इपिएस कामदारको बाँकी रहेको ह्युमन विमा रु. डेड करोड, लिन आउनहुन एचआरडी कोरियाको आग्रह


फोनिज कोरिया संवाददाता
सोल

अएचारडी कोरिया नेपाल सेन्टरले प्रेस विज्ञप्ती जारी गर्दै दक्षिण कोरियामा काम गरेका इपिएस नेपाली कामदारहरुको लिन बाँकी विमा रकम रु एक करोड ५० लाख रहेको तथ्यकं सार्वजनिक गर्दै सम्बन्धीतलाई चाडो लिन आउन हुन आग्रह गरेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार रोजगार अनुमति प्रणाली (इ। पि। एस) अन्तर्गत दक्षिण कोरिया गएर आफ्नो बसाई अवधि सकेका नेपाली कामदारहरु मध्ये लगभग ३०० भुक्तानि नलिएको बीमा रकम (जम्मा १६ करोड ८९ लाख ८१ हजार ४४३ वन) मानव संसाधन विकास केन्द« (एच। आर। डि कोरिया)को अधिनमा रहेका छ ।

नेपाली कामदारहरुले भुक्तानि नलिएको ह्युमन बीमा रकम जम्मा १६८,९८१,४४३ वन (लगभग १५,०००,००० रुपैया) जति पुगेको जनाएको छ ।

इ नाइन भिजामा दक्षिण कोरिया छिरेका विदेशी कामदारहरुले कानुनी रुपमा अनिवार्य बहन गर्नु पर्ने बीमाहरु छन् । रोजगारदाताले दर्ता गर्नु पर्ने कार्य अवधि समाप्ती बीमा र ग्यारेन्टी बीमा त्यसतै कामदारले दर्ता गर्नु पर्ने दुर्घटना बीमा र स्वदेश फिर्ति खर्च बीमा छन् ।

यी बीमाहरु मध्ये १ वर्षभन्दा बढि एउटै कम्पनिमा काम गरेको खण्डमा स्वदेश फर्कदा अथवा कम्पनि परिवर्तन गर्दा कामदारले भुक्तानि लिन सक्ने कार्य अवधि समाप्ती बीमा र विदेशी कामदारको स्वदेश फिर्ता हुने मिति निर्धारण गरेपछि प्रमाणीत कागजपत्र बुझाए पश्चात लिन पाउने स्वदेश फिर्ति खर्च बीमा विदेशी कामदारहरुले भुक्तानि लिन पर्ने बीमाहरु हुन् ।

के हो ह्युमन बीमा रकम ?

ह्युमन बीमा रकम भन्नाले विदेशी कामदारहरुले बीमा अवधि समाप्त भएको दिनदेखि साम्सङ ह्वाजे बीमा कम्पनीमा ३ वर्षसम्म बीमा रकम दाबी गर्न नआएमा माथीको बीमा कम्पनीमा बीमा रकम दाबी गर्ने हदम्याद समाप्त भइ एच। आर। डि कोरियालाई हस्तान्तरण गरिन्छ । सो रकमलाई ह्युमन बीमा रकम भनिन्छ ।

एच। आर। डि कोरिया, नेपाल इ। पि। एस सेन्टरका अनुसार २०१४ मा ह्युमन बीमा रकम सम्बन्धि अधिकार प्राप्त गरि ह्युमन बीमा रकम फिर्ता अभियान लागु भए पश्चात झण्डै ८७ वटा बीमाका रकम (३६,३००,००० वन) भुक्तानि गरिएको थियो । २०१७ को सेप्टेम्बरसम्म २१ जनाले ह्युमन बीमा रकमको लागी आवेदन दिएका थिए ।

प्राय एच। आर। डि कोरिया, नेपाल इ। पि। एस सेन्टरमा स्वयं उपस्थित भई बीमा रकम दाबी गरेतापनि हकवालाको निधन भइ नजिकको परिवारले बीमा रकमको लागी निवेदन दिएको २ वटा केश पनि थिए ।

रोजगार अनुमति प्रणाली (इ। पि। एस) अन्तर्गत दक्षिण कोरियामा काम गरि स्वदेश फर्केका कामदारहरु आफु बीमा रकमको हकदार हो होइन जान्नको लागि इ। पि। एस कोरिया शाखाको वेब साइटमा नामावली हेर्न सक्नु हुनेछ । विष्तृत जानकारीको लागी एच। आर। डि कोरिया, नेपाल इ। पि। एस सेन्टर, ग्वार्को (+९७७(१(५५२०४४५),नजिकको एच। आर। डि कोरियाकोे शाखा अथवा साम्सङ ह्वाजे कल सेन्टर (+८२(२(२२६१(८४००)मा सम्पर्क गर्नु सक्नु हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...