आउदा बर्षहरुमा सतप्रतिशत ईपिएस कोटा बढछ – श्रम सहचारी अनिल गुरुङ


 

 

 

दक्षिण कोरियाले विदेशी कामदारहरुमाथि गरिने विभेद अन्त गर्दै व्यवस्थित र नियमितरुपले विदेशी कामदारहरु आपुर्ति गर्ने उद्देश्यले सन् २००४ देखि कोरीयाले रोजगार अनुमति प्रणाली लागु गरेता पनि २००७ को जुलाई २३ मा नेपाल सरकार,श्रम तथा रोजगार मन्त्रालय र कोरीयाको रोजगार तथा श्रम मन्त्रालय वीच मन्त्रीस्तरमा समझदारी पत्र (Memory of understanding ) हस्ताक्षर पश्चात नेपालमा रोजगार अनुमति प्रणाली ( ईपिएस) लागु भएको हो | मासिक एक लाख भन्दा बढी कमाइ हुने कोरिया नेपाली युहाहरुको आकर्षक गन्तब्य हो | सन् २०१२ को अन्त्यतिर कोरियाका लागि श्रम सहचारी नियुक्त भएर कोरिया आएका अनिल गुरुङ आफ्नो कार्यकाल सकेर २०१६ को जनवरी १५ तारिख नेपाल फर्किदै छन् | नेपाली दुताबास नेपाली मजदुरको समस्या समाधान गर्न उदासिन हुने गरेको आरोप लाग्ने गरेको बेला  गुरुङ श्रम सहचारी भएर कोरिया आए पछि नेपाली मजदुरहरुको समस्या धेरै हदसम्म कमि आएको छ | कोरियाका नेपाली मजदुर बीच निकै सुमधुर सम्वन्ध बनाउन सफल गुरुङ कुनै नेपालीलाई समस्या परेको जानकारी पाउन साथ फिल्डमै खटिएर समस्या समाधान गर्छन | कोरियामा रहेका समग्र नेपालीहरुको अवस्था र मजदुरहरुको समस्यामा केन्द्रित रहेर फोनिजकोरियाका लागि गुरुङसंग निश्चल काउचाले गरेको कुराकानी :-

 

 

 

 

कोरियामा नेपालीहरुको समग्र अवस्था कस्तो छ ?

 

 

 

म कोरिया २०१२ को अन्त्यतिर आएको हु | त्यति बेला नेपालीहरुको संख्या १५ हजारको हाराहारीमा थियो | अहिले त्यो संख्या ३० हजार भन्दा नाघेको छ | कोरियामा नेपालीहरु औधोगिक क्षेत्र , कृषि क्षेत्र र थोरैको संख्यामा सेवा क्षेत्रमा पानो कार्यरत छन् | समस्तिगत रुपमा भन्नु पर्दा कोरिया नेपाली युवाहरुको लागि आकर्षक गन्तब्य मुलुक हो | यहाँ रहेको नेपालीहरुलाई राम्रो अवस्थामा पाएको भेटेको छु |

 

 

 

 

नेपाली  मजदुरहरुको समस्या पनि थुप्रै छन् नी ?

 

 

 

 

पक्कै पनि नेपाली मजदुरहरुको समस्या छन् | समस्याको एउटा पाटो नै बैदेशिक रोजगारीमा आउनु  नै समस्या हो अनि बैदेशिक रोजगार नै समस्या हो | कोरिया आईसके पछि भाषाका समस्या छ | मौसम , खानपानको समस्या छ | त्यस पछि हाम्रो देशमा काम गर्ने शैलीको फरक छ | समस्या हुदा हुदै पनि कोरिया आएर हुने प्राप्त हुने उपलब्धि माझ समस्या गौण हुन् |

 

 

 

 

पछिल्लो समयमा आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्दो देखिन्छ नी ?

 

 

 

हो | अहिले आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या तुलानात्मक रुपमा बढेको छ | म के जानकारी गराउन चाहन्छु भने २०१५ मा ९ जना नेपालीले आत्महत्या गरेका थिए | मैले उनीहरुले आत्महत्या गर्नुको कारण केलाउदै जादा व्यक्तिगत आत्महत्या समस्याको कारण गरेको देखिन्छ | कोही घरायसी समस्याले गर्दा कोही आफ्नो स्वास्थ्यको कारणले गरेका छन् | यस्ता समस्यालाई समाधान गर्न हाम्रो समाज , घरपरिवार देखि लिएर साथी भाइ लगायत सबै नेपालीहरुले सहयोग गर्नु पर्छ |

 

 

 

 

कोरियाबाट बैधानिक रुपबाट भन्दा अबैधानिक हुण्डी मार्फत बढी पैसा जान्छ | यसलाई रोक्न नेपाल सरकारले कुनै कदम चाल्न नसकेको या नचाहेको हो ?

 

 

 

 

नेपाल सरकार जहिले पनि नेपाली श्रमिकहरुले कमाएको पैसा बैकिङ  च्यानल मार्फत भित्रियोस भन्ने चाहन्छ | त्यस कारण हामीले केहि कदमहरु अगाडी बढाएका छौ | पक्कै पनि आगामी दिनमा बैकिङ प्रणाली मार्फत पैसा पठाउनेको संख्या बढने छ | म उदाहरण दिन चाहन्छु म शुरुमा आउदा बैकबाट पैसा पठाउनेको संख्या न्यून थियो | अहिले करिब ३० प्रतिशत नेपालीले बैक मार्फत पैसा पठाउ छन |  अझै केही समस्याहरु छन् | हामीले नेपाल सरकार कोरियाली बैक , नेपाली बैकहरुसंग सहकार्य गरेर अगाडी बढिरहेका छु | आगामी दिनहरुमा बैक मार्फत पैसा पठाउनेको संख्या वृद्धि हुनेछ |

 

 

 

12467930_10208502088135546_2103654827_n

 

 

यो वर्ष देखि कोरियाले लाओसबाट पनि कामदार  ल्याउदै छ | यसले नेपाली कामदारको कोटामा असर गर्छ कि गर्दैन ?

 

 

 

 

गर्दैन | नेपाली कामदारको लागि छुट्टाएको कोटामा नेपाली मात्र आउने हो | नेपाली कामदारहरु भनेको कोरियाली कम्पनीका मालिकहरुले मन पराएका कामदार हुन् | यस कारण पनि नेपाली कामदारको कोटालाई कुनै असर गर्दैन | हामीले देखिराखेका छौ | नेपाली कामदारको कोटा हरेक बर्ष बढदो छ | आगामी बर्षहरुमा अझै बढने छ |

 

 

 

नेपाली दुतावास मजदुरहरुको समस्या समाधान गर्न उदासिन देखिन्छ भन्ने आरोप पनि लाग्ने गरेको छ नी ?

 

 

 

 

यो सरासर गलत हो | यहाँहरुले देख्न सक्नु हुन्छ | म शुरुमा आउदा जति मजदुरको समस्या सुनिन्थ्यो अहिले आएर एकदमै कमि आएको छ किनकी दुतावासले नेपाली मजदरको दुखमा , समस्यामा साथ् दिदै आएको छ | म कोरिया भरिका धेरै कम्पनीमा पुगेको छु | हजारौ मजदुरहरुलाई भेटेको छु | कोरियाका बिभिन्न अनलाईन मिडियाहरुमा मजदुरको हकहित सम्वन्धि , स्वास्थ्य सम्वन्धि , मजदुरले पाउने सेवा सुबिधा सम्वन्धि लेखहरु मार्फत सुचित गर्ने काम पनि गर्दै आएको छु | नेपाली दुतावास मजदुरको समस्या हल गर्न लागि परेको छ | पहिले भन्दा अहिले आएर नेपाली श्रमिकहरु पनि दुतावासको कार्य प्रति सन्तुष्ट देखिएका छन् |

 

 

 

 

तपाई आफ्नो कार्यकाल सकेर नेपाल फर्कदै हुनुहुन्छ | कोरिया बसाई कस्तो रह्यो ?

 

 

 

 

 

म कोरियामा २०१२ नोभेम्वर १६ तारिखमा कोरिया आएको हु | अब म २०१६ को जनवरी १५ तारिख फर्कदै छु | करिब – करिब मैले कोरिया ३ बर्ष बिताए | मैले यहाँ बस्दा कोरियाको समाज , कोरियाको सस्कृति बारेमा बुझ्न पाए | बिशेष गरेर नेपाली मजदूरहरुसंग नजिक रहेर उहाहरुको सुख दुख बुझ्ने मौका पाए | यस क्रममा कोरियामा रहेका बिभिन्न राजनीतिक , क्षेत्रीय , जातिय संघ , संस्थाहरु बिशेष गरेर एन आर एन , एन सि सि लगायत बिभिन्न समाजसेवीहरुले सहयोग गर्नु भएको छ | कोरियामा रहेका नेपालीहरुको जुन किसिमको आत्मियता छ जुन किसिमको सामिप्यता छ यो साच्चै नै सह्रानीय छ | अनुशरण योग्य छ | हामीले देख्न सक्छौ कोरिया कसैलाई दुख बिमार पर्दा होस् या नेपालमा कुनै घटना घट्दा होस् कोरियामा रहेका सबैले नेपाली एक भएर जुट्ने गरेका छन् | कोरियामा रहेका सबै नेपाली एकतावद्ध छन् |

 

 

 

 

अहिले आएर कोरियामा अबैधानिक नेपालीको संख्या बढेको छ भन्ने सुनिन्छ | यस बारे नेपाली दुतावाससंग कुनै तथ्यांक छ की ?

 

 

 

 

संख्याले हिसावले बढेको चाहि हो तर प्रतिशतको हिसावमा बढेको देखिन्न | हिजो १५ हजार हुदा ८ / ९ सय जना अबैधानिक थिए भने अहिले ३० हजार भन्दा बढी हुदा पनि २ हजार भन्दा कमै अबैधानिक छन् | सिभिटी परिक्षा दिएर एउतै कम्पनीमा ४ बर्ष १० महिना काम गरेर बैधानिक रुपमा कोरिया आउनेको संख्या बढ्दो छ | आउदा दिनहरुमा अबैधानिक बस्नेको संख्या घट्ने छ |

 

 

 

 

कोरिया र नेपालको सम्वन्ध निकट नभएको हो ?

 

 

 

 

कोरिया र नेपालको सम्वन्ध अत्यन्त निकट , अन्यन्त सुमधुर छ | म याद दिलाउन चाहन्छु | नेपालमा भुकम्प जान बित्तिकै कोरिया सरकारले आफ्नो टिम पठाएको थियो | औषधि पठाएको थियो त्यति मात्र नभएर भुकम्प पछिको पूर्णनिर्माणमा सहयोग गर्दै छ | अहिले कोरियामा ३० हजार भन्दा बढी नेपाली कार्यरत छन् |

 

 

 

 

आउदा बर्षहरु ईपिएस कोटा बढछ या घटछ ?

 

 

 

 

सतप्रतिशत बढछ | ग्यारेन्टी लिनुस ईपिएस कोटा बढछ किन भने कोरियालाई प्रत्यक  बर्ष  उसले लिइरहेको कामदार भन्दा १५ देखि २० प्रतिशत बढी कामदारको आवश्यकता पर्छ | तथ्यांकले के देखाउछ भने कोरियालाई २०२० सम्ममा अहिले लिएको भन्दा दोब्बर मजदुरको आवश्यकता पर्छ |  यस कारण पनि कोरियामा नेपाली कामदारको संख्या निश्चित रुपमा बढछ |

 

 

 

 

कोरिया आउन चाहने नेपाली युवाहरुलाई के भन्न चाहनु हुन्छ ?

 

 

 

 

भाषा राम्रोसंग सिकेर आउनुस | कोरियामा के काम गर्न जादैछु | काम बारे राम्रोसंग बुझ्नुस | बढी महत्वाकांक्षा नलिएर आउनुस | म कोरियामा श्रम गर्न जादैछु भनेर मानसिक र शारीरिक रुपमा बलियो बनेर आउनुस |

 

 

 

 

अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?

 

 

 

 

मेरो कोरियामा बसाईको क्रममा सहयोग गर्नु हुने सम्पूर्ण कोरियाबासी नेपालीहरु विभिन्न संग संस्थाहरु प्रति आभार ब्यक्त गर्न चाहन्छु | तपाईहरुको कोरिया बसाई सुखद रहोस स्वस्थ्य रहोस भन्दै सधै खुसि र प्रशन्न रहनुहोस |

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...