आत्महत्याः किन मानिसहरुमा आत्महत्याको सोच आउने गर्दछ ?


कुनै दुर्घटना वा भवितव्यमा नपरी आफ्नो ज्यान आफै लिनुलाई हामी आत्महत्या भन्दछौं ।  आत्महत्या गरेका ब्यक्तिहरुको आफन्त वा परिवारजनले कस्तो प्रकारको क्षती र बरबादी अनुभव गर्दछन् भन्ने त भोग्नेहरुलाई मात्र थाहा हुन्छ । घरपरिवारलाई सुनौलो भविष्य दिनको लागी वैदेशिक रोजगारीमा रहेको मान्छेले आत्महत्या गर्दा वा दिनभर काम गरेर परिवार पाल्ने घरको मुली ब्यक्तिले आत्महत्या गर्दा के होला ? यस्ता परिवारका अन्य सदस्यहरुको अनुहारबाट अनिश्चित भविष्यको चिन्ता, दर्द र दुःख मिश्रित पीडा अस्ताउन महिना हैन बषौं पनि लाग्दछ । तपाइँ हाम्रो परिवार वा आफन्तमा आत्महत्याका घटनाहरु नघटेका भए पनि कतै चिनेजानेका मान्छेहरुले आत्महत्या गर्दाको समचारले त हामीलाई कति दुःखी बनाउछ भने यस्ता घटनाहरु भोगेका पिडीत परिवार वा आफन्तहरुको के हाल होला भनि हामी सजिलै अनुमान लगाउन सक्दैनौं ।

यस्ता परिवारका सदस्यहरुलाई जो कोहीले सोध्ने र ती सदस्यहरुले उत्तर दिदा अत्यन्तै पीडा बोध हुने प्रश्न हो फलानाले किन आत्महत्या गरे होलान ?
उनीहरुका साथी, अभिभावक, बच्चा, दाजुभाई, श्रीमान् वा श्रीमतीले किन आफ्नो ज्यान आफै लिए होलान ? आत्महत्या पश्चात पाईने अधिकांश चिठीहरुमा उनीहरु जीवन देखी बिरक्तिएको भनिएता पनि कसरी त्यस्तो बिरक्तिपना जीवनमा आयो त भन्ने प्रश्न अनुत्तरित नै हुन्छ र बांच्नेहरुले आत्महत्या गर्ने आफन्तहरुमा यसरी आएको बिरक्तपना समयमै देख्न नसकेकोमा जीवनको अधिकांश समयमा गल्ती र पछतो महशुस गरिरहन्छन् ।

मर्न चाहनु र जीन्दगी जीउन नचाहनु अलग अलग विषयहरु हुन् । आत्महत्याको असफल प्रयाश पछि जीवन जीउनेहरुको अध्ययनले भन्दछ आत्महत्या गर्ने कारणमा मर्न चाहनु भन्दा पनि जीवन जीउन नचाहनु बढी जिम्मेवार छ । यो अचम्मको डाईकटमी (दुई भागमा बांडिएका) हो । जानकारहरुको अनुसार यी दुई रोजाईहरु मध्ये अर्को कुनै बीचको विकल्प भए आत्महत्या गर्ने धेरै मान्छहरुले सो विकल्प रोज्ने थिए ।

स्वेच्छाले आफ्नो हत्या आफैले गर्नुलाई आत्महत्या भनि परिभाषित गरिएको छ । थुप्रै कारणहरुले गर्दा मान्छे आत्महत्या गर्ने निर्णयमा पुग्दछ । झण्डै हरेक मानिसहरुमा आफ्नो जीवनको कुनै न कुनै समयमा आत्महत्याको सोच आएको अनुभव गर्दछन् । जीवन जीउने सिलसिला, विगतका दुःख, मानसिक वा शाररिक रोग, सामाजिक परिस्थिती तथा कमजोर मानसिकता÷आत्मबल, आदिको विषयमा हरेक मानिसहरुले जीवनमा कठिन समयहरुको सामना गर्नु पर्ने हुन्छ तर कसै कसैले त अझ कठिन समयहरुको पनि सामना गर्दछन् ।

वर्तमान परिस्थितीमा घोर निराशा देखे पछि र सो परिस्थिती सुधार्ने अन्य बाटाहरु छैनन् भन्ने ठाने पछि मानिसहरु आत्महत्याको बाटोतिर अभिप्रेरित हुन्छन् । आत्महत्याको साझा र साधारण कारणहरुमा कमजोर मानसिकता÷कमजोर आत्मबल, लागु पदार्थ, आर्थिक समस्या तथा सम्बन्धहरुमा समस्या, आदि हुन् ।

आत्महत्या रोकथामको केहि उपायहरुमा हातहतियार खरिद बिक्रीमा रोक, मानसिक रोगको उपचारमा अत्याधुनिक प्रविधी र सेवाको विस्तार र आर्थिक स्तरको सुधार, आदि हुन् । आत्महत्या गर्ने प्रायःजसो मानिसहरु यस्ता दुःखहरुमा परेका र यस्ता समस्याहरुबाट पार पाउने उपाय नदेखेकाहरु हुन् । आज विश्वमा प्रति बर्ष लगभग आठ लाख भन्दा बढी मानिसहरुले आत्महत्या गरिरहेका छन् र यत्तिकै मात्रामा आत्महत्याको प्रयाश गर्ने वा आत्महत्या गर्न मन लाग्ने तथ्याड्ढ छ । आत्महत्या गर्ने देशहरुमा गुयाना सबै भन्दा अग्र स्थानमा छ भने दक्षिण कोरिया उत्तर कोरिया पछि तेस्रो स्थानमा रहेको छ ।
विज्ञहरुको अनुसार प्रायः जसो आत्महत्या मान्छेहरुको तत्कालको निर्णय हैन ।

साधारणतथा आत्महत्याका निम्न ५ कारणहरु छन् ः

१. भविष्य तथा जीवन प्रतिको आसा, उत्सुकता र रहर हराएर दुःखीत ( कमजोर मानसिकता÷कमजोर आत्मबल) ः यो नै मान्छेले आत्महत्या गर्नुको प्रमुख कारण हो । यस्तो स्थितीलाई डिप्रेसन भनिन्छ । गहिरो डिप्रेसन हुनेहरुले यस्तो हालतको अनुभव सम्पुर्ण ईन्द्रियहरुमा गर्दछन र यस्तो हालतबाट छुटकारा पाउने आसा मारिसकेको हुन्छन । यस्ता मान्छेहरुमा आफु बांच्नुको पीडा बहन गर्न नसक्ने हुन्छन् । डिप्रेसनको यो परिस्थितीले मान्छेहरुको सोचलाई परिवर्तन गरिदिन्छ र आफु नभए अरु सबैलाई राम्रो हुने जस्तो सोचको विकास गराउदछ । यस्तो विचार उत्पन्न हुनुमा उनीहरुलाई दोष दिनु हुदैन । मुटुको रोगीलाई छाती दुख्यो भने यो रोगीको दोष नभएर रोगको लक्षण भए झै डिप्रेसनका रोगीहरुले आफु बिना परिवारका अन्य सदस्यलाई राम्रो हुने भन्ने सोच पनि ब्यक्तिको नभएर रोगले ल्याउने सोच हो—यो रोगको लक्षण हो, रोगको प्रकृती हो ।

प्राःय जसो डिप्रेसन जुनसुकै स्टेजमा पनि उपचार गर्न सकिने खालका हुन्छन् । त्यसैले यो हाम्रा पारिवारिक सदस्य, आफन्त र साथीहरुमा छ कि भनि चिन्न÷जान्न खोज्नु पर्दछ । मान्छेहरु थाहा नै नपाएर यसको शिकार भैरहेका हुन्छन् र उनीहरुमा आउने आत्महत्याको विचार अरुलाई थाहा हुदैन । यस्ता मान्छेहरुलाई आत्महत्याको विचार उत्पन्न हुन्छ कि हुन्न भनि सिधै प्रश्न गर्नाले ईमान्दार उत्तर प्राप्त गर्न सकिन्छ भलै यस्तो प्रश्न सोध्ने प्रश्नकर्ता र उत्तरदिने दुबै पक्षलाई अप्ठ्यारो महशुस किन नहोस । जब तपाईलाई लाग्छ कि कसैलाई डिप्रेसन भएको छ तब उसमा उत्पन्न हुने आत्महत्या सम्बन्धी विचारको कारण उसलाई यस्तो प्रश्न सोध्नै हुन्न भन्ने धारण तपाईमा पैदा हुन दिनु हुदैन ।

२. मानसिक रोग ः यो रोगको शिकार भएका मान्छेहरुमा अरुलाई हानी गर्ने भित्री आदेश आउने गर्दछ फलस्वरुप उनीहरु अरु वा आफुलाई समेत बिना कुनै स्पष्ट कारण हानी नोक्सानी पुर्याउदछन् । मानसिक रोग डिप्रेसन भन्दा बढि स्पष्ट देखिने हुन्छ र स्वभावत बढी खतरनाक पनि हुने गर्दछ । यस्तो रोगलाई चिकित्सकिय भाषामा स्क्टिसयुफ्रिनिया वा साईकोसिस पनि भनिन्छ । यस्ता रोगका शिकार हुनेहरुको सोच, महशुस र कार्यमा समानता हुदैन ।  आफ्नो भित्री आवाजले आत्महत्या गर्न आदेश दिएको बारे उनीहरु खुलेर बताउन पनि सक्छन र यो कुरा नभन्न पनि सक्छन तर विज्ञको अनुसार सिधा प्रश्न सोधेमा उनीहरु ईमान्दार उत्तर दिन सक्दछन् । यो रोग पनि उपचार गर्न सकिने रोग हो । उपचार पछि विरामीलाई सम्पुर्ण रुपमा काम गर्न सकिने बनाउन सकिन्छ । उपचार नभएका वा कमजोर उपचार पाएकाहरुलाई अस्पताल भर्ना गर्नै पर्ने हुन्छ जसलाई बन्द कोठामा राखी उनीहरुमा आउने भित्री आदेशलाई शिथिल नपारुन्जेल उपचार गरिन्छ ।

३. बहुलापन÷पागलपन ः लागु पदार्थ तथा अल्कोहल (जांड रक्सी) सेवन गर्ने मान्छेहरु मध्ये केही अलिक बढी भावानात्मक हुने गर्दछन र परिणामको नतिजाको बिना आंकलन आफ्नो जीवन अन्त्य गर्ने कोसिस गर्दछन् । नशा नखाएको÷नलागेको वा शान्त भएको बेलामा भने उनीहरु जब्बरजस्ती रुपमा लाज वा गल्ती महसुस गर्दछन् । उनीहरुको गल्ती स्विकारोक्त्ती सत्य हुन्छ र उनीहरुले फेरी आत्महत्याको प्रयाश गर्छन वा गर्दैनन् भन्ने कुराको भविष्यबाणी गर्न सकिदैन । उनीहरुले अर्को पटक नशा अत्यन्त बढी चढेको बेला आत्महत्याको प्रयाश गर्न सक्दछन् वा जीवनभरी कहिल्यै पनि नगर्न पनि सक्दछन् । यस्ता ब्यक्तिहरुलाई अस्पताल भर्नाको त्यति जरुरत पर्दैन ।

४. सुझाव र सहयोगको लागी तड्पिनु÷कोबाट यस्तो सुझाव र सहयोग प्राप्त हुन्छ भनि थाहा नहुनु ः यस्ता मान्छेहरु साधारणतया मर्न चाहदैनन् तर आफ्ना आफन्त वा वरपरका अन्य मान्छेहरुमा आफुमा कुनै कुरा अत्यन्त गम्भिर रुपमा गलत रहेको जनाउ दिन चाहन्छन् । आफु मरुला भन्ने उनीहरुमा विश्वास हुदैन र यस्ता तरिकाहरु अबलम्बन गर्दछन् कि त्यस्ता तरिकाहरुले उनीहरुलाई मरण नै दिनेछ भन्नेमा उनीहरु विश्वास राख्दैनन् — यो त केवल आफुलाई वेवास्ता गर्ने वा आफुलाई हानी गर्नेहरुलाई देखाउन वा उनीहरुको ध्यान आफुमा केन्द्रित गर्न यस्ता तरिकाहरु अबलम्बन गरेका हुन्छन् — तर यस्ता तरिकाहरुले पनि तिनीहरुको ज्यान लिन सक्दछ र आत्महत्या हुन सक्दछ । जस्तो कि कुनै जवान केटिले आफ्नो केटा साथीले वेवास्ता गरेकोमा उसको ध्यान आफुमा केन्द्रित गर्न प्यारासिटामोलको धेरै ट्याब्लेट खान सक्दछिन् तर उनीमा यो हेक्का हुन्न कि प्यारासिटामोलको धेरै ट्याब्लेटले उनको कलेजोलाई स्थायी क्षती गर्दछ । कलेजोको स्थायी क्षतीले मान्छे बांच्ने कुरै भएन । यसरी आत्महत्या गर्नेको संख्या निकै उल्लेख्य हुने गर्दछ । वास्तबमा उनीहरु आफ्नो आफन्तको ध्यान आफुमा केन्द्रित गर्नको लागी यस्तो कदम उठाएका हुन्छन् र उनीहरुको दर्द, दुःख वा समस्या माथी आफन्तले ध्यान दिने बित्तिकै जीवन बांच्न चाहन्छन् तर यो अति ढिलो भैसकेको हुन्छ ।

५. मृत्ुयको ईच्छा हुनु ः निको नहुने रोग वा अत्यन्त दर्दनाक रोग लागेका मान्छेहरुमा आत्महत्याको ईच्छा जागृत हुन्छ वा हुन सक्दछ । उनीहरु आफ्नो भाग्य आफैले निर्धारण गर्न र दर्दनाक पीडाबाट छुटकारा पाउन आत्महत्याको बाटो रोज्न सक्दछन् ।

आत्महत्याको १५ कारणहरु

आत्महत्याको सबैभन्दा साझा कारण कमजोर मानसिकता वा कमजोर आत्मबल हो । आत्महत्या गर्ने हरेक १०० जनामा ९० जना यसैको कारण आत्महत्याको बाटो रोज्न पुगेको आंकडा छ । मानसिक रोगको अलवा अन्य कारणहरु जस्तो ट्रमा, लागु पदार्थ सेवन, जिविकोपार्जन सम्बन्धी समस्याहरु, दिर्घ रोग र निको नहुने रोग, आदिको कारण पनि मानिसहरु आत्महत्याको बाटो रोज्न पुग्दछन् ।

१. मानसिक रोग ः मानिसहरु सबैभन्दा बढी मानसिक रोगको कारण नै आत्महत्या गर्दछन् । मानसिक रोगको उपचार सम्बन्धी विविध विधि र प्रकिया भएतापनि विरामीहरु पुर्ण रुपमा ठिक हुदैनन् । प्राय विरामीहरुले मानसिक रोगको औषधी र उपचार विधि बीचमै छोडिदिन्छन् । यसरी औषधी र उपचार विधि बीचमै छोडिदिदा विरामीहरुमा मानसिक पिडा र चिन्ता बीचमै रोकिन्छ ।

सुर्ता, चिन्ता, फिक्रि वा पछि नराम्रो होला भन्ने मनोडर । समाजिक डर, डरलाग्दो आक्रमण जस्तो कि छारे रोगको, कुनै बस्तु, चिज, घटना वा मान्छेको बारेमा अति नै सोच्नु, कुनै बानीलाई कन्ट्रोल गर्नै नसक्नु, कुनै मानसिक रोगको कारण साथी बनाउन नसक्नु, विद्यालय जान वा पढाई सिद्ध्याउन नसक्नु, कुनै पेशा वा काममा टिक्न नसक्नु । एक्लोपना र डरले पनि मानिसलाई आत्महत्याको बाटो तिर प्रेरित गर्दछ ।

कहिले अति दुःखी त कहिले अति खुसी हुनु वा मुड क्षण क्षणमा बिना कुनै कारण परिवर्तन भैरहनु पनि एक प्रकारको खतरनाक मानसिक रोग हो । यसले सम्बन्धलाई टिकाईराख्न र सन्तुलित जीवन जिउन दिदैन फलस्वरुप मानिस आत्महत्याको बाटोतिर मोडिन सक्दछ ।

दलन वा शक्तिहिनता वा निराशा वा सपना हराउनु आत्महत्याको सबै भन्दा मुख्य कारण हो । भोलीलाई अंध्यारो देख्नु, कसै प्रति पनि विश्वास पैदा नहुनु, आगामी समय झन् नराम्रो कल्पना गर्नु, आदि पनि आत्महत्याको प्रमुख कारण हो ।
स्किट्सउफ्रिनिया ः यस्तो अवस्थाको मानसिक रोग हो जसमा पुगेका रोगीहरुको आफ्नो विचार, भावना र व्यवहारमा कुनै तालमेल नै हुन्न । यो स्टेजका रोगीहरु यस्ता चीजहरु देख्दछन् बास्तवमा ती चीजहरु उनीहरुको वरिपरि हुदैनन् वा यस्ता आवाजहरु सुन्दछन् बास्तवमा ती आवाजहरु त्यहां हुदैनन् । किनभने उनीहरुको ब्रेनको कतिपय भागहरुले काम गर्न छोडिसकेका हुन्छन् । यस्तो अवस्थामा पनि मानिस आत्महत्याको बाटोतिर उन्मुख हुन्छ । मानसिक रोगको औषधीले गर्ने साईड ईफेक्टले पनि विरामीलाई यो अवस्थामा पुर्याउन सक्दछ ।

२. नराम्रो घटनाको ताजगी ः जीवनमा घटेका, देखेका वा भोगेका नराम्रा घटनाहरुको यादले मानिसलाई दुःखी, दण्डित र लज्जित बनाईरहन्छ । शाररिक दुरुपयोग, यौन दुरुपयोग, लडाई वा काटमारको दृश्य वा सम्झनाले मानिसलाई त्रसित बनाईरहन्छ र आत्महत्याको बाटो लिन सक्दछ । किनभने रोगीले हालमा पनि यस्तै भैरहेको पो हो कि भन्ने मान्दछ ।

३. डर, धम्की वा त्रास देखाएर कुनै काम गराउनु ः यसरी पनि मानिसमा आफुमा कुनै शक्ति नभएको, निच, बेकम्मा भएको महशुस हुन्छ र यस्तो स्थिती परिवर्तन गर्न नसके मानिसले जीवन जिउने माया मार्न सक्दछ । विद्यालय वा कलेज तहमा यस्ता खाले घटनाहरु निकै घट्न् गर्दछन् । यो यति डरलाग्दो छ कि घटना नहुन्जेल कसैले पनि यस्तो भै रहेको छ भन्ने छनकसम्म पाउदैन । आजभोली यस्ता खाले घटनाले डिजिटल रुप धारण गरिसकेको छ । त्यसैले प्रायःदेशहरुमा सरकारले साईबर कानुन बनाईसकेको पनि छ । विल्कुलै निजी मामिला बाहिर आए आफ्नो अस्तित्व नै समाप्त हुने भयले पनि मानिसहरु आत्महत्यातिर उन्मुख हुन सक्दछन् ।

४. व्यक्तित्व बेमेल ः व्यक्तित्व बेमेललाई हामीले समाजमा घुलन हुन नसकेको बानी भनेर भन्ने गरिएता पनि यो मानसिक रोगसंग घनिष्ट रुपमा सम्बन्धित छ । व्यक्तित्व बेमेल हुनेहरु सम्बन्ध स्थापना गर्न, सम्बन्ध र जागिर टिकाई राख्न र जीवन चलाई रहन समस्या हुने गर्दछ । उदाहरणको लागी जस्तो कि लोग्नेको भरमा मात्र रहने श्रीमती लोग्ने जति सुकै नराम्रो भएको भए पनि लाग्ने छोड्न सक्दैनन् बरु उनी यो संसार छोड्न आत्महत्या गर्न तयार हुन्छिन् ।
सम्बन्धसंग भाग्ने व्यक्तित्व भएका मानिसहरु सामाजिक सम्बन्ध कायम गर्न सक्दैनन् किनकी तिनीहरुमा समाजले आफुलाई नरुचाउला वा आफु समाजमा घुलमिल हुन नसकुला भन्ने मनोबैज्ञानिक डर हुन्छ । यसले उनीहरुलाई समाजमा एक्लो बनाउदछ र आप्mनो कुनै साथी हुन नसक्ने निक्र्योलमा उनीहरु पुग्दछन् । अन्त्यमा यस्तो समस्याबाट आफु भाग्न नसक्ने ठानी उनीहरु आत्महत्याको बाटोतिर लाग्न सक्दछन् । यसरी व्यक्तित्व बेमेलको अति उच्च जोखिममा पुगेका मानिसहरुमा दिमाग प्रयोग नभएको बानी ब्यहोरा देखाउने, भावनाहरु ठिक ढंगले प्रस्तुत गर्न नसक्ने र अस्थायी सम्बन्धहरु भैरहने लक्षण देखिने गर्दछ ।

५. जांड, रक्सी तथा लागु पदार्थ ः नियमित रुपमा ड्रग वा जांड, रक्सी सेवन गर्ने मानिसहरु अन्य मानिसको तुलनामा छिटो निराशाको शिकार हुन सक्दछन् । बर्तमान जिन्दगीको परिस्थिती र निराशाको दुःखाई कम गर्न धेरै मानिसहरुले लागु पदार्थ सेवन वा रक्सी, जांड सेवन गर्दछन् । यसरी लत बसेको जांड, रक्सी तथा लागु पदार्थको सेवनले तिनिहरुको पिडालाई केहि क्षणको लागी कम गरेता पनि पछि गएर यसले सेवनकर्ताको दिमागी क्रियाकलाप र न्युरोट्रान्समिटर (हाम्रो दिमागको नर्भहरु बीच संवाद गराउने केमिकल) लाई असर गर्दै जान्छ ।

जब सेवनकर्ताले आफ्नो उपभोग बढाउदै लान्छ । तब सेवनकर्ताको सोचाईमा परिवर्तन हुन्छ किनकी जांड, रक्सी वा ड्रगले सेवनकर्ताको न्युरोट्रान्समिटर र पुरै दिमागको क्रियाकलापलाई असर गरिसकेको हुन्छ । सेवनकर्ता गहिरो निराशामा पुग्छ र जति उपभोग गरेपनि उ बाहिर आउन सक्दैन र आत्महत्यालाई उसले अन्तिम विकल्पको रुपमा हेर्न सक्दछ ।

६. खानामा जथाभावी ः खानामा खुराकको कमीले मानिसमा डिप्रेशन र नकरात्मक भावना पैदा गर्दछ । ठिक खानाले मात्र मानिसको मानसिक स्वास्थ्य तथा यससंग सम्बन्धित दुखाईलाई सम्बोधन गर्न सहयोग गर्दछ । दुब्लाउनको लागी खानालाई एक पछि अर्को छोड्दै जांदा भोक नलाग्ने रोगको शिकार पनि हुन सकिन्छ वा पातलो मान्छेले माटो हुन धेरै खाना खाने बानी बसाल्दा खाना पचाउन नसकि औषधीको प्रयोग गरि खाना पचाउने वा बान्ता गरि फाल्ने गर्नु पर्ने हुन्छ । यस्तो प्रकियाले मान्छेको शाररिक तथा मानसिक स्वास्थ्यमा प्रतिकुल असर पुर्याउदछ फलस्वरुप मानिस डिप्रेशन तथा निराशाको शिकार बन्न सक्दछ ।

७. बेरोजगारी वा गरिवी ः बेरोजगारीले गरिवी ल्याउदछ । अस्पतालमा उपचार गराउन आएको मुगुको गरिव विमारी उपचार पश्चात अस्पतालको बिल तिर्न नसकेर अस्पतालको छटबाट हाम फालेर मरेको हामीले नसुनेका हैनौं । आमाले आप्mनो साना तीन नानीहरुलाई बिष दिएर आफु पनि बिष पिएर मरेको पनि हामीले सुनेको पढेको हो ।
रिन तिर्न नसक्दा पनि मानिसहरु यस्तै गर्दछन् । वा आफ्नो बर्तमानको जागिरलाई घृणा गर्नेहरुले पनि आत्महत्या गर्न प्रेरित हुने खतरा हुन्छ । पैसाको कमी वा गरिवी वा असन्तुष्तिले मानिसमा भयंकर खतरनाक डिप्रेशन तथा चिन्ता पैदा गर्ने गर्दछ ।

८. एक्लिनु ः एक्लिनु भनेको अरुहरुबाट टाढिनु हो । मानिसहरु विभिन्न कारणबश वा आफ्नै निर्णयले एक्लिने गर्दछन् जस्तो कि एक्लै बस्नु, नजिकको मान्छेको निधन, कमजोर शाररिक तथा मानसिक अवस्था, अरुले मलाई मन पराउदैनन् भन्ने डर वा चिन्ता, अवकाश पछिको जीवन वा अधिक लाजको कारण । समाजमा रहनु र अरुहरुसंग रम्नु मान्छेको मानव आबस्यकता हो । समाजबाट एक्लिदा मानिसको मानसिक स्वास्थ्यलाई नराम्रो हानी गर्दछ र मानिस डिप्रेशनको शिकार बन्न सक्दछ । एक्लिदा मानिसमा एक्लो हुंदाको दर्द र अरुसंग सम्बन्ध नभएको भावना जागृत हुन्छ । यसरी उसको मानसिक स्वास्थ्यमा समस्या, शक्तिमा कमी, लागु पदार्थ सेवन, नकरात्मक भावनाहरु र निद्रा नलाग्ने जस्ता विभिन्न समस्याहरु आउन सक्दछ । यिनै कारणबश मानिस आत्महत्याको बाटोमा अग्रसर हुन सक्दछ ।

९. सम्बन्धमा दरार ः यो संसारमा धेरै मानिसहरु आपसी सम्बन्धको कारण सर्घषरत रहन्छन् । झगडालु सम्बन्ध, सम्बन्धमा सम्मान नहुनु र सम्बन्ध समाप्ती जस्ता कुराहरुले मानिसलाई नराम्ररी असर गर्दछ । हरेक मान्छेले जीवनमा थुप्रै सम्बन्धहरुसंग सर्घष गर्नु पर्दछ । कसै कसैलाई साथी बनाउने वा समाजमा घुलमिल हुन समस्या हुन्छ । कोही श्रीमती माथी अत्याचार गर्ने स्त्रीलम्पट लोग्नेसंग पनि बाध्यताबश बसिरहेका हुन्छन् भने कोहि श्रीमान्हरु आफ्नो श्रीमती परपुरुषसंग लागेको थाहा हुंदाहुदै पनि बाध्यताबश पारपाचुके नगरि बसेका हुन्छन् । मानिसलाई मानविय सामिप्यताको अति नै आबश्यकता पर्दछ त्यसैले त साथी गुण्डा, डांका, चोर भन्ने जान्दा जान्दै पनि साथ छोड्न मान्दैन, बरु उ आफै डांका, गुण्डा, चोर बन्न राजी हुन्छ । जहांसम्म प्रेममय सम्बन्धको सवाल छ , मानव सम्बन्धमा आउने दरारले उनीहरुमा डिप्रेशन, चिन्ता, गल्ती र डर पैदा हुन्छ जसले उनीहरुलाई भावानात्मक पिडा दिन्छ । यसरी सम्बन्धको दरारले मानिसले आत्महत्या गरेको समाचार दैनिक जसो पत्रिकामा पढन पाईन्छ ।

समलिड्डी महिला वा पुरुष, दुबै लिड्ड तर्फ आकर्षित हुनेहरु र आफु एक ट्रान्सलिड्डिय मान्छेहरुले आत्महत्या गर्नुको पछाडि पारिवारिक अबहेलना भन्दा पनि सम्बन्धको दरार प्रमुख कारण हो । धेरै अध्ययनहरुले देखाएको अनुसन्धानमा विपरित लिड्डियहरुले भन्दा यिनीहरुले धेरै सम्बन्ध सम्बन्धी समस्या भोगेका हुन्छन् ।

१०. पारिवारिक ईतिहांस वा बंशानुगत गुण ः आत्महत्या तथा विविध मानसिक रोगहरु बंशानुगत तवरले पनि एक पुस्तादेखी अर्को पुस्तामा सर्ने विभिन्न बैज्ञानिक अध्ययनले प्रमाणित गरेको छ । हजुरबा, बाबा वा आमा पट्टीको वा हजुरआमा पट्टीको कोहि ब्यक्तिले आत्महत्या गरेको छ भने उक्त हांगाका सन्तानहरुमा आत्महत्या गर्ने संभावना रहन्छ ।

११. दार्शनिक ईच्छा वा अस्तित्व संकट ः जब जीवन अर्थहिन बन्दछ तब मानिस आफैले आफैलाई प्रश्न गर्दछ कि म किन बांचिरहेको छु वा मेरो अस्तित्वको उद्देश्यको के को लागी भनेर । यस्तो सोच आउने मानिसहरु आत्महत्याको बाटोतिर अग्रसर हुन सक्दछन् ।

१२. निको नहुने रोग ः बर्तमानमा विज्ञान र औषधीले निको पार्न नसक्ने रोग लागेका मानिसहरु डिप्रेशनको शिकार हुन सक्दछन् । यस्तो स्थिती आफ्नो कमजोर स्वास्थ्यको कारण आउद सक्दछ किनकी यस्तो स्थितीमा उनीहरु आफ्नो रोगको कारण खराब जीवन ब्यतित गरिरहेका हुन्छन् । निको नहुने रोगहरु जस्तो कि थुप्रै प्रकारका क्यान्सर वा एड्स आदिको कारणले आफ्नो जीवन र भविष्यको आसा मारिसकेका हुन्छन् । अन्य रोगहरु जस्तो कि शाररिक वा अन्य अपाड्ड रोगहरुले पनि मानिसहरुलाई दैनिक जीवन जिउन अति नै गाह्रो पार्ने गर्दछ । यसैको कारण पनि यस्ता रोगहरु लाग्ने वा बृद्धहरुले ईच्छा मृत्यु गर्न पाउनु पर्दछ भन्ने माग विभिन्न देशको सरकारहरु समक्ष गरेको पनि पाईन्छ ।

१३. निको नहुने पीडा वा दुखाई ः तीनदेखी ६ महिनासम्म लगातार पीडा हुने वा शरिरको कुनै भागमा लगातार दुखाई भै नै रह्यो भने यस्तो पीडा वा दुखाईलाई निको नहुने पीडा वा दुखाई भनेर जानिन्छ । यस्तो पीडाले दैनिक काम गर्ने सक्षमतालाई प्रभाव पार्दछ र मानिसको मानसिक स्वास्थ्यलाई पनि असर गर्दछ । यस्तो पिडाबाट मुक्त्ति पाउन उसलाई असंभव जस्तो हुन्छ । यस्तो अवस्थामा प्रयोग गरिने दुखाई कम गर्ने औषधीहरु उपचार हैनन् । समयक्रमसँगै यिनीहरुको मात्रा बढाउदै लानु पर्ने हुन्छ । यस्तो अवस्थामा पनि मानिस आत्महत्या गर्न प्रेरित हुने गर्दछ ।

१४. आर्थिक समस्या ः आर्थिक रुपमा संर्घषरत केहि मानिसहरुले आफु क्रण तिर्न नसक्ने भन्ठान्छन् । आर्थिक संकटले मानिसको मानसिक स्वास्थ्यमा असर गर्दछ । लखपती, करोडपती तथा अरबपतीहरुले पनि आत्महत्या गरेको धेरै उदाहरणहरु छन् । यस्तो निर्णय लिनमा उनीहरुको ब्यापार चौपट भएको वा ब्यापार घाटा भएको वा क्रण तिर्न नसकेको कारण हुन सक्दछ । जीवनमा आई पर्ने अचानकका घटनाहरुको कारणले पनि मानिसलाई क्रण लाग्न सक्दछ । लापरबाही तवरले खर्च गर्ने र आर्थिक उद्देश्यहरु नभएका मानिसहरुलाई यसरी ऋण लाग्न सक्दछ । ऋण र ब्याज तिर्नको लागी तारान्तार आउने फोन, चिठ्ठीपत्र र म्यासेजहरुले मानिसलाई लज्जित र आफ्नो आर्थिक स्थिती सुधार गर्न नसक्ने निराशावादी बनाईदिन सक्दछ ।

यस्ता आर्थिक कठिनाई भोग्ने अधिकांश मानिसहरुले आफ्नो समस्यालाई समाधान गर्न सक्दछन् तर केहि मानिसहरु भने यस्ता कठिनाईलाई समाधान गर्न नसक्ने खालको हुन्छन् । यस्तो परिस्थितीमा मानिसहरु लज्जित भए र निराश भए भने आत्महत्याको बाटो तय गर्न सक्दछन् ।

१५. औषधी सेवनको असर ः डिप्रशन मुक्तिको लागी दिईने धेरै जसो औषधीहरुले साईड असरहरु गर्ने खालको हुन्छन् जसले मान्छेमा आत्महत्याको विचार जगाईदिन पनि सक्दछ । किनभने यस्ता औषधीहरुले नर्भहरुको बीचमा संचार गराउने मानव केमिकललाई असर गर्दछ । मानव केमिकल असन्तुलन नभएको अवस्थामा यस्ता औषधीको असर सदैब नकरात्मक हुन्छ । केमिकल सन्तुलनको लागी प्रयोग गरिने औषधी पनि ठिक भयो भनि पुरा जांच बिना छोडेमा पनि यसले असर गर्दछ । मानिसमा आत्महत्या गर्ने भावना पैदा गरिदिने अन्य मानसिक औषधीहरु पनि छन् जसको लगातार सेवन वा बीचमा छोड्दा मानिसको दिमागी असर पैदा गर्दछ ।

अन्त्यमा ः आत्महत्या कायरहरुको सोच हो । जीवन जिउने क्रममा आई पर्ने कठिनाई, बाधा, अड्चन र समस्याहरुसंग लड्न नसक्नेहरुमा यस्तो सोच आउने गर्दछ । यो बिल्कुलै नकरात्मक र हानिकारक सोच हो । दिर्घरोगी, बृद्ध, साहाराबिहिन, अशक्त्त र कहिल्यै निको नहुने रोग लागेकाहरुले रोज्ने भनिएको स्वेच्छाको आत्महत्यालाई समेत धेरै विज्ञहरुले विरोध गर्ने गर्दछन् ।

जीवनमा निराशा छ भने जीवनको बाटो परिवर्तन गर्ने हो, जीवन जिउने तौर तरिका परिवर्तन गर्ने हो, गन्तब्य र साथ परिवर्तन गर्ने हो । आत्महत्या हैन । आर्को जुनी कसले अनुभव गर्या छ र । यो संसारमा सबैभन्दा अचम्मको उपहार हो मानव जीवन । लेट्स लिभ टु द फुलेस्ट । लेट्स ईन्जोय इट ।
(साभार ः विभिन्न सुचनामुलक साईटहरु)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...