देशले नबुझेको नेपाली बिद्यार्थीको ब्यथा


बिमल सुबेदी

नेपाली विद्यार्थीका विविध समस्या समाधानको लागि आवश्यक पहल गरियोस् भन्दै नेपाल सरकार तथा उसका सम्बन्धित निकाय समक्ष हाम्रा केही समस्याहरू सहितको यो ज्ञापनपत्र पेश गर्दछौं।

१ पाठयक्रम समक्षकता निर्धारणमा रहेको समस्याको उचित समाधान होस्।

२ विदेशमा कागजात प्रमाणीकरण र नवीकरणको झन्झटलो र लामो प्रक्रियालाई सहजीकरण गरियोस्।

३ विदेशमा प्राप्त गरेका सीप तथा ज्ञान विदेशमा विलिन हुन नदिई नेपालको सामजिक तथा शैक्षिक विकासमा योगदान पुर्‍याउनको लागि उत्प्रेरितगर्ने योजनाको तर्जुमा गरियोस्।

यी र यस्तै समस्यालार्इ हामीले समय समयमा नेपालबाट आउने नेपाल सरकार तथा उसका सम्बन्धीत निकायहरुका प्रमुख समक्ष जानकारी गराउँछौ र उहाँहरु समस्याको गहनता बुझे झैँ गरी समाधानको लागि आवस्यक पहलकदमी लिने प्रतिबद्धता ब्यक्त गर्नुहुन्छ। ज्ञापन पत्र बुझ्ने र बुझाउनेको संख्या निरन्तर वृद्धि भएपनि समस्या जहाँको त्यही छ।

माथिका बुँदा पढ्दा जति सामान्य लाग्छन् समस्या ठीक बिपरित रूपमा सघन छन्। वर्तमान अवस्थामा श्रम क्षेत्रसँग सम्बन्धित केहि समस्याको आंशिक रुपमा सम्बोधन हुन सुरु भए पनि शैक्षिक र प्रशासनिक समस्या अझैपनि जहाँको त्यही छन्।

विदेशी विश्वविद्यालयहरूमा अध्ययन तथा बिभिन्न कार्य सम्पादनका क्रममा समय समयमा नेपाली नियोग वा दूतावासबाट प्रमाणीकरण गरिएका कागजात आवश्यक पर्ने सो काजात प्रमाणीकरणको प्रक्रिया झन्झटलो र लामो रहेको छ। हालको प्रक्रियामा मात्र राजदूतावासको एउटा छापका निम्ति सक्कल कागजात पेस गर्दा गर्दै पनि नेपालमा नोटरी हुँदै शिक्षा मन्त्रालय, त्यस पश्चात प्रराष्ट्रमन्त्रालय हुँदै अन्त्यमा नेपाली राजदूतावास वा नियोग समक्ष आउनुपर्छ।

सर्वविधितै छ जुन नेपाल भित्र रहँदा तगारो हुन्छ विदेशमा असम्भव प्राय रहेको छ। तसर्थ आवश्यक कानुनी प्राक्रियालाई सहजीकरण आजको आवश्यकता हो।

नेपालको अध्यागमन कटेपछि सबै धनी हुन्छन् भन्ने मानसिकताले निर्धारण गरिएको सरकारी कार्य सम्पादन शूल्क आफैमा धेरैलाई समस्या रहुनुको साथै बिभिन्न कगाजत नविकरणका लगायतका सुबिधा नहुँदा सोको लागि नेपालमा ब्यक्ति उपस्थिति भई चर्को जरीवाना तिर्नुपर्ने हुँदा सोको सुविधा नेपाली नियोगबाट उपलब्ध गराउने वा विदेशमा रहेको कारण उपस्थित हुन नसकेको प्रमाण पेस गरेको खण्डमा जरिवाना मिनाहाको व्यवस्था गरिनुपर्छ।

नेपाल इन्जिनियर काउन्सिलले सम्बन्धन दिएका विदेशी विश्वविद्यालयबाट उपाधि प्राप्त गरेका इन्जिनियरहरुले मात्र इन्जिनियरिङको लाईसेन्स पाउने निर्णय गरेको र काउन्सिलबाट सम्बन्धन लिएका विश्वविद्यालयको संख्या न्यून रहेको छ।

संसारका सबै विश्वविद्यालयले काउन्सिलमा सम्बन्धन लिने प्रक्रिया असहज र असम्भव रहेको र अन्य मुलुकमा पनि यस्तो अभ्यास नरहेको र साथै नेपाल सरकारलाई आवस्यक राजस्व तिरी शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन’ पत्र प्राप्त गरी अध्ययन गरेका बिधार्थीको हकमा आफैमा अन्यायपूर्ण भएको हुँदा सोको संसोधन वा चिकित्सा क्षेत्रमा रहेको परीक्षा प्रणालीको अवलम्बन गरिनुको विकल्प हुन्न।

विदेशी विश्व विद्यालयबाट अध्ययन पूरा गरी नेपाल फर्किएपछि नेपालमा पाठ्यक्रम विकास केन्द्रबाट समक्षकता लिइनु पर्ने र त्यसको लागि विश्वविद्यालयबाट डिग्रीको समय, विषयहरूको विस्तृत विवरणको ब्रोसर लगायतको विभिन्न विवरणहरू पेश गर्नु पर्ने अति नै झन्झटिलो प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ।

बिदेशी विश्वविद्यालयहरूमा यस्तो प्रक्रिया सजिलै गर्न पनि नसकिने भएकोले नेपाली राजदूतावास वा नियोग मार्फत शिक्षामन्त्रालयले विश्वविद्यालयहरूको विवरण अद्यावधिक गरी यस्तो झन्झटिलो प्रक्रियालाई सरल बनाई पर्छ।

विदेशमा अध्ययन पूरा गरिसकेका विद्यार्थीलाई उनीहरुले प्राप्त गरेका सीप तथा ज्ञान विदेशमा विलिन हुन नदिई नेपालको सामजिक तथा शैक्षिक विकासमा योगदान पुर्‍याउन उत्प्रेरित गर्नु पर्छ।

सरकारी स्तरबाट आवश्यक नियम र कानुनको तर्जुमा गरी नेपाली विद्यार्थीलाई नेपाल फर्किई देशको सेवा गर्ने अवसर दिन सहजीकरण गरिनु पर्छ।

(लेखक कोरिया एरोस्पेस युनिभर्सिटीमा एरोस्पेस इन्जिनियरिङमा विद्यावारधि गर्दैछन |उनि  नेपाली विद्यार्थी सामाज दक्षिण कोरियाका सभापति पनि हुन्।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...