थियो न कुनै आम्दानिका स्रोत। त्यसैले आमा अर्मपर्म मेलापात गर्नु हुन्थ्यो। हाम्रो जिबनको आधार नै आमा र मेलापात थियो। तै पनि आमाले दिनरात आँसु र पसिना बगाएर गाउको स्कुलको सबै तह पढाइ दिनु भो। उच्च शिक्षा र आमाको सपनालाई डोर्याँउदै म काठमाडौँ आएँ। गाँउमा आमा र बाबाले टालेको लगाउदै र आधा पेट खाँदै खर्च पठाउनु हुन्थ्यो। म पनि बाआमालाई धेरै भार नपरुन भनेर आफुले सक्ने काम गर्दै पढदै गएँ। आमाको एउटै सपना थियो- ‘छोराले धेरै पढेर सरकारी जागिर गरून्।’ त्यसैले आमाले ऋण खोजीखोजी पढाइ दिनु भयो।
स्नातक सके पछि जागिरको खोजी गर्न थालेँ। पैसा, आफ्नो मान्छे, पहुँच भन्दा बाहिर रहेको हामी जस्ताले काहाबाट नेपालमा जागिर पाउन सक्छ? आमाको सपनाले सधै डोहोर्याई रह्यो। म पछ्याई रहेँ। तर कहिल्यै पनि भेटिन आमाको सपनालाई। आमाको सपनालाई पछ्याई रहदा एक दिन मेरा मित्रले कोरियाको सपना देखाई दियो। कोरियाको सपनाले साँचै आमाको सपनालाई लात हानिदियो। आमाले त बारम्बार भन्नुहुन्थ्यो” छोरा बरु टालेकै लाउला। दुखामै रमाउला तर टाढाको बाटो नरोज न छोरा। मैले पहिलाको त्यस्तो दुखलाई त दुख ठानिन भने अब त तैले यितिका पढेको छ, त छस्। उमेर छ। सबै कुरा मिल्छ नि छोरा।”
तर आमाको सपनामा लात हानेको कोरियाको सपनाले आमाको बिलाउना माथि पनि लात हान्यो। जब EPS साखाले उडानको अन्तिम मिति तोकिदियो। आमासङ्ग थोरै समय भए पनि सङ्गै जिउन मन लागेर म गाउँ गएँ। आमाले त अझै मन बुझाउनु भएको थिएन। बाबाले भने थोरै मन थाम्नु भैसकेछ। हप्तादिन बाआमासङ्गै रहेर म काठमाडौँ फर्केँ। त्यस्को एक हप्तापछि आमा आउनु भो, त्यस्को 2 दिन पछि म कोरिया आउदै थिएँ। चोटै चोटले भरेको मेरो आमाको मन सायद पिडामा रम्न जानी सकेको हुनु पर्छ। गहभरी आँसु पारेर आफ्नो पाउमा रहेको मेरो सिरमा आशिष् थमाउदै हुनुहुन्थ्यो। हामी सङ्गै उड्ने साथिहरु लामका लाम भित्र पस्दै थिए। कुनै सब्द फुटेकै थिएन।
“आमा म सुखको दिन लिएर आउने छु।” भन्न नपाउदै झरेका आँसुहरुले रोकि दिए बोलिलाई। गहसङ्गै बग्दै बग्दै जहाज छेउसम्म आएँ। तर मेर खुसी र आमा र मिठो सँसार छोडेर। जहाजभित्र आँसुमा डुब्दाडुब्दै खै कुन बेला निदाएछु पत्तै भएन। बिउझदा जहाज उर्ल्दै थियो। जहाज उर्ले पछि हामिलाई नि ओराले। ओर्लियौँ भारी मन बोकेर। मेरो माटोमा जहाज चढेको म, जहाजबाट उर्लादा अर्कै माटोमा ओर्लिएँ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...