कोरियामा कविता वाचन र काव्य पुरस्कार

सौल,

हिउँको चिसो गम्सा बेरेर बसिरहेको राजधानी सौललाई आईतबार चार युवाकविले आफ्ना कविता सुनाएर न्यायो प्रदान गरे। अन्तर्राष्ट्रिय साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको ‘काव्य सुधा’ नामक कविता वाचनमा कविहरू जीवन खत्री, प्रमोद सारङ्ग, बोनम प्रताप र यल्जी विवसले आफ्ना उत्कृष्ट पाँच पाँच कविता सुनाए।

अनेसासका उपाध्यक्ष बलदेव भट्टराईको उद्घोषणबाट शुरु भएको कविता वाचनमा कार्यक्रममा संयोजक सरोज सर्वहाराले कार्यक्रमबारे प्रकाश पार्दै अतिथि र कविहरुलाई स्वागत गरेका थिए। काव्यसुधाको पहिलो खण्डमा चार कविहरूले कविता वाचन गरे।

“जहिले देखि थाहा पाएँ,
बक्रा र चिसाङ खोलाभन्दा क्षितिज टाढा छ
जिन्दगी जटिल त्यँही देखि त भएको हो”…
म नि सुन्दर थिएँ नि शिर्षकको कविताबाट बोनम प्रतापले दर्शकबाट वाही वाही पाए। उनले बाउ र फूल, आँशु, फ्ल्यासब्याकमा बूढो मान्छे र ओ समयलाई कमजोर नसम्झ शिर्षकका कविता सुनाए।

“बरु सबैलाई गाएर सुनाईदिनु
बुद्धको एक अन्तरा गीत
र भन्नु तिमीले अरूलाईपनि
हामी जहाँ रहेपनि जति टाढा भएपनि
सबैभन्दा नजिक हुनुपर्छ आमा माटो र देश।”
कवि जीवन खत्रीले आग्रह शिर्षकको यो कविता सुनाईरहँदा उपस्थित सबै भावुक देखिए र आफ्नो देश सम्झिए। उनले अरु थप आमाहरूको गन्थन, एउटा खस्रो चित्र, बालुवाको मरूभूमिबाट र बदला शिर्षकका कविता सुनाए।

“म कुर्सी प्रदान देश,
बेमौसममै आली लाग्छु,
बेमौसममै बाली लाग्छु।”
अर्का कवि प्रमोद सारङ्ग सुनाउँदै थिए, देशको सरकार फेरिरहने विषयलाई व्याङ्ग्य गरेर, म कुर्ची प्रदान देश शिर्षक कविता। उनले पिडाको रंग, आमा र देश, समयपथ, नाथे भोक शिर्षकका कविता पनि वाचन गरे।

लगत्तै यल्जी विवसले समय शिर्षक कविता सुनाए,
म उड्दा, मेरो पखेटा ठोकिन्छ,
यो साँघुरो आकासको भित्तामा।
म बस्दा अण्डा जस्तै फुट्न खोज्छ-
यो कमजोर पृथ्वी…
त्यसपछि उनले काठमाण्डौ, सबै उसैको हो, ज्योती र दुई देश शिर्षक कविता लगातार सुनाए।

श्रृङृखलाबद्ध रुपमा सञ्चालन गरिने कव्य सुधा अन्तर्गतको पहिलो कार्यक्रममा कविता वाचन गर्ने चार कवि, प्रम‍ोद सारङ्ग, जीवन खत्री, बोनम प्रताप र यल्जी विवसलाई अनेसास काव्य पुरस्कार – २०१६ समेत प्रदान गरियो।

कार्यक्रममा नेपाली भाषा साहित्यलाई प्रवासमा रहेर पनि निरन्तर योगदान दिएको भन्दै कवि जीवन खत्रीलाई अनेसास देवकोटा पदक, बिनोद एकलभ्यलाई अनेसास साहित्य सम्मान, समाजसेवी जुनु गुरुङलाईलाई अनेसास सम्मान, बिदुर शर्मालाई अनेसास काव्य सम्मान प्रदान गरियो। नेपाली भाषा साहित्यलाई माया गर्ने कविहरूलाई कविता वाचन कार्यक्रम राखेर सम्मान समेत गरेकामा पत्रकार ऐश्वर्य श्रेष्ठ लगायत अतिथिहरूले खुसी व्यक्त गरे।

कार्यक्रमको दोस्रो खण्डमा जितेन्द्र बानियाँ, विनोद परिवर्तीत, समीर कार्की, पूर्वेली गाउँले, कमल परियार, विनोद एकलभ्य, सरोज सर्वहारा, दिपेन्द्र भट्टराई, डि आर न्यौपाने, गणेश पौड्याल लगायतले कविता, गजल, मुक्तक वाचन गरे। उनीहरूका रचनामा जीवनजगत, देशप्रेम ,प्रवासका पीडा जस्ता समसामयिक परिवेश समावेश थिए ।

अनेसास कोरिया लिङ्ग,जात,भाषा र क्षेत्रको प्रभावबाहिर रहेर साहित्य साधकहरूलाई स्थान र सम्मान गर्दै नेपाली वाङ्मयको सेवामा सधैं समर्पित हुन पाएकोमा खुसी हुदैँ संस्थाका अध्यक्ष्य क्रिस गुल्मेली बाबुले केही महिना भित्रै बिभिन्न देशका नेपाली स्रष्टाहरू बोलाएर कोरियामा नेपाली साहित्यको कुम्भ मेला गर्न लागेको जानकारी दिए। संस्थाले यसअघि पनि थुप्रै साहित्यिक कार्यक्रमहरू गरीसकेको छ।

आफ्नो प्रतिकृया दिनुहोस


सम्बन्धीत समाचारहरु:

भर्खरै...

फेसबुक

महिला / बालबालिका

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि क्रमश

Manju Gurung / September 5, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा केसीटियुद्वारा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्येक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने क्रमश

Manju Gurung / February 14, 2017

कोरियाको ६६ तल्लाको अपार्टमा आग्लागी , ४ जनाको मृत्यु

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियाको दोइ०थान सिटी स्थित दोइ०थान मेथापोलिस अपार्टमा शनिबार विहान ११ क्रमश

Manju Gurung / February 4, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal