तिहारको तीन रङ्ग


गाउँको रङ्ग
शहरको रङ्ग
प्रवासको रङ्ग
माटोको निधारमा
आँशुसित मुछेर
यसरी,
तिहारको सप्तरङ्गी टीकाको
तीन रङ्ग लगाईएछ !

गाउँको रङ्गभित्र
जोर मादल,
छिङ्छिङ् चुरा बजाउँदै घन्कन्छ,
हलुका नशा चढेका चिसो बत्तासले
मीठो लयमा झ्याउरे गीत गाउँछ !
बाँसुरी,
देउसी, भैलो भट्टयाउँछ !
पाउजु, खैजडीका नाङ्गा खुट्टाहरु,
आँगनमा गोलबद्ध हुन्छन्
देउसी रे ! भन्छन्
खुशीले बुरुक्क–बुरुक्क उफ्रदै
अङ्गालो हालेर नाच्छन् !

नाङ्लोभरि सेलरोटी, फलफूलहरु
दक्षिणा चामलमाथि दियो बालेर
मीठो मुस्कान दैलो उघारेर निस्कन्छ !
रङ्गीबिरङ्गी फूलमालाहरु
कम्मर मर्काएर नाच्छन्
अफसोच,
यि दृश्य हेर्ने
आँखाहरुले गाउँ छाड्छन्
शहरको बाटो समाउँछन्
विदा हुन्छन्
हात हल्लाउछन् ।

शहरको रङ्गभित्र
गल्ली–गल्लीले गिटार बजाउँछन्
चोक–चोकले ड्रमसेट ठोक्छन्
मादल, बाँसुरी र खैजडीहरु
गुन्यु–चोली र दौरा–सुरुवालहरु
मिनी बसले अगाडीपट्टि
ब्यानर टाँगेर बोक्छन् !
कार, मोटरसाईकलहरु
ढाकाटोपी, टाई, सुटहरु
घर कम्पाउण्डको गेट खोल्दै
मुस्कानसहित नमस्कार ठोक्छन्
करेण्टको प्लग जोड्छन्
एम्प्लीफायर घन्कन्छ
देउसी रे ! भन्छन्
रङ्गीबिरङ्गी फूलमालाहरु
कम्मर मर्काएर नाच्छन्
अफसोच,
यि दृश्य हेर्ने
आँखाहरुले शहर छाड्छन्
प्रवासको बाटो समाउँछन्
विदा हुन्छन्
हात हल्लाउछन् ।

प्रवासको रङ्गभित्र
मेशिनले एकोहोरो देउसी भट्टयाए जस्तो
मनले मनमनै देउसी रे ! भने जस्तो
तिहार आए, आए जस्तो
तिहार गए, गए जस्तो
सामाजिक सञ्जालमा
मेसेन्जर खोल्यो, हे¥यो
वाईफाई खोल्नसाथ
लट्टेजस्तै पटटङ पड्कन्छ नोटिफिकेशन्
तिहारको अनेककानेक
शुभ–कामना गीतहरु
अनेककानेक देउसी–भैलोहरु
इनबक्समै देउसी–भैलो
इनबक्समै भाइटीका !
त्यसै–त्यसै,
सम्झनामा फेरि
रङ्गीबिरङ्गी फूलमालाहरु
कम्मर मर्काएर नाच्छन्
आँखाको आँगन ढिकमा
घैलाबाट पानी पोखिन्छ
अफसोच,
यि दृश्य हेर्ने
आँखाहरुले हेर्न छाड्छन्
निद्राको बाटो समाउँछन्
विदा हुन्छन्
हात हल्लाउछन् ।

दिनभरिको कामले
थकित आँखाहरु
फुस्स निदाउँछन् !

यसरी,
तिहारको सप्तरङ्गी टीकाको
तीन रङ्ग लगाईएछ
अब, बाँकी रङ्ग ?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...