ग्लोबल तेह्रथुम सेवा समाजले अग्नीपिडीतहरुको लागि दक्षिण कोरियामा राहत संकलन गर्ने

गत पुष १ गते लागेको भीषण आगलागीबाट पिडित आठराई संक्रान्ति बजारबासीहरुको लागि दक्षिण कोरियामा आर्थिक संकलन शुरु गरिने भएको छ । आगलागीबाट पिडितहरुका लागि राहत पुर्याउन आर्थिक संकलन सुरु गरिएको हो ।
तेह्रथुमको आठराई संक्रान्ति बजारमा लागेको आगलागीले ३२ घर जलेर नष्ट भएका थिए । आगलागीको कारण स्थानीयवासीलाई ठुलो भौतिक क्षति भएको थियो । आगलागीबाट १४ करोड ८ लाख भन्दा बढी धनमालको समेत क्षति भएको थियो ।
मुख्य बजारका २७ वटा पसल जलेर खरानी भएका थिए। आगलागीले ५६ परिवारका १५० जना घरबार बिहिन भएका छन । पिडितलाई राहत प्रदान गर्ने हेतुले गणेश कालिकोटेको संयोजकत्वमा १७ सदस्यीय सहयोग संकलन समिति गठन गरिएको छ ।

ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले आगलागीबाट प्रभावित संक्रान्ति बजार पुनः निर्माण तथा पीडितहरुलाई पुनर्स्थापना गर्नको निम्ति दक्षिण कोरियामा रहेका विभिन्न जातीय क्षेत्रिय संघ सस्था ,हरेक जिल्लाका संगठन ,राजनिती दलका भात्री संगठन ,बुद्धिजीवी ,व्यापारी ,पत्रकार ,नेपाल दुधबास कोरिया ,र कोरियामा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनि हरुलाइ आग्रह गरेको छ । यो महान मानबिय कार्यमा एक भइ मातृ भुमिको पिडामा थोरै भए पनि मलम लगाउन सहयोगको लागि समाजले सबैमा हार्दिक अनुरोध गरेको छ। सहयोग संकलन अभियान लाई तिब्र पार्दै तेह्रथुम पौठाक १ निबासि ,अंशुबर्मा अध्यक्ष रहेको DSME याक्थुङ सयङ ,गजेदोमा जनवरी ७ तारीख सनिबार सग्रान्ती अग्नि पीडित सहयोगार्थ फिल्म प्रदशन गरि केही सहयोग जम्मा गरिसकेको छ।

सहयोग राहत प्रमुख जिल्ला अधिकारिको नेतृत्वमा रहेको संक्रान्ति बजार पुननिर्माण तथा पुनस्थापना कोष तेह्रथुम मार्फत दाताहरु , सर्बदलिय ,सर्बपक्षिय,पत्रकार सहितको भेला गरि स्थानिय समाचार रेडियो एफ एम बाट प्रसारण गरि पीडितलाई हस्तान्तरण गर्ने तयारी भएको ग्लोबल तेह्रथुम सेवा समाजका अध्यक्ष गणेश कालिकोटले जानकारी दिए । सहयोग दाताले ग्लोबल तेह्रथुम सेवा समाज कोरियाका कोषाध्यक्ष गोपाल गुरुङको 1002346470064 woori bank Gurung gopal kumar मा पठाइ फोन अथवा एस एम एस बाट जानकारी गराइदिन आग्रह गरिएको छ ।
सहयोगका लागि आर्थिक संकलन समितिमा रहेका निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ ।
– गणेश कालिकोटे ( अध्यक्ष ) ०१०२१४३११३९
२) सुन्दर लिम्बू ( सचीव) ०१०५९२५६१६६
३) गोपाल गुरुङ ( कोषाध्यक्ष – ०१०८६८००४४२
सल्लाहकारू के पि सिटौला ०१० ४७६७५२४८
नबराज सिवाकोटी ०१०८१२१ ४९१३
राजु सन्तोषी थापा -०१०६२४५ २४६९
सम्सेर पन्धाक ०१०८३८५४६३५
अन्य सम्पर्क अंशुबर्मा लिम्बू – ०१०५९६३ ५३७३
किरण कन्दङ्वा -०१० ५१४५८८४४
राम प्रसाद उप्रेती – ०१०४८३७ ९३२९
तुलसी बराल – ०१०५९५८३३७
लक्ष्मी ढुङ्गेल – ०१०२१५४ ४९०९
दावा शेर्पा -०१० २४७२ ७०५९
विशाल लिम्बू – ०१० २३८२ ४२८७
भुपाल लिम्बू -०१० २१९८ ०७३९
भरत इङ्नाम – ०१०२१९३५३९३ ,
दिप्लक सुब्बा ०१०२३८२४२८२

आफ्नो प्रतिकृया दिनुहोस

भर्खरै...

फेसबुक

महिला / बालबालिका

कोरियामा १०७ औ अन्ताराष्ट्रिय नारी दिवस मनाइने

विश्वका नारीहरुका हक हित र अधिकार प्राप्तिका लागि मनाउदै आएको अन्तराष्ट्रिय नारी दिवस कोरियामा पनि भव्यताका क्रमश

Manju Gurung / March 6, 2017

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा सुतेकै आवस्थामा नेपाली कामदारको निधन, निधन हुनेको संख्या बढ्न थालेपछि नेपाली कामदार चिन्तित

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिब्रुङ गाविस वाड नम्बर १ घर भएका क्रमश

Manju Gurung / April 28, 2017

कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा

सोल, कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा भएको छ । नेपाल बौद्ध परिवार दक्षिण क्रमश

Manju Gurung / April 26, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal