आर्लराम जिन्दगी


ढकढक ढोका ढकढकियो ।
‘ओइ सुति राको ?’
‘अँ ।’ कोरियन ब्लाङकेट मुखबाट नहटाइ नै भने ।
‘मुला अनि काममा आउनु पर्दैन ?’
‘काममा ?’
‘अँ, काममा । डाक्न पठाएर आको । छिटो आइज । कराउँदै छ फुजाङनीम ।’ साथी त्यति भन्यो । कोठामा नछिरि नै फर्कियो । उसको काम मलाई उठाउने थियो ।

०००

कोठा बाहिरको मौसम माइनस सात डिग्री छ । जता हेर्यो त्यतै हिउँ जतिकै देखिने तुसारो छ । झन् बेला बेलामा हावा पनि चल्छ । अनि जाडोको के कुरा गर्नु ? दिन त कम्पनीले सिरक झै बाक्लो टाउजर दिएको छ । त्यस भित्र पनि दुई जोर कपडाको पाइन्ट लगाउँदा पनि जाडो कताबाट छिर्छ छिर्छ ।

टाउकोमा पनि नेपालबाटै मगाएको ऊनीको काने टोपी छ । गलामा गलबन्दी पनि ऊनीकै छ । आफ्नै करङ भन्दा धेरै पत्र त ज्यानमा कपडाको पत्र छ । त्यही पनि कोरियाको जाडोले थला राख्छ ।
तुसारे बिहानको के कुरा गर्नु ? उस्तै गफाडी भेटे गफै तुसारो झै जम्थ्यो होला जाडोले ।

यस्तो जाडोको बेला बिहान ढिलोसम्म सुत्नुको मज्जा दुनियामा कुनै कुरा पनि छैन होला तुलना गर्न । काम भएको बिहान जसरी पनि उठ्नु नै पर्छ । निन्द्राले आँखा पुरै नखुले पनि जे काम गर्नु पर्ने हो त्यो यन्त्रवत रुपमा सही तरिकाले गर्नु पर्छ । निन्द्राले नियमित काममा सिन्काको पनि फरक पर्नु हुदैन ।

कहिले कही लाग्छ बिहानको निन्द्रा टुटाउने आलाराम भएको मोवाइल फुटाऔ । अनि फेरी खुट्टा तन्काएर सुतौ । थरि थरिका रंगीन सपना देखौ । यी सबै लाग्ने कुरा हुन् । यर्थाथ बिहान साँढे सातबाट सुरु गर्नु पर्ने कामका लागि छ बजे नै उठ्नु पर्छ । लुगामाथी लुगा अनि फेरी कम्पनीको लुगा लगाएर हिड्न तयार हुनु पर्छ । त्यसो नगरे काम हुदैन । काम नहुँदा आनासुकी कमाइ हुदैन । कमाइ नभएको मान्छे हुनु नहुनु उस्तै मान्छन् समाज । त्यसैले प्यारो निन्द्रालाई माया मारेरै कमाउनु पर्छ । बिहान सुत्ने रंगिन सपना मात्रै हुन्छ ।

हप्ताको एक दिन आइतबार विहान सुतेको सुतेकै गर्ने दिन जुर्छ । त्यस्तो मौकामा कहिले कही साथीभाइले फोन गरेर, कहिले कही अनेक थरिका कुराले मोबाइल बजेर भंग गर्न सक्छ । एकदुइ पटक यस्तो भएको पनि छ । त्यसरी कुबेलै उठ्नु पर्यो भने त्यसको क्षतिपूर्ती दिन भरि हुँदै हुदैन । त्यसैले शनिबार बेलुकी नै सुत्ने बेला फोन अफ गरिन्छ । इन्टरनेटको तार थुतिन्छ । अनि ‘वोइलर’ चलाएर सुतिन्छ । मस्तराम ।
एक्काइसौ सताब्दीमा पनि सम्पर्क बिहीन । कसैले इमेरजेन्सी परे कोठामै आउनु पर्छ । नत्र म कलियुगको कुम्भकर्ण नै हुँ । सुतेको सुत्यै  । हप्ता दिनको नपुगेको निन्द्रा पनि आइतबारै पुरा गर्नु पर्छ ।

कहिले कही कम्पनीमा धेरै सामानको अर्डर आए आइतबार पनि काम गर्नु पर्छ ।
‘म काम गर्र्दिन ।’ बल्ल बोल्न जानेको सबै कोरियन शब्दलाई मिसाएर भन्छु ।
‘हुदैन । काम गर्नु पर्छ ।’ सबै दाँत देखाउँदै मलाई काम लाउने कोरियन हाकिम भन्छ ।
‘मेरो मुडै छैन । थाकेको छु ।’ मेरो अडान बाँकी नै हुन्छ ।
‘तिमीहरु कहाँ कहाँबाट हाम्रो देशमा काम गर्न आएका छौ । कमाउन आएका छौ । काम गरे पो कमाइ हुन्छ । झन् आइतबार गरे बढि पैसा पाइन्छ ।’ ऊ अरु बेला भन्दा झन बढि मर्किदै दाँत देखाएर हाँस्छ ।
म केही बोल्दिन ।

‘आइतबार काम गर्नेलाई म चिकेन ख्वाउँछु । पिज्जा ख्वाउँछु । कोक पनि ख्वाउँछु । सोजु, माकली पनि ल्याउँला ।’ उसको कुरा सुनेर बच्चा हुँदा काम गर चकलेट दिन्छु भनेको सम्झन्छु ।
म फेरी पनि केही बोल्दिन । ऊ मैले काम गर्ने भनेको सम्झन्छ । काम नभएको दिन त्यसरी ऊ हाँस्दैन । न हाम्रो कमाइको फिक्रि नै गर्छ ।

०००

हिजो सुत्ने बेलामा आज काम छ याद गरेकोथेँ । त्यसैले झन छिट्टै बेडमा पसेको हुँ । मनमा जाँगर र निन्द्रा आइ नसकेको भए पनि । अरु दिन तीनवटा आलाराम बज्थ्यो । पहिलो बज्दा कता कता बजे जस्तो लाग्छ । दोस्रो बज्दा अब त बजेकै हो भन्ने हुन्छ । निन्द्रा खुल्छ तर उठ्ने जाँगर हुदैन । तेस्रो बज्दा सिधै उठेर लुगा लगाइन्छ । अनि कुदिन्छ ।  आज बिहानको लागि एउटा मात्र आलाराम सेट गरेकोथेँ । नियमित आलारामको डोज नपुगेर सुतेको सुतेकै भइएछ । सुन्दै सुनिएन । सेट गरेको आलाराम बज्यो त होला । यस्तै छ यताको आलारामले चल्ने जिन्दगी । आलाराम बजेन सब खतम ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...