ईपीएसको श्रम नबिकरण अझै टुंगो छैन


लीलु डुम्रे
सोल-नेपाल र कोरिया बीच भएको श्रम सम्झौताको अवधि सकिएको नौ महिना बितिसक्दा पनि दुइ देश बीच श्रम नवीकरण कहिले हुने बारे अझै टुंगो लागेको छैन । कामदार आपूतिर्तो जारी प्रकियामा व्यवधान खडा नहुने हुदा दुइ तर्फ बाट नै ढिलाई हुदै आएको छ । गत जुन २९ देखि श्रम नविकरण सकिएको छ । श्रम नवीकरणको अवधि सकिएपनि दुइ बर्ष सम्म प्रक्रियालाई कुनै असर नगर्ने भएकोले बिगतको सम्झौताले हाल काम गरिरहेको छ ।
नेपाल र कोरिया सरकार बीच सन् २००७ जुलाई २३ मा भएको पहिलो श्रम सम्झौता भइ २००८ देखि नेपाली कामदारहरुको ईपीएस मार्फत कोरिया प्रवेश सुरु भएको थियो । दुइ देश बीचको श्रम सम्झौता मार्फत सरकारी प्रक्रिया जी टु जी पद्दति अनुसार नेपाली कामदारहरु कोरिया आइरहेका छन् । अब हुने नवीकरण चौथो हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले कोरियाबाट श्रम नवीकरण मस्यौदा प्राप्त गरिसकेको बताउदै केहि हप्ता भित्रमा नबिकरण हुन् सक्ने जानकारी दिए । नवीकरण मिति भने तय गरिएको छैन ।
मस्यौदा र केहि प्राबिधिक कारणले ढिलो भएको सिवाकोटीले स्पष्ट पारे । हालसम्म कृषि र उत्पादनमुलक कार्यमा मात्रै नेपाली कामदार कोरियामा प्रवेश गरेका छन् । कोरिया सरकारसंग निर्माण क्षेत्रमा पनि कामदार खुला गरिदिन आग्रह गरिएको सिवाकोटीका जानकारी दिए ।
दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले सम्पूर्ण बुदामा सहमति भएको र हस्ताक्षरको काम मात्रै बाकी रहेको स्पष्ट पारे । श्रम नवीकरणमा अधिकांश पुरानै सहमतिले निरन्तरता पाउने भएको छ । नेपाली कामदारलाइ पेन्सन दिलाउने बिषयमा नेपाल सरकार नै पछि हटेको छ । उक्त प्रणाली लागु भएको अवस्थमा नेपालमा रहेका कोरियन नागरिकले पनि सो सुबिधाको दावी गर्न सक्नेछन् । यस प्रणालीअन्तर्गत एकमात्रै बाध्यकारी नियमले नेपाल पछी हटेको छ । सोहि कारण देखाई श्रम नबिकरणमा उक्त बिषयले प्रवेश नपाउने भएको हो । दोहोरो स्वास्थ्य जाचको व्यवस्था हटाउन गरिएको माग पनि कोरियाको तर्फबाट अस्वीकृत भएको छ ।
गत बर्ष ईपीएस एमओयु नबिकरण नेपाली कामदारको हितमा गर्नको लागि ईपीएस शाखा नेपालका निर्देशक डिल्ली बांस्तोलाको संयोजकत्वमा गठन गरिएको चार सदस्यीय कार्यटोलीले प्रतिवेदन तयार गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...