आदिवासी जनजाती महासंघ द.कोरिया ख्वाङजुले वृहत सांस्कृतिक कार्यक्रम गर्ने


आदिवासी जनजाती महासंघ द.कोरिया ख्वाङजुले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । महासंघले गत वर्ष जस्तै २५६२औ बुद्ध जयन्ती,किराँति समुदायले मनाउदै आएको महान मौलिक पर्व यलेदुङ ५०७८ औं उभौली साकेला नाच तथा बिभिन्न सांस्कृतिक कार्यक्रम गर्ने भएकाे हाे।

२०१८ मे २०  तारिख आइतबार ख्वांजु 하남 3번도로 축구장हानाम 3नं. फुटबल पार्कमा उक्त कार्यक्रमको आयोजना गर्ने महासंघ ख्वांजू का कार्यक्रम संयाेजक शुसिल गुरुङले बताए ।

‘समानता, सहआस्तित्व र आपसी सद्भाब हाम्रो कल्पना आफ्नो मौलिक संस्कार संस्कृतीको जगेर्ना हाम्रो चाहना’ भन्ने नाराको साथ, राज्यबाट ओझेलमा पारिएको आदिवासी जनजातीहरुको हक अधिकार, भेषभुषा, भाषा, कला संस्कृति लिपि र इतिहासहरुलाई संरक्षण र सम्बर्धन गर्नमा टेवा पुरयाउने साथै विश्व शान्तिको अग्रदुत भगवान गौतम बुद्ध BUDDHA WAS BORN IN NEPAL भन्ने शन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रममा प्रवासी भुमी दक्षिण कोरियामा बिभिन्न पेसा, ब्यवसाय तथा अध्ययनको सिलसिलामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाई कार्यक्रममा गरिमामय उपस्थितीको निम्ती आयोजकले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने स्थान:-광산구 손재로287 번길 36 하남3번로 축구장 (제방전지 옆 해양도시가스입구)हानाम 3नम्बर रकेट ब्यट्री कम्पनी संगै रहेको पार्क।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...