एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै नेपाल अग्रस्थानमा


सउल, ई.पि.एस.मार्फत दक्षिण कोरियामा कार्यरत एक नेपाली नागरिकले एशियाका ६ ओटा राष्ट्रको प्रतिस्प्रधीलाई पछि पार्दै अग्रस्थान हासिल गरेको छ । (कोरियन बुद्धिष्ट एसोसियशन झोगे जुड०) कोरियन बौद्ध धर्म केन्द्रीय बिदेशी बिभागको आयोजनामा गत अक्टोबर १५ तारिख आइतबारका दिन झोगेसा हलमा सम्पन्न भएको ‘खुल्ला प्रथम बिदेशी कामदार कोरियन भाषा वाक्तृत्व कला प्रतियोगीता’मा प्रथम स्थानको लागि नेपाल छनौट भएको हो ।

प्रतियोगितामा हाल कोरियामा कार्यरत काठमाण्डौ आरुबारी निबासी निमा कुमार घिसिंग तामाङको आफ्नो कोरिया प्रवेशको सुरुवाती दिन, कोरिया बसाई, भोगाईको अनुभब, चुनौती र त्यसको सामनाको बारेमा राख्नु भएको सन्देशमुलक प्रस्तुति निर्णायक मण्डलबाट उत्कृष्ट ठहरिदै प्रथम स्थानको लागि छनोट हुनु भएको थियो ।

प्रतियोगितामा प्रथम भएका निमाले नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नु भएको थियो । जोगेसा स्थित कोरियन गुम्बामा अयोजित एसियाका सात राष्ट्रबाट १३ जना प्रतिस्पर्धी सहभागी रहेको उक्त प्रतियोगितामा “सउल नेपाल गुम्बा” र “नेपाल बौद्ध परिवार” दक्षिण कोरियाको अगुवाईमा नेपालको प्रतिनिधित्व गर्दै बिजेता घिसिंङ् निमा कुमार तामाङ र नुवाकोट निवासी कान्छा बाबु ह्योल्मोले सहभागी जनाएका थिए ।

उक्त अबसरमा नेपालको तर्फबाट सहभागिताको नेतृत्व गर्दै सहभागी जनाई दिनु भएकोमा “नेपाल बौद्ध परिवार” दक्षिण कोरियाका अध्यक्ष श्री पेम्बा दोङ्बा ह्योल्मो ज्युले सम्मान पत्र प्राप्त गर्नु भएको थियो l हुटिंग गर्ने समूह लाई पनि पुरुस्कार दिने आयोजकको निर्णय अनुसार नेपाली समूह उत्कृष्ट हुटिंगको पुरुस्कार द्वारा पुरुस्कृत भएको थियो ।

सो अबसरमा सोल नेपाल गुम्बाका प्रमुख लामा कुन्साङ दोर्जे लामाद्वारा बिजेता निमा र सहभागी जनाउने कान्छा बाबु ह्योल्मोलाई खादा लगाई बधाई दिदै आगामी दिनहरुमा पनि नेपालीहरुबाट यस्तै खालका प्रतियोगितामा सहभागी भई नेपाल र नेपालीको गौरब बढाउने कार्यमा सहभागी भईदिनु हुन आग्रह गर्दै रात्रिभोजको आयोजना गर्नु भएको थियो ।

निमा घिसिंङ्ले प्राप्त गर्नु भएको यो उपलब्धिलाई कोरियनहरुको नजरमा हामी नेपालीहरुको मेहनती लगनशीलता तथा कोरियन भाषा प्रतिको मोहको छविलाई अझ गाढा बन्न सहयोग गर्दै आगामी दिनहरुमा रोजगारीको लागि कोरिया आउन चाहने युवाहरुको लागि सकारात्मक पाटोको रुपमा लिन सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...