अण्डा खानुका फाइदाहरु


 

सोल – अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पूराउँछ भन्ने हामी सबैलाई थाहा छ । विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ ।

 

 

अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । विज्ञहरुका अनुसार एउटा अण्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ की त्यसले एउटा कोषलाई चल्लामा बदल्न पुग्छ । अण्डामा आधुनिक भोजनका दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ । त्यसैले अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको उपमा समेत दिने गरेका छन् । अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छन् । यस्तो गुणकारी अण्डा खानुका केही प्रमुख फाइदा यस्ता छन्ः

 

 

१. मोटोपन घटाउन सहयोग गर्छ

 

 

अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यताका कारण दुब्ला मानिसहरुले मोटाउनकै लागि अण्डा खाने चलन नभएको होइन । तर यथार्थ के हो भने अण्डाले दुब्लालाई मोटाउन भन्दा मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोग पूराउँछ । बिहानको ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउसो कम खानकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन सहयोग मिल्छ । अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसहरुलाई फाइदै पुग्छ ।

 

 

२. आँखाको सुरक्षा

 

 

अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छअण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छन् । यी तत्वले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई दूर गर्छ ।

 

 

३. रक्तचाप कम गर्न तथा मुटुरोगबाट बचाउन

 

 

उक्त रक्तचापबाट जोगिन समेत अण्डाको सेवन लाभदायी हुन्छ । अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनका लागि नकारात्मक उत्प्रेरकको भूमिका खेल्छ । अण्डामा फाइदाजनक कोलेस्टेरोल अर्थात् हाइ डेन्सिटी लिपोप्रोटिन हुन्छन् । यसले मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम कम गर्छ ।

 

 

४. चेतना बढाउ

 

 

शरीरको प्राकृतिक चेतना अर्थात् रिफ्ल्याक्सेसमा सुधार गर्नका लागि अण्डा सहयोगी हुन्छ । अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ । अण्डामा कोलिन नामक तत्व पाइन्छ । यो हामीले खाने अन्य खाद्यपदार्थमा विरलै पाइन्छ । यो तत्वले कोष झिल्ली निर्माणमा सहयोग पूराउँछ र मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्छ ।

 

 

५. दाना खुवाएका भन्दा चर्ने कुखुराबाट उत्पादित अण्डा उपयुक्त

 

 

बनिबनाउ दाना खुवाएर हुर्काइएका कुखुराबाट उत्पादित अण्डा भन्दा आफै स्वतन्त्रपूर्वक चर्न पाएका कुखुराले उत्पादन गरेका अण्डा बढि लाभदायी हुन्छन् । यस्ता अण्डामा उच्च मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । यसले रगतमा ट्राइग्लिसेराइडको मात्रा घटाउँछ र मुटुरोगको जोखिम कम गर्छ ।

 

 

६. उच्च गुणस्तरीय प्रोटिन

 

 

अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । प्रोटिन मानव सरीरको मुख्य संरचनागत तह हो । सरीरका सबैखाले तन्तु तथा अणु बन्नका लागि प्रोटिनको आवश्यकता पर्छ । त्यसैले स्वस्थ रहनका लागि भोजनमा पर्याप्त प्रोटिन आवश्यक पर्छ । अण्डा प्रोटिनको निकै राम्रो श्रोत हो । एउटा अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन्छ । अण्डामा सबैखाले आवश्यक एमिनो एसिड ठिक्क अनुपातमा पाइन्छ ।

 

विज्ञहरुका अनुसार एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खानु उपयुक्त हुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...