आपतकालित राहत कोष स्थापनार्थ चलचित्र “झुम्की” कोरिया आउने


नेपाली रजतपटका सफल अभिनेता दयाहाङ राई र अभिनेत्री नायिका रिस्मा गुरुङको प्रमुख भुमिका रहेको चलचित्र हो “ झुम्की “। थारु समुदाय र कम्लहरीको कथामा बनेको चलचित्र झुम्कीलाई अपिल बिष्टले निर्देशन गरेका हुन । सिनेमा आर्ट र अपिल विष्ट प्रोडक्सनको निमार्ण रहेको यहि सफल चलचित्र झुम्कीलाई तमु धीँ दक्षिण कोरियाले कोरियाबासी नेपालीहरुलाई उपहारस्वरुप अक्टोबर १६ तारिखमा सोलमा प्रदर्शन गर्न लागेका छन् । चलचित्र प्रदर्शनको सेरोफेरोमा रहेर फोनिज कोरियाको लागि धन गुरुङले तमु धीँका महासचिव श्रीराम गुरुङ्संग गरिएको कुराकानी ।

प्रश्न : तपाईंलाई फोनिज कोरियामा स्वागत छ ।

उत्तर  : धन्यवाद । फोनिज कोरिया मार्फत सबैलाई छ्याजलो, नमस्कार ।

प्रश्न : तमु धीँले झुम्की चलचित्र प्रदर्शन गर्दैछ तयारी कस्तो हुँदै छ ?

उत्तर  : झुम्की चलचित्रको प्रदर्शन तयारी तीव्र रुपमा भैरहेकोछ। पोष्टरिङ्ग, प्रचारप्रसार र टिकट बिक्री वितरण सुरु गरिसकेका छौँ । जातिय, क्षेत्रीय,धार्मिक,राजनीतिक,सामाजिकरुपमा कोरियामा क्रियाशिल सबै संघ संस्थाहरुलाई निमन्त्रणा दिई सकेका छौँ । यसका साथै कोरियामा रहनु भएका सम्पुर्ण नेपाली समुदायलाई सामाजिक उद्देश्यको लागि प्रदर्शन गर्न लागिएको झुम्की प्रदर्शनको कार्यक्रममा उपस्थित भै मनोरञ्जनका साथमा सफल पारिदिनु हुन पनि सार्वजनिक अपिल गरेका छौँ । समग्रमा तयारी अत्यन्त राम्रो रुपमा अगाडी बढीरहेको छ । फेरि पनि यो फोनिज मार्फत सार्वजनिक अपिल गर्दछौँ ।

प्रश्न  : चलचित्र प्रदर्शन गर्नुको मुख्य उद्देश्य के हो ?

उत्तर  :  यो चलचित्र प्रदर्शन गर्नुको खास उद्देश्य तमु धीँ दक्षिण कोरियाले समग्र नेपालीहरुको लागि यसअघि नै स्थापना गरेको आपतकालीन राहत कोष वृद्धि गर्नु हो। यसबाट आपतविपत तथा अपर्झट आइपर्ने समस्याहरुमा पीडित लाई थोरै भए पनि राहत दिलाउनु हो साथै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन एवं नेपाली कलासंस्कृतिको प्रचारप्रसार पनि हो । त्यस्तै अर्को महत्त्वपूर्ण पाटो भनेको स्वस्थ मनोरञ्जन पनि हो ।

प्रश्न :  नेपाली रजतपटका सफल नायक नायिकाको प्रमुख भुमिका रहेको चलचित्र झुम्कीको प्रदर्शनबाट कस्तो अपेक्षा गर्नुभएको छ ?

उत्तर  :  चलचित्रको नायक र नायिका दुवै नेपाली फिल्मी बजारमा स्थापित र आफुलाई अब्बल सावित गरेको कलाकार भएको हुँदा चलचित्रले स्वदेशमा गरेको सफल व्यापार र यहाँ हामीले गरेको प्रचारप्रसारले प्रदर्शनी सफल हुने विश्वास लिएका छौँ ।

प्रश्न : तमु धीँले यसअघि नेपाली चलचित्र  “छ एकान छ” लाई कोरियामा सफल प्रदर्शन गरीसकेको छ , त्यसैको निरन्तरता यो चलचित्रको प्रदर्शन हो ?

उत्तर  :  तमुधीँ दक्षिण कोरियाले आफ्नो सामाजिक साँस्कृतिक दायित्व पूरा गर्ने शिलशिलामा कम्तीमा पनि वर्षको एउटा आफ्नै मौलिक तमु चलचित्र र एउटा नेपाली चलचित्र प्रदर्शन गर्ने नीतिअनुसार हामीले विगतमा विभिन्न समयमा मौलिक भाषाभाषी र नेपाली चलचित्रहरु पनि प्रदर्शन गर्दै आइरहेका कुरा सर्वविदितै छ र अहिलेको यो झुम्की चलचित्र पनि यहाँले भनेजस्तै त्यसैको निरन्तरता हो। हाम्रो वार्षिक कार्ययोजना नीतिकै निरन्तरता हो ।

प्रश्न :  तमु धीँ सेल्टर पनि सञ्चालन गरीरहेको छ, कस्तो हुँदै छ ?

उत्तर  :  तमु धीँ दक्षिण कोरियाले विगत एक वर्षभन्दा अघिदेखि नै सेल्टर सञ्चालन गरिरहेको छ जुन सोलको यङ्दव स्टेशन नजिक रहेको छ। जोकोहि नेपालीलाई आपतविपतमा पर्दा, काम छोडेर बेरोजगार भएको अवस्थामा, बिरामी भएको अवस्थामा निशुल्क खाने बस्ने प्रवन्ध मिलाइएको छ ।अहिले सम्म धेरै जना नेपाली दाजुभाइ दिदिबहिनीहरुले सेवा लिई सक्नुभएको छ। उल्लेखित समस्या भएको नेपालीहरुले तमु धीँका पदाधिकारीहरुसंग सम्पर्क राखी सेवा लिन सक्नु हुनेछ।

प्रश्न :  अन्त्यमा केही भन्नूहुन्छ कि ?

उत्तर  :  तमु धीँ कोरिया सबैभन्दा जेठो जातिय संस्था हो। जातिय संस्था भएर पनि पुर्णरुपमा नेपाली समुदाय कै हितको लागि क्रियाशिल छ भन्ने कुराहरु हामीले विगतदेखि नै कोरियाका नेपाली समुदाय माझ गर्दै आएको हातेमालोबाट प्रष्ट हुन्छ। तमु धीँ दक्षिण कोरिया यस्तै सामाजिक गतिविधीहरु र उत्तरदायित्वमार्फत सम्पुर्ण नेपालीहरुलाई एक आपसमा जोडन चाहन्छ त्यसैले १६ अक्टोबरमा हुने झुम्की चलचित्रको शोमा सहभागी भैदिनु हुन सम्पुर्ण नेपाली समुदायमा फेरि पनि आग्रह गर्दछु। साथै नजिकै आइरहेको बडा दशैँ एवं शुभ दिपावली तथा छठ पर्वको सबैमा शुभकामना दिन चाहन्छु ।

poster

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...